आईपीएल अक्सन आज, सन्दिप सहित २९२ खेलाडीलाई बोलि लाग्ने ( सम्पूर्ण जानकारी )

अप्रिल २०२१ मा भारतमा आयोजना हुने इन्डियन प्रिमियर लिगको १४ औं सिजन अघि लिगको मिनी अक्सन आज भारतको चेन्नाईमा हुँदैछ। चेन्नाई स्थित आईटिसी ग्रान्ड छोला होटलमा अक्सन हुनेछ।

नेपाली समय ३:१५ बजे दिउसो सुरु हुने अक्सनमा नेपालबाट सन्दिप लामिछाने सहित १२५ जना विदेशी तथा १६४ जना भारतीय गरि कुल २९२ जना खेलाडीहरुलाई बोलि लाग्नेछ। एसोसिएट राष्ट्रबाट सन्दिप सहित युएईका कार्तिक मैयेप्पा र अमेरिकाका अलि खान गरि ३ जना क्रिकेटर माथि बोलि लाग्नेछ।

आईपीएलमा सहभागी रहेका ८ वटा टिमसंग ६१ वटा स्थान मात्र खालीरहेको छ। त्यसमध्ये पनि विदेशी खेलाडीको लागि मात्र २२ वटा स्थान खालि रहेकोछ। एउटा टिमले अधिकतम २५ खेलाडी टिममा आबद्ध गर्न पाउनेछ जसमध्ये अधिकतम ८ जना विदेशी खेलाडी हुनु पर्नेछ।

अक्सनमा सबैभन्दा बढी रकम खर्च गर्न पाउने टिम पन्जाब किंग्स हो जसले ५३.२ करोड भारु खर्च गर्न पाउनेछ। यस्तै रोयल च्यालेन्जर्स बैंगलोरले ३५.९ करोड भारु, राजस्थान रोयल्सले ३४.८५ करोड भारु, चेन्नाई सुपर किंग्सले २२.९ करोड भारु, मुम्बई इन्डियन्ससंग १५.३५ करोड भारु, दिल्ली क्यापिटलसंग १२.९ करोड भारु, सनराइजर्स हैदरावाद र कोलकाताले १०.७५ करोड भारु खर्च गर्न पाउनेछ।

अक्सनमा ८ जना विदेशी र २ जना भारतीय खेलाडीले आफ्नो बेस प्राइस २ करोड भारु राखेका छन्। यस्तै १२ जना विदेशी खेलाडीले १.५ करोड भारु, २ जना भारतीय र ९ जना विदेशी खेलाडीले १ करोड भारु, १५ जना विदेशी खेलाडीले ७५ लाख भारु, ५२ जना विदेशी तथा १३ भारतीय खेलाडीले ५० लाख भारु बेसप्राइस राखेका छन्। १७९ जना खेलाडीहरुले बेस प्राइस ५० लाख भारु भन्दा कम राखेका छन्। सन्दिप लामिछानेले आफ्नो बेस प्राइस ४० लाख भारु राखेका छन्।

राजस्थान रोयल्स :

पर्समा भएको रकम : ३७.८५ करोड भारु , खाली स्थान : ९, विदेशी खेलाडीको लागि स्थान : ३  

चेन्नाई सुपर किंग्स :

पर्समा भएको रकम : १९.९० करोड भारु , खाली स्थान : ६ , विदेशी खेलाडीको लागि स्थान : १  

पन्जाब किंग्स : 

पर्समा भएको रकम : ५३.२० करोड भारु , खाली स्थान : ९ , विदेशी खेलाडीको लागि स्थान : ५

कोलकाता नाइट राइडर्स :

पर्समा भएको रकम : १०.७५ करोड भारु , खाली स्थान : ८ , विदेशी खेलाडीको लागि स्थान : २

रोयल च्यालेन्जर्स बैंगलोर :

पर्समा भएको रकम : ३५.४० करोड भारु , खाली स्थान : ११ , विदेशी खेलाडीको लागि स्थान : ३

सनराइजर्स हैदरावाद :

पर्समा भएको रकम : १०.७५ करोड भारु , खाली स्थान : ३ , विदेशी खेलाडीको लागि स्थान : १ 

दिल्ली क्यापिटल्स : 

पर्समा भएको रकम : १३.४० करोड भारु , खाली स्थान : ८ , विदेशी खेलाडीको लागि स्थान : ३ 

 मुम्बई इन्डीएन्स :

पर्समा भएको रकम : १५.३५ करोड भारु , खाली स्थान : ७ , विदेशी खेलाडीको लागि स्थान : ४

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy