मुम्बईमाथि लखनाउको जित

२०८१ जेष्ठ ५, शनिबार ०७:५०

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर (आइपीएल) को ६७ औं खेलमा मुम्बई इन्डियन्सलाई लखनाउ सुपर जायन्ट्सले पराजित गरेको छ ।

जितका बाबजुद पनि लखनाउले यस संस्करणको आइपीएलको अर्को चरण प्रवेशको सम्भावना समाप्त गरेको छ । मुम्बई भने यस अघि नै अर्को चरण पुग्ने दौडबाट बाहिरिसकेको थियो ।

जितका लागि लखनाउले दिएको २ सय १५ रनकाृ लक्ष्य पछ्याएको मुम्बइले २० ओभरमा १ सय ९६ रन मात्र बनाउन सक्यो ।

मुम्बइका लागि ओपनर रोहित शर्माले ३८ बलमा ६८ तथा नमन धिरले २८ बलमा ६२ रन बनाए । डिवाल ब्रेभिसले २० बलमा २३ तथा कप्तान हार्दिक पान्ड्याले १३ बलमा १६ रन बनाए ।

लखनाउका लागि रवि विष्नोई र नभिन उल हकले समान दुई दुई तथा म्याट हेनरी र कुर्नाल पान्ड्याले समान एक एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लखनाउले २० ओभरमा ६ विकेट गुमाएर २ सय १४ रन बनायो ।

लखनाउका लागि निकोलस पुरनले २९ बलमा ७५ तथा कप्तान केएल राहुलले ४१ बलमा ५५ रन बनाए । मार्कस स्टोइनिसले २२ बलमा २८ तथा आयुष बदोनीले १० बलमा अविजित २२ रन बनाए ।

लखनाउका लागि नुवान तुशारा र पियुष चावलाले समान तीन तीन विकेट लिए ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy