सन्दिप बिना उत्रिएको दिल्लीद्वारा मुम्बई पराजित, रिशभ पन्तको विस्फोटक इनिंग

  • विकेटनेपाल, चैत-१० 

इन्डियन प्रिमियर लिगमा गत सिजन अंकतालिकाको पुछारमा रहँदै खराब प्रदर्शन गरेको दिल्ली क्यापिटल्सले जारि सिजन जितको साथ सुरुवात गरेको छ।

नेपाली स्पिनर सन्दिप लामिछानेलाई अन्तिम-११ मा स्थान नदिईएको खेलमा दिल्लीले टस हारेर पहिले ब्याटिंग गर्दै बनाएको २१३ रनको जवाफमा मुम्बई इन्डीएन्सले १७६ रनमा सम्पूर्ण विकेट गुमाउन पुगे पछि ३७ रनको जित दर्ता गरेको हो।

दिल्लीले दिएको २१४ रनको लक्ष्य पछ्याउने क्रममा मुम्बईले राम्रो सुरुवात गर्न सकेन। ओपनरद्वय रोहित शर्मा १४ रन तथा क्विन्टन डीकक् २७ रन बनाएर आउट भए भने सुर्य कुमार यादव २ रन बनाएर आउट हुँदा पहिलो ३ विकेट मुम्बईले ४५ रनमै गुमाउन पुग्यो।

चौथो विकेटको लागि युबराज सिंह र काइरन पोलार्डले ५० रनको साझेदारी गरे। पोलार्ड २१ रन ( १३ बलमा २ चौका र १ छक्का ) बनाएर आउट भए पछि हार्दिक पान्ड्या खाता नखोली आउट भए। १२ औं ओभरमा मुम्बईले ९५ रनमा ५ विकेट गुमाउन पुग्यो।

त्यसपछि युभराज र क्रुनल पान्ड्याले छैठौं विकेटको लागि ३९ रनको साझेदारी गरे। क्रुनल ३२ रन ( १५ बलअ ५ चौका र १ छक्का ) बनाएर आउट भए पछि बेन कटिंग पनि ३ रन मात्र बनाएर पेभेलियन फर्किए।

अर्धशतक बनाउदै सिजनको सुरुवात गरेका युभराज सिंह पनि ५३ रन बनाएर आउट हुँदा मुम्बई जितबाट अझै टाढा थियो। सिंहले ३५ बलमा ३ छक्का र ५ चौका प्रहार गरे।

१९.२ ओभरमा मुम्बईले १७६ रनमा सम्पूर्ण विकेट गुमाउन पुग्यो। दिल्लीले सिजनको सुरुवात जितको साथ गर्ने क्रममा ३७ रनको जित दर्ता गर्यो।

युभराज सिंहले अर्धशतक प्रहार गरे

दिल्लीको जितमा बलिंगतर्फ कागीसो रबाड़ा ( ४-०-२३-२ ) र इशान्त शर्मा ( ४-०-३४-२ ) ले २/२ विकेट लिए। यस्तै ट्रेन्ट बोल्ट ( ४-०-४२-१ ) , राहुल तेवतिया ( १.२-०-१२-१ ), केमो पौल ( ३-०-२१-१ ) र अक्षर पटेल ( ३-०-४२-१ ) ले १/१ विकेट लिए।

रिशभ पन्तको विस्फोटक ब्याटिंग 

टस हारेर ब्याटिंग गरेको दिल्लीले सुरुवात सुस्त गर्यो जुन क्रममा ओपनर पृथ्वी शा ( ७ ) र तेश्रो नम्बरमा कप्तान श्रेयस ऐयर ( १६ ) लाई छिट्टै गुमाउन पुग्यो। दुवैलाई म्याकेनघनले क्याच आउट गराए।

२९/२ ( ३.४ ओभर ) मा पुगेको दिल्लीको स्कोरलाई त्यसपछि तेश्रो विकेटको रुपमा ओपनर शिखर धवन र कोलिन इन्ग्रामले १०० पार गराए।

इन्ग्रामले १३ औं ओभरमा ४७ रन बनाएर आउट हुनु अघि ३२ बलमा ७ चौका र १ छक्का प्रहार गरे। लगत्तै १६ औं ओभरमा धवन पनि ४३ रन ( ३६ बलमा ४ चौका र १ छक्का ) बनाएर आउट भए।

धवन आउट हुँदा १५.१ ओभरमा १३१/४ रहेको दिल्लीको योगफललाई विस्फोटक ब्याटिंग गर्दै पाँचौ नम्बरमा आएका विकेट किपर ब्याट्सम्यान रिशभ पन्तले २०० पार गराए।

मात्र २७ बलमा ७ छक्का र ७ वटै चौका प्रहार गर्ने क्रममा पन्तले अविजित ७८ रन बनाए। पन्तको इनिंग मदतले दिल्लीले अन्तिम ५ ओभरमा १६.४ प्रतिओभर रन बनाउदै ८२ रन बनायो।

२० ओभरमा ६ विकेट गुमाएर दिल्लीले २१४ रनको लक्ष्य प्रस्तुत गर्यो।

मुम्बईको बलिङ्गमा मिचेल म्याक्लेनघनले ३ विकेट लिन ४ ओभरमा ४० रन खर्चिए। यस्तै जस्प्रित बुम्राह ( ४-०-४०-१ ) , हार्दिक पान्ड्या ( ४-०-४१-१ ) र बेन कटिंग ( २-०-२७-१ ) ले १/१ विकेट लिए।

प्रतियोगिता अन्तर्गत दिल्लीले आगामी खेल मार्च २६ तारिक मंगलबार दिल्लीमा चेन्नाई सुपर किंग्ससंग खेल्ने तालिका रहेको छ।





थप समाचार

विराटनगरमा टी–१० च्याम्पियनसिप क्रिकेट प्रतियोगिता हुने 

विराटनगरमा टी–१० च्याम्पियनसिप क्रिकेट प्रतियोगिता हुने भएको छ । प्रतियोगिता विराटनगर महानगरपालिका वडा नम्बर–६ को आयोजना हुने भएको छ । […]

नेपालको सुपर थ्रीको सम्भावना कायमै

काठमाडौं। आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटमा बहराइनलाई पराजित गरेको नेपालको सुपर थ्रीको सम्भावना कायमै रहेको छ। थाइल्यान्डको बैङ्ककस्थित टेर्डथाई […]

सन्दीप क्यानको केन्द्रीय सम्झौतामा नरहने

काठमाडौं। लेग स्पिनर सन्दीप लामिछाने नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय सम्झौतामा नरहने भएका छन्। बुधबार सामाजिक सञ्जालमा उनले उक्त […]

बेलायत जाने नेपाली टोलीको बिदाइ

काठमाडौं। आइसिसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि स्कटल्यान्ड जाने नेपाली क्रिकेट टोलीको बिदाइ भएको छ। नेपाल क्रिकेट […]

नेपाल हङकङसँग पराजित

काठमाडौं। नेपाल आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटमा हङकङसँग पराजित भएको छ। मंगलबार सम्पन्न खेलमा नेपाल सात विकेटले पराजित भएको […]

शनिबारदेखि पुनः सुरु हुँदै आईपीएल

काठमाडौं । भारत र पाकिस्तानबीचको बढ्दो तनावका कारण एक साताका लागि स्थगित गरिएको इन्डियन प्रिमियर लिग (आईपीएल) शनिबारदेखि पुनः सुरु […]