आईपीएल २०२० अन्तर्गत लिग चरणको अन्तिम खेलमा सनराइजर्स हैदरावाद र मुम्बई इन्डीएन्स प्रतिस्पर्धा गरिरहेका छन्।
शारजाह स्टेडियममा जारि खेलमा टस हारेर ब्याटिंग गरेको मुम्बईले २० ओभरमा ८ विकेट गुमाएर १४९ रन बनाउदै हैदरावादलाई १५० रनको लक्ष्य प्रस्तुत गरेको छ।
मुम्बईको लागि काइरन पोलार्डले सर्वाधिक ४१ रन बनाए जुन क्रममा २५ बलमा २ चौका र ४ छक्का प्रहार गरे। सुर्यकुमार यादवले ३६ रन बनाए भने इशान किशनले ३३, क्विन्टन डीककले २५ रन बनाए। रोहित शर्मा ( ४ ) , क्रुनाल पान्ड्या ( ० ) , सौरभ तिवारी ( १ ) , नाथन कौल्टर नाइल ( १ ) जस्ता ब्याट्सम्यानले उल्लेख्य योगदान दिन सकेनन्।
टिममा पुनरागमन गरेका रोहित शर्मा र क्विन्टन डीकक छिट्टै आउट भएपछि तेश्रो विकेटको लागि इशान किशन र सुर्यकुमार यादव बीच ४२ रनको साझेदारी भएको थियो। १२ औं ओभरमा यादवलाई सन्दिप शर्माले स्टम्प आउट गराएपछि मुम्बईले पुनः लगातार विकेट गुमाउन पुग्यो।
लगातार विकेट गुम्दा काइरन पोलार्डले अन्तिममा आक्रामक सटहरु खेल्दै मुम्बईलाई सम्मानजनक योगफलसम्म पुर्याए। १९ औं ओभरमा पोलार्डले टि. नटराजनलाई लगातार ३ छक्का प्रहार गरे। पोलार्डलाई अन्तिम ओभरमा जेसन होल्डरले बोल्ड गरे।
हैदरावादको बलिंगमा दायाँ हाते पेसर सन्दिप शर्माले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४ ओभरमा ३४ रन खर्चिए। उनले रोहित शर्मा, क्विन्टन डीकक र इशान किशनको महत्वपूर्ण विकेट लिए। देब्रे हाते स्पिनर शहबाज नदीमले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिए जुन क्रममा क्रुनाल पान्ड्या र सुर्यकुमार यादवको विकेट लिए। जेसन होल्डरले पनि २ विकेट लिए जुन क्रममा ४ ओभरमा २५ रन खर्चिए। राशिद खानले ४ ओभरमा ३२ रन खर्चेर १ विकेट लिए।
खेलमा हैदरावाद ‘गर या मर’ को अवस्थामा रहेको छ। हैदरावाद विजयी भएको खण्डमा प्लेअफ पुग्नेछ भने पराजित भएको खण्डमा प्रतियोगिताबाट बाहिर हुनेछ। हैदरावाद पराजित भए कोलकाता प्ले-अफ पुग्ने चौथो टिम हुनेछ भने विजयी भए कोलकाता पनि प्रतियोगिताबाट बाहिर हुनेछ। मुम्बईले भने प्लेअफ तथा पहिलो क्वालीफायरमा स्थान पक्का गरिसकेको छ।
पहिले-प्ले अफ खेल मुम्बई इन्डीएन्स र दिल्ली क्यापिटल्स बीच नोभेम्बर ५ तारिखमा खेलिनेछ जसको विजेता फाइनल पुग्नेछ। इलिमीनेटरमा बैंगलोरसंग प्रतिस्पर्धा गर्ने टिमको टुंगो आजको खेलले लाग्नेछ।
हैदरावादको अन्तिम ११ : डेभिड वार्नर ( कप्तान ) , रिद्दीमान साहा ( विकेटकिपर ) , मनिष पाण्डे, केन विलियमसन, अब्दुल समद, जेसन होल्डर, प्रियम गर्ग , राशिद खान, शाहबाज नदीम, सन्दिप शर्मा, टि नटराजन
मुम्बईको अन्तिम ११ : रोहित शर्मा ( कप्तान ) , क्विन्टन डीकक, सुर्यकुमार यादव, सौरभ तिवारी, इशान किशन, काइरन पोलार्ड , हार्दिक पान्ड्या, क्रुनाल पान्ड्या, नाथन कौल्टर नाइल, राहुल चाहर, धवल कुल्कर्नी, जेम्स प्याटीन्सन
https://wicketnepal.com/can-mukhy-prashikshk-suchi-icc-wn20/
https://wicketnepal.com/dhoni-on-2021-ipl-team-change-wn20/