IPL : राजस्थान बिरुद्ध मुम्बईको कीर्तिमानी जित, यस्तो छ प्लेअफ पुग्ने सम्भावना

राजस्थान रोयल्सलाई कीर्तिमानी अन्तरले पराजित गर्दै मुम्बई इन्डीएन्सले आईपीएल प्लेअफ पुग्ने सम्भावना जिवितै राखेको छ।

शारजाह क्रिकेट स्टेडियममा सम्पन्न खेलमा ८ विकेटको जित दर्ता गर्ने क्रममा राजस्थान रोयल्सले दिएको ९१ रनको लक्ष्य मुम्बईले २ विकेट क्षेतीमा ८.२ ओभरमै भेट्यो। ७० बल बाँकी रहँदै मुम्बई विजयी भयो जुन जित बल बाँकी रहेको आधारमा मुम्बईको राजस्थान रोयल्स बिरुद्ध इतिहासकै ठूलो जित हो भने समग्रमा मुम्बईको आईपीएल इतिहासकै दोश्रो ठूलो जित हो। आईपीएल इतिहासकै यो बल बाँकी रहेको आधारमा पाँचौ ठूलो जित हो। मुम्बईले यस अघि २००८ मा कोलकातालाई ८७ बल बाँकी रहँदै खेल जितेको थियो।

लक्क्ष पछ्याउने क्रममा मुम्बईको लागि ओपनर इशान किशनले २५ बलमा ५ चौका र ३ छक्का मद्दतले अविजित ५० रन बनाए। यस्तै कप्तान रोहित शर्माले १३ बलमा १ चौका र २ छक्का मद्दतले २२ रन बनाए। सुर्यकुमार यादवले १३ तथा हार्दिक पान्ड्याले अविजित ५ रन बनाए। मुस्तफिजुर रहमान र चेतन सकरियाले समान १ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको राजस्थान रोयल्सले पुरै २० ओभर ब्याटिंग गरेता पनि ९ विकेट क्षेतीमा ९० रन मात्र बनाउन सकेको थियो। उसको लागि ओपनर इभिन लुइसले सर्वाधिक २४ रन, डेभिड मिलरले १५ रन तथा यशस्वी जैसवाल र राहुल तेवतियाले १२ रन योगदान दिए।

मुम्बईको बलिंगमा नाथन कोल्टर नाईल एक्लैले ४ विकेट लिए जुन क्रममा ४ ओभरमा १४ रन मात्र खर्चिए। यस्तै जेम्स निशमले पनि ४ ओभरमा मात्र १२ रन खर्चेर ३ विकेट तथा जस्प्रित बुम्राहले २ विकेट ( ४-०-१४-२ ) लिए।

यस्तो छ मुम्बईको प्लेअफ सम्भावना : १३ खेलमा ६ जित र ७ हार पछि मुम्बई १२ अंक सहित लिग अंक तालिकाको पाँचौ स्थानमा छ। अब मुम्बईले लिगको अन्तिम खेल सनराइजर्स हैदरावाद बिरुद्ध अक्टोबर ८ तारिखमा खेल्न बाँकी छ। समान खेल खेलेको कोलकाताको पनि १२ अंकनै रहेको छ र नेट रन रेटमा अघि रहँदै चौंथो स्थानमा छ।

मुम्बईले अन्तिम खेलमा हैदरावादलाई पराजित गर्ने र कोलकाता अन्तिम खेलमा राजस्थान रोयल्ससंग पराजित हुने हो भने मुम्बई प्लेअफ पुग्नेछ। यदी मुम्बईले हैदरावादलाई पराजित गर्ने र कोलकाताले पनि राजस्थान रोयल्सलाई पराजित गर्ने हो भने समान १३ अंक भएता पनि नेट रन रेटको आधारमा अघि बढ्ने टिमको निर्णय हुनेछ। यदी आफ्नो अन्तिम खेलमा मुम्बई र कोलकाता दुवै पराजित भएको खण्डमा पनि नेट रन रेटमा अघि रहेको टिम प्ले अफ पुग्नेछ। मुम्बईको नेट रन रेट -०.०४८ छ भने कोलकाताको +०.२९४ छ।

दिल्ली, चेन्नाई र बैंगलोरले यस अघिनै प्लेअफमा स्थान सुरक्षित गरिसकेका छन्। १३ खेलमा १० अंक रहेको पन्जाब प्लेअफ पुग्न कोलकाता र मुम्बई आफ्नो अन्तिम खेलमा पराजित हुनु पर्नेछ भने अन्तिम खेलमा चेन्नाई बिरुद्ध विशाल जित दर्ता गर्नुपर्नेछ। त्यसो भएको खण्डमा कोलकाता, मुम्बई र पन्जाबको समान १२ अंक हुनेछ र नेट रन रेटमा अघि जाने टिम निर्धारण हुनेछ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy