बैंगलोरद्वारा मुम्बईलाई बिशाल लक्ष्य, डी भिल्लीयर्स, पडीक्कल र फिन्चको अर्धशतक

२०७७ आश्विन १२, सोमबार २१:२७

१३ औं आईपीएल अन्तर्गत १० औं खेलमा रोहित शर्मा कप्तानीको मुम्बई इन्डीएन्स र बिराट कोहली कप्तानीको रोयल च्यालेन्जर्स प्रतिस्पर्धा गरिरहेका छन्। लिग अन्तर्गत यस अघि दुवै टिमले २/२ खेल खेलेका छन् जसमा दुवै टिमले १ जित र १ हार बेहोरेका थिए।

दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा जारि खेलमा टस हारेर ब्याटिंग गरेको बैंगलोरले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २०१ रन बनाउदै मुम्बई इन्डीएन्सलाई २०२ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।

फिन्चले ३५ बलमा ५२ रन बनाए

उत्कृस्ट सुरुवात गर्ने क्रममा देभदत्त पडीक्कल र आरोन फिन्चले ८१ रनको ओपनिंग साझेदारी गरे। नवौं ओभरको अन्तिम बलमा ट्रेन्ट बोल्टको बलमा पोलार्डबाट समातिनु अघि फिन्चले लिगमा पहिलो अर्धशतक पुरा  गरे। फिंचले ५२ रन बनाउदा ३५ बलमा ७ चौका र १ छक्का प्रहार गरे।

फिन्चको विकेटपछि १३ औं ओभरमा कप्तान बिराट कोहलीलाई लेग स्पिनर राहुल चाहरले रोहित शर्माबाट क्याच आउट गराए। कोहलीले ११ बल खेल्दा मात्र ३ रन बनाउन सके।

कोहलीको विकेट पछि ओपनर देभदत्त पडीक्कलले एबि डी भिल्लीयर्ससंग साझेदारी गरे जुन क्रममा लिगमा दोश्रो अर्धशतक पुरा गरे। ४० बलमा ५४ रन बनाएका पडीक्कललाई ट्रेन्ट बोल्टले १८ औं ओभरमा पोलार्डबाट क्याच आउट गराए। उनले ५ चौका र २ छक्का प्रहार गरे। दुवैले तेश्रो विकेटको लागि ६२ रनको साझेदारी गरे।

पडीक्कले दोश्रो अर्धशतक बनाए

पडीक्कलको विकेटपछि डी भिल्लीयर्सले आक्रामक ब्याटिंग गर्दै २३ बलमा अर्धशतक पुरा गरे। त्यस क्रममा उनले जस्प्रित बुम्राहको १७ औं ओभरमा २ छक्का र १ चौका तथा बुम्राहको १९ औं ओभरमा २ चौका र १ छक्का प्रहार गरे। डी भिल्लीयर्सलाई देब्रे हाते ब्याट्सम्यान शिभम दुबेले राम्रो साथ दिए। दुबेले जेम्स प्याटिन्सले गरेको अन्तिम ओभरमा ३ वटा छक्का हिर्काए। डी भिल्लीयर्स र दुबेले चौथो विकेटको लागि मात्र १७ बलमा ४७ रनको अविजित साझेदारी गरे।

डी भिल्लीयर्सले अविजित ५५ रन बनाए जुन क्रममा २४ बलमा ४ चौका र ४ छक्का प्रहार गरे। यस्तै दुबेले १० बलमा ३ छक्का र १ चौका मद्दतले अविजित २७ रन बनाए।

डी भिल्लीयर्सले अविजित ५५ रन बनाए

मुम्बईको बलिंगमा ट्रेन्ट बोल्ट ( ४-०-३४-२ ) ले सर्वाधिक २ विकेट लिए भने राहुल चाहर ( ४-०-३१-१ ) ले १ विकेट लिए। जस्प्रित बुम्राह विकेटविहिन रहे जसले ४ ओभरमा ४२ रन खर्चिए। जेम्स प्याटिन्सन ( ४-०-५१-० ) , क्रुनाल पान्ड्या ( ३-०-२३-० ) , काइरन पोलार्ड ( १-०-१३-० ) विकेटविहिन रहे।

बैंगलोर टिममा ३ वटा परिवर्तन : खेलमा अनफिट सौरभ तिवारीको स्थानमा मुम्बईले इशान किशनलाई मौका दिएको छ। बैंगलोरले टिममा २ वटा परिवर्तन गरेको छ। अन्तिम खेलमा महँगो सावित भएका फास्ट बलर डेल स्टेन, उमेश यादब र मोहम्मद सिराजलाई बाहिर राखिएको छ। लेग स्पिनर एडम जाम्पा, दायाँ हाते ब्याट्सम्यान गुरकिरत सिंह र देब्रे हाते फास्ट बलर इसुरु उडानालाई मौका दिईएको छ। उडानाले आज लिगमा डेब्यु गरेका छन्।

मुम्बई इन्डियन्सको अन्तिम ११ : रोहित शर्मा (कप्तान), क्विन्टन डिकक ( विकेटकिपर )✈️ , सुर्यकुमार यादव, इशान किशन, कायरन पोलार्ड✈️, हार्दिक पाण्ड्या, क्रुनल पाण्ड्या, राहुल चाहार, जेम्स प्याटिन्सन✈️, ट्रेन्ट बोल्ट✈️, जस्प्रित बुम्राह

रोयल च्यालेन्जर्स बैंगलोरको अन्तिम ११ : देभदत्त पडिक्कल, एरोन फिन्च✈️, बिराट कोहली (कप्तान), एबि डि भिलिएर्स✈️, शिवम दुबे, वासिङ्टन सुन्दर, इसुरु उदाना✈️, नवदिप सैनी, गुरकिरत सिंह, युजवेन्द्र चाहाल, एडम जाम्पा ✈️

हार्दिक पान्ड्याले यो सिजन बलिंग गर्छन् कि गर्दैनन् ? जाहिर खानले दिए अपडेट

‘हिरो’ बनेका तेवतिया जब सबैको लागि ‘भिलेन’ बन्दै थिए

IPL 2020 : अरेन्ज र पर्पल क्याप दौडमा राहुल र शामी अघि, हेर्नुस ताजा अंकतालिका

‘हिरो’ बनेका तेवतिया जब सबैको लागि ‘भिलेन’ बन्दै थिए

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy