IPL Match 5 : कोलकाता र मुम्बई बीच प्रतिस्पर्धा

युएईमा जारि आईपीएल  २०२० अन्तर्गत बुधबार हुने खेलमा दिनेश कार्तिक कप्तानीको कोलकाता नाइट राइडर्सले आफ्नो पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन रोहित शर्मा कप्तानीको मुम्बई इन्डीएन्ससंग प्रतिस्पर्धा गर्दैछ। खेल शेख जायद स्टेडियम, अबुधाबीमा ७:४५ बजे राति सुरु हुनेछ।

लिगको उद्घाटन खेलमा मुम्बई चेन्नाईसंग ५ विकेटले पराजित भएको थियो। मुम्बईले दिएको १६३ रनको लक्ष्य चेन्नाईले ५ विकेट गुमाएर पुरा गरेको थियो। राम्रो सुरुवात गरे पनि टिमका अधिकांश ब्याट्सम्यानहरुले राम्रो सुरुवातलाई ठूलो योगफलमा परिणत गर्न सकेका थिएनन्। सौरभ तिवारीले ४२ र क्विन्टन डीककले ३३ रन बनाएका थिए। ब्याटिंगमा सो गल्तिलाई दोश्रो खेलमा मुम्बई सुधार गर्दै लय प्राप्त गर्न चाहनेछ।

 

स्टार खेलाडीहरुले भरिएको टिममा ओपनर रोहित र क्विन्टन डीकक पछि ब्याटिंगमा सूर्यकुमार यवाद, सौरभ तिवारी जस्ता खेलाडी छन् भने हार्दिक पान्ड्या, काइरन पोलार्ड, सुनिल नारायणले ब्याटिंग क्रमलाई मजबुत बनाउछ भने बलिंगमा बिकल्प धेरै छन्। ट्रेन्ट बोल्ट, जस्प्रित बुम्राह, जेम्स प्याटिन्सन , क्रुनाल पान्ड्या, राहुल चाहर जस्ता बलरहरु टिममा छन् जसले बलिंग डिपार्टमेन्ट पनि बलियो छ।

मुम्बई इन्डीएन्स सम्भावित अन्तिम ११  – रोहित शर्मा ( कप्तान ) , क्विन्टन डीकक ( विकेटकिपर ) , सुर्यकुमार यादव, सौरभ तिवारी, हार्दिक पान्ड्या, काइरन पोलार्ड, क्रुनाल पान्ड्या, जेम्स प्याटीन्सन, राहुल चाहर, ट्रेन्ट बोल्ट, जस्प्रित बुम्राह

अर्कोतर्फ २०१२ र २०१४ को लिग विजेता कोलकाता गत सिजनको प्रदर्शन भुलाउदै फेरी उपाधि दावेदारी प्रस्तुत गर्न चाहन्छ। गत सिजन कोलकाता १४ खेलमा ६ जित र ८ हार पछि पाँचौ स्थानमा रहँदै प्लेअफ पुग्न असफल रहेको थियो।

टिममा कप्तान तथा अनुभवी भारतीय ब्याट्सम्यान दिनेश कार्तिक बाहेक स्टार विदेशी खेलाडीहरु मिस्ट्रि स्पिनर सुनिल नारायण, इंग्ल्यान्डका सेतो बल क्रिकेटका कप्तान ओएन मोर्गन, लिगमा कीर्तिमानी स्ट्राइक रेट भएका आन्द्रे रसेल, अस्ट्रेलियन पेसर प्याट कमिन्सको उपस्थिति रहेको छ। यस्तै भारतीय लेग स्पिनर कुलदिप यादव, उदयमान ब्याट्सम्यान शुभमन तथा युवा पेस बलर शिभम माभी र कमलेश नगरकोटीको उपस्थिति रहेको छ।

विदेशी ठूला ब्याट्सम्यानहरु रहेता पनि भारतीय ब्याट्सम्यानहरु भने कोलकातामा अनुभवी र ठुला नाम छैनन्। कप्तान कार्तिक बाहेक शुभमन गिल, नितिश रानासंगसंग धेरै अनुभव छैन। क्रिस लिन र रोबिन उथप्पा यो पटक टिममा नहुँदा ब्याटिंगमा अनुभव र आक्रमणको थोरै कमि देखिन्छ।

रिंकु सिंह, सिद्धेश लाड, राहुल त्रिपाठी, निखिल नाईक जस्ता खेलाडीहरु रहेका छन् जोसंग अनुभव निकै कम छ। त्यो बाहेक टिमको अन्य पक्षहरु कागजमा बलियो देखिन्छ।

कोलकाता नाइट राइडर्स सम्भावित अन्तिम ११ : सुनिल नारायण, शुबमन गिल, नितिश राना, ओएन मोर्गन, आन्द्रे रसेल, दिनेश कार्तिक, प्याट कमिन्स, कुलदिप यादव, कमलेश नगरकोटी, शिभम माभी, प्रसिध कृष्ण

राजस्थान र चेन्नाई बीचको खेलमा रेकर्ड वर्षा, यस्ता छन् १० वटा रेकर्ड

IPL : ठूलो लक्ष्यका बाबजुद धोनी किन ७ नम्बरमा ब्याटिंगमा आए ? आफैले बताए कारण

क्यान बैठकको ९ निर्णय, डिसेम्बरमा अन्तर्राष्ट्रिय सिरिज आयोजना गर्ने

क्यानद्वारा पुरुष र महिला खेलाडीको नयाँ वर्गीकरण, बसन्त ‘ए’ मा उक्लिदा सोमपाल ‘बि’ श्रेणीमा

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy