जोसेफ एक्लैले लिए ६ विकेट, मुम्बईसंग हैदराबाद पराजित

इन्डियन प्रिमियर लिग अन्तर्गत शनिवार राति सम्पन्न दोश्रो खेलमा मुम्बई  इन्डिएन्सले सनराईजर्स हैदराबादलाई ४० रनले पराजित गरेको छ। दिनको पहिलो खेलमा चेन्नाईले पन्जाबलाई पराजित गरेको थियो।

हैदराबादको घरेलु मैदान राजिभ गान्धी स्टेडियममा सम्पन्न खेलमा पहिले ब्याटिंग गर्दै मुम्बईले १३६ रन बनाएको थियो र जवाफमा ब्याटिंग गरेको घरेलु टिमले १७.४ ओभरमा ९६ रन मात्रै बनाउन सक्दा खेल मुम्बईले जितेको हो।

जित पछि मुम्बईको ५ खेलमा ३ जित र २ हार सहित ६ अंक भएको छ। हैदराबादको पनि समान जित हार सहित ६ अंकनै रहेको छ। नेट-रन रेटको आधारमा हैदराबाद दोश्रो र मुम्बई चौथो स्थानमा रहेको छ। ४ खेलमा ३ जित र १ हार बेहोरेको कोलकाता समान अंक सहित तेश्रो स्थानमा रहेको छ।

जोसेफको उत्कृस्ट बलिङ्ग 

१३७ रनको लक्ष्य पछ्याउने क्रममा हैदराबादले निरन्तर अन्तरालमा विकेट गुमाउन पुग्यो। ३३ रनको योगफलमा ओपनर जोनी बेयरस्टो १६ रन बनाएर आउट भएलगत्तै डेभिड वार्नर १५ रन बनाएर आउट भए। त्यसपछि विजय शंकर ५ रन, मनिष पाण्डे १६ रन तथा युसुफ पठन खाता नखोली आउट भए।

त्यसपछि दिपक हुडाले २० रन बनाएर इनिंग सम्हाल्ने प्रयास गरे पनि हैदराबादले निरन्तर विकेट गुमायो। मोहम्मद नाबीले ११ रन बनाउनु बाहेक तल्लो क्रमका अन्य ब्याट्सम्यानहरुले दोहोरो अंकमा रन बनाउन सकेनन्। फलस्वरूप १७.४ ओभरमा हैदराबाद ९६ रनमा अल-आउट हुन पुग्यो।

हैदराबादलाई कम योगफलमा समेट्न मुम्बई बलर अल्जारी जोसेफ एक्लैले ६ विकेट लिए। त्यस क्रममा उनले ३.४ ओभरमा १ मेडन ओभर गर्दै १२ रन मात्रै खर्चिए। २२ वर्षीय वेस्ट इन्डिज फास्ट बलरले मुम्बईको लागि पहिलो खेल खेल्दै उत्कृस्ट बलिङ्ग गरेका हुन्।

यस्तै मुम्बई बलर राहुल चाहरले २ विकेट ( ४-०-२१-२ ) तथा जेसन बेह्रेनडर्फ ( ४-०-२८-१ ) र जस्प्रित बुम्राह ( ३-०-१६-१ ) ले १/१ विकेट लिए।

पोलार्डको जिम्मेवार इनिंग 

टस हारेर ब्याटिंग गरेको मुम्बईको लागि काइरन पोलार्डले सर्वाधिक ४६ रन योगदान दिएका थिए। अविजित इनिंग खेल्ने क्रममा उनले २६ बलमा ४ छक्का र २ चौका प्रहार गरे।

खराब सुरुवात गर्ने क्रममा मुम्बई कप्तान रोहित शर्मा ११ रन, क्विन्टन डिकक १९ रन, सुर्यकुमार यादब ७ रन, इशान किशान १७ रन तथा कृनल पान्ड्या ६ रन बनाएर आउट भएका थिए। पहिलो ५ विकेट गुमाउदा मुम्बईले १२.५ ओभरमा ६५ रन बनाएको थियो।

त्यसपछि एक किनार सम्हालेका पोलार्डले अन्तिमसम्म मुम्बई इनिंग सम्हालेका थिए। त्यस क्रममा उनले १९ औं ओभरमा सिद्धार्थ कौललाई ३ छक्का प्रहार गरेका थिए। यस्तै २० औं ओभरमा भुवनेश्वर कुमारको ओभरमा उनले २ चौका र १ छक्का प्रहार गर्दै मुम्बईलाई सम्मानजनक स्थितिमा पुर्याएका थिए।

हैदराबादका बलर सिद्धार्थ कौल ( ४-०-३४-२ ) ले २ विकेट लिए। यस्तै भुवनेश्वर कुमार ( ४-०-३४-१ ), सन्दिप शर्मा ( ३-०-२०-१ ) , मोहम्मद नाबी ( ४-०-१३-१ ) तथा राशिद खान ( ४-०-२७-१ ) ले १/१ विकेट लिए।





थप समाचार

यु-१९ विश्वकप : नेपाल अस्ट्रेलियासँग पनि पराजित

काठमाडौं । मलेसियामा जारी आइसिसी यु-१९ टी-२० विश्वकप अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल अस्ट्रेलियासँग ८३ रनले पराजित भएको […]

अस्ट्रेलियाले दियो १४० रनको लक्ष्य

काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत नेपाललाई अस्ट्रेलियाले १४० को विशाल लक्ष्य दिएको छ। वाइएसडी युकेएम क्रिकेट ओभलमा टस जितेर पहिला ब्याटिङ […]

नेपालले अस्ट्रेलियाविरुद्ध फिल्डिङ गर्दै

काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत जित्नै पर्ने खेलमा नेपालले अस्ट्रेलियाविरुद्ध पहिला बलिङ गर्ने भएको छ। मलेसियाको वाइएसडी युकेएम क्रिकेट ओभलमा अस्ट्रेलियाकी […]

अस्ट्रेलियाको सामना गर्दै नेपाल

काठमाडौं । आइसिसी महिला यु–१९ विश्वकपमा समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले अस्ट्रेलियाको सामना गदैछ। समूह ‘डी’ अन्तर्गतको खेल मलेसियाको […]

अर्जुन ट्रफीः अत्तरियाबाट चार जना राष्ट्रिय खेलाडी

धनगढीमा हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कैलालीको सिवाईसी अत्तरियाले चार जना राष्ट्रिय खेलाडी अनुबन्ध गरेको छ। गो ड्रिमर्सको […]

अर्जुन ट्रफीका लागि घोडाघोडी–११ को टीम घोषणा

क्रिकेटको शहर धनगढीमा आगामी माघ १९ गतेदेखि २८ गते (फेब्ररी १ देखि १०) सम्म आयोजना हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट […]