- विकेटनेपाल, २५ चैत
चर्चित भारतीय लिग इन्डियन प्रिमियर लिग आईपीएलको ११ औं सिजन आजबाट सुरु भएको छ।
#CSK Captain @msdhoni calls it right at the toss. Elects to bowl first against #MI.
Follow the game here – https://t.co/IOHC0getWR #MIvCSK pic.twitter.com/nMKJXmI5wE
— IndianPremierLeague (@IPL) April 7, 2018
मुम्बईको वान्खाड़े स्टेडियममा भब्य उद्घाटन समारोह बीच प्रतियोगिताको सुरुवात भएको हो। उद्घाटन समारोहमा बिभिन्न बलिवुड स्टारहरुले प्रदर्शनी देखाएका थिए। ऋतिक रोशन,ज्याक्लिन फरनान्डेज, बरुण धावन, तमन्ना भाटिया, प्रभु देवाले नृत्य गरेका थिए भने मिका सिंहले गित गाउदै उद्घाटनमा रौनक थपे।
We’ve won all the three titles for this wonderful crowd here. Looking forward to starting this tournament on a good note – @mipaltan Captain @ImRo45 ahead of tonight’s opening game. pic.twitter.com/peSEb4422G
— IndianPremierLeague (@IPL) April 7, 2018
आईपीएलको पहिलो खेलमा डिफेन्डिंग च्याम्पियन मुम्बई इन्डियन्स र २ बर्ष पछि फर्केको चेन्नाई सुपर किंग्स प्रतिस्पर्धा गर्दैछन्। ५१ दिन सम्म चल्ने प्रतियोगितामा कुल ६० वटा खेल ९ वटा बिभिन्न मैदानमा खेलिनेछन्। प्रतियोगिताको प्रत्यक्ष प्रशारण पहिलो पटक स्टार स्पोर्ट्सले गर्नेछ।
We’re ready. Are you? #VIVOIPL pic.twitter.com/aQnUHTuGqi
— IndianPremierLeague (@IPL) April 7, 2018
नेपाली खेलाडी सन्दिप लामिछाने दिल्ली डेयर डेभिल्सबाट यो सिजन आईपीएल खेल्दैछन् जसकारण नेपाली फ्यानहरुको बिशेष नजर आईपीएलमा रहेको छ। दिल्लीले पहिलो खेल आइतबार बेलुका ४;१५ बजे किंग्स ११ पन्जाबसंग खेल्ने कार्यक्रम रहेको छ।
८ टिम सहभागी रहने आईपीएलको यो सिजन चेन्नाई सुपर किंग्स, मुम्बई इन्डियन्स, रोयल च्यालेन्जर्स बैंगलोर, कोलकाता नाइट राइडर्स, किंग्स ११ पन्जाब, सनराइजर्स हैदराबाद, दिल्ली डेयर डेभिल्स र राजस्थान रोयल्स खेल्दैछन्।