IPL M-7 : दिल्ली र चेन्नाई बीच प्रतिस्पर्धा, यस्तो छ सन्दिप खेल्ने सम्भावना

युएईमा १३ औं आईपीएल अन्तर्गत सातौँ खेलमा शुक्रबार नेपाली स्पिनर सन्दिप लामिछाने सम्मिलित श्रेयस ऐयर कप्तानीको दिल्ली क्यापिटल्स र महेन्द्र सिंह धोनी कप्तानीको चेन्नाई सुपर किंग्सले प्रतिस्पर्धा गर्नेछन्। नेपाली समय राति ७:४५ बजे सुरु हुने खेल दुबई अन्तर्राष्ट्रिय स्टेडियममा खेलिनेछ। उक्त मैदानमा दिल्लीले पहिलो खेल खेलेको थियो।

चेन्नाईको पछिल्लो खेल :  पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन मुम्बईलाई पराजित गरेको चेन्नाई दोश्रो खेलमा स्टिभ स्मिथ कप्तानीको राजस्थान रोयल्ससंग १६ रनले पराजित भएको थियो। राजस्थानले दिएको २१६ रनको लक्ष्य पछ्याउने क्रममा चेन्नाईले २०० रन बनाएको थियो। फाफ डु प्लेसीले ७२ रन तथा बलिंगमा स्याम करनले ३ विकेट लिएता पनि चेन्नाई असफल भएको थियो। पहिलो खेलमा मुम्बईले दिएको १६३ रनको लक्ष्य पछ्याउदै चेन्नाई विजयी थियो।हाईस्कोरिंग खेलमा राजस्थानसंग चेन्नाई पराजित

दिल्लीको पछिल्लो खेल : पन्जाब बिरुद्ध विजयी सुरुवात गर्ने क्रममा दिल्लीको जित भने सहज रहेको थिएन। दुवै टिमले १५७ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो जसमा दिल्लीले बाजी मारेको थियो। मार्कस स्टोइनिसले अलराउण्ड प्रदर्शन गरेका थिए भने बलिंगमा रबाडा र आश्विनको योगदान महत्वपूर्ण थियो। सनसनीपूर्ण खेल सुपर ओभरमा जित्दै दिल्लीको विजयी सुरुवात

हेड टु हेड : दुइ टिमले एकअर्कासंग हालसम्म २१ खेल खेलेका छन् जसमध्ये चेन्नाई १५ पटक तथा दिल्ली ६ पटक विजयी भएको छ। २०१९ मा चेन्नाईले तिन वटै खेलमा पराजित गर्ने क्रममा दोश्रो क्वालीफायरमा ६ विकेटले पराजित गरेको थियो भने अन्य २ खेलमा पनि ६ विकेट र ८० रनको जित हात पारेको थियो। अन्तिम पटक २०१८ मा दिल्लीले चेन्नाई बिरुद्ध जित दर्ता गरेको थियो।

चेन्नाईका लयमा रहेका २ खेलाडी : 

फाफ डु प्लेसी :  दक्षिण अफ्रिकी ब्याट्सम्यानले मुम्बई बिरुद्ध अविजित ५८ तथा राजस्थानसंग ७२ रन बनाएका थिए। ओपनर शेन वाटसन र मुरली विजयले राम्रो प्रदर्शन नगर्दा डु प्लेसीले मध्यक्रमको नेत्रित्व गरिरहेका छन्।

फाफ डु प्लेसीले २ खेलमा अर्धशतक बनाएका छन्

स्याम करन :  इंगलिस खेलाडी करन बलिंग र ब्याटिंग दुवैमा योगदान दिईरहेका छन् जो आक्रामक सट खेल्न सक्छन् भने फास्ट बलिंगबाट ठूलो विकेट पनि निकालीरहेका छन्। करनले दोश्रो खेलमा ३ विकेट र ६ बलमा १७ रन, पहिलो खेलमा १ विकेट र ६ बलमा १८ रन बनाएका थिए।

दिल्लीका लयमा रहेका २ खेलाडी : 

मार्कस स्टोइनिस : पन्जाब बिरुद्ध पहिलो खेलमा जितको नायक बनेका अस्ट्रेलियन अलराउण्डर स्टोइनिसले ब्याटिंगमा २१ बलमा ५३ रन बनाउदै टिमलाई प्रतिस्पर्धात्मक योगफलतिर डोर्याएका थिए भने बलिंगमा अन्तिम ओभरमा १३ रन रक्षा गर्ने क्रममा अन्तिम २ बलमा विकेट लिएका थिए।

कागीसो रबाडा : पन्जाब बिरुद्ध रबाडाले किफायती बलिंग गर्दै २८ रन खर्चेर म्याक्सवेल र गोथमको महत्वपूर्ण विकेट लिएका थिए। सुरुवाती ओभरमा रन रोक्दै विकेट दिलाउने काम रबाडाले गरिरहेका छन् भने डेथ ओभरमा पनि बलिंग गर्न पनि सक्षम छन्।

पहिलो जितमा स्टोइनिसले उत्कृस्ट प्रदर्शन गरेका थिए

दुवै टिममा हुनसक्ने परिवर्तन : ड्वेन ब्राभो र अम्बाति रायडु दुवै घाइते हुँदा दोश्रो खेलको लागि पनि उपलब्ध रहेका छैनन्। चेन्नाईले लेग स्पिनर इमरान ताहिरलाई पहिलो पटक मौका दिन सक्छ। फर्ममा नरहेका मुरली विजयलाई बाहिर राख्ने पनि सम्भावना रहन्छ। दिल्लीको पनि रभीचन्द्रन आश्विन र इशान्त शर्मा खेल्ने पक्का नहुँदा आश्विनको सट्टा अमित मिश्राले मौका पाउन सक्छन्। इशान्तले पहिलो खेल पनि खेलेका थिएनन्। पहिलो खेलमा ४ ओभरमा ४५ रन खर्चेका मोहित शर्माको स्थानमा अर्का फास्ट बलर आभेस खानलाई दिल्लीले मौका दिन सक्छ।

सन्दिप खेल्ने सम्भावना

पहिलो खेलमा मौका नपाएका सन्दिप दोश्रो खेलमा मौका पाउने सम्भावना कम रहेको छ। सन्दिप खेल्नको लागि दिल्लीले १ जना विदेशी खेलाडीलाई गत खेलको अन्तिम-११ टिमबाट बाहिर निकाल्नु पर्ने हुन्छ। मार्कस स्टोइनिस, शिमरन हेटमायर र कागीसो रबाडाको स्थान पक्का छ। एनरिक् नोर्कियाले पनि पहिलो खेलमा राम्रो बलिंग गरेकोले दोश्रो खेलमा बाहिर राख्ने सम्भावना कम छ। ४ जना मात्र विदेशी खेलाडीले टिममा मौका पाउने हुँदा सन्दिप खेल्नको लागि टिममा १ जना भारतीय फास्ट बलर भित्रिनु पर्छ। त्यसले नोर्किया बाहिर निस्कन सक्छन्। इशान्त शर्मा टिममा आएको खण्डमा टिममा शर्मासंगै रबाड़ा र स्टोइनिस फास्ट बलरमा रहनेछन्। त्यसो हुँदा टिमले ३ जना स्पिनर लिएर खेल्न सक्छ। इशान्त शर्मा ढाडको समस्याको कारण खेल्ने सम्भावना कम रहेको छ। अर्का घाइते अफ स्पिनर रभीचन्द्रन आश्विन नखेले पनि उनको स्थानमा भारतीय बलरलेनै स्थान बनाउनेछन्। आश्विन नखेले मिश्रा अन्तिमम-११ मा हुनेछन्।  पढ्नुस – किन दिदैन दिल्लीले सन्दिपलाई मौका ?

आश्विनको स्थानमा अर्का भारतीय स्पिनर अमित मिश्रा खेल्न सक्नेछन्

दिल्लीको सम्भावित ११ : शिखर धवन, पृथ्वी श, शिमरन हेटमायर ✈️, श्रेयस ऐयर ( कप्तान ), रिशभ पन्त, मार्कस स्टोइनिस ✈️, अक्षर पटेल, रभीचन्द्रन आश्विन/अमित मिश्रा, कागीसो रबाडा ✈️, एनरिक नोर्किया ✈️, मोहित शर्मा/आभेस खान

चेन्नाईको सम्भावित ११ : शेन वाटसन ✈️, फाफ डु प्लेसी ✈️, रुतुराज गायकवाड, स्याम करन ✈️ , केदार जाधव, रभीन्द्र् जडेजा, महेन्द्र सिंह धोनी, दिपक चाहर, शार्दुल ठाकुर/कर्ण शर्मा, पियुष चावला, लुंगी एनगिडी/इमरान ताहिर ✈️

रोचक रेकर्ड :

धोनी टि-२० क्रिकेटमा ३ सय छक्का पुरा गर्न मात्र २ छक्का टाढा रहेका छन्। धोनीले ३ वटा क्याच लिए आईपीएलमा १०० क्याच गर्ने विकेटकिपर बन्नेछन्। उनले विकेटकिपरको रुपमा हालसम्म स्टम्प र क्याच १३५ पटक गरेका छन् जुन लिगको सर्वाधिक हो। दोश्रो धेरै दिनेश कार्तिकले १३१ क्याच र स्टम्प आउट गरेका छन्।

अमित मिश्रा दिल्लीको लागि १०० आईपीएल विकेट लिए पहिलो बलर बन्न ३ विकेट टाढा रहेका छन्

फाफ डु प्लेसी आईपीएलमा २ हजार रन पुरा गर्न १७ रन पर रहेका छन्

शेन वाटसन आईपीएलमा चेन्नाईको लागि १ हजार रन पुरा गर्न १० रन टाढा छन्

किन दिदैन दिल्लीले सन्दिपलाई मौका ?

IPL : बैंगलोरलाई विशाल अन्तरले पराजित गर्दै, राहुल प्रेरित पन्जाब शिर्षमा

चेन्नाईसंग आश्विन खेल्ने अनिश्चित, प्रशिक्षक कैफले बताए आश्विनको स्थान कसले लिनेछन्

चर्चित कमेन्टेटर तथा पूर्व क्रिकेटर डीन जोन्सको निधन, क्रिकेट जगत शोकमा

IPL कुन सिजन कुन टिमले जितेको थियो

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy