IPL : ताजा अंकतालिका , पर्पल र अरेन्ज क्यापमा रोचक प्रतिस्पर्धा

आईपीएल २०२० अन्तर्गत आइतबार सम्पन्न २ खेलमा रोहित शर्मा कप्तानीको मुम्बई र महेन्द्र सिंह धोनी कप्तानीको चेनाई सुपर किंग्स विजयी भयो। शारजाह मैदानमा मुम्बईले दिएको २०९ रनको विशाल लक्ष्य पछ्याउदा हैदरावाद ३४ रनले पराजित भयो। चेन्नाईले पन्जाबले दिएको १७९ रनको लक्ष्य विकेटनै नगुमाई पुरा गर्यो।

५ खेलमा तेश्रो जित पछि मुम्बई अंकतालिकाको शिर्ष स्थानमा उक्लेको छ। समान ६ अंक रहेता पनि दिल्ली र बैंगलोर नेट रनरेटमा पछि रहँदै दोश्रो र तेश्रो स्थानमा रहेको छ। लगातार ३ खेलमा हार पछि चेन्नाई जितका साथ आठौंबाट छैठौं स्थानमा उक्लेको छ। समान ४ अंक रहेता पनि कोलकाता र राजस्थान चौथो र पाँचौ स्थानमा तथा हैदरावाद सातौँ स्थानमा छ। पन्जाब भने सातौँबाट आठौँ स्थानमा झरेको छ।

सोमबार दिल्ली र पन्जाब बीच हुने खेलले अंकतालिकाको माथिल्लो क्रममा फेरबादल हुनेछ। नेट रन रेट राम्रो रहेकोले दिल्ली विजयी भएमा शिर्षस्थानमा पुनः उक्लने मौका रहेको छ।

मायाँकलाई पछि पर्दै राहुललाई अरेन्ज क्याप

टिम असफल रहेता पनि अरेन्ज क्याप रेसमा पन्जाबका दुइ ब्याट्सम्यान केएल राहुल र मायाँक अग्रवालको अग्रता कायमै रहेको छ। चेन्नाई बिरुद्ध ६३ रन बनाउदै राहुल अग्रवाललाई पछि पार्दै पर्पल क्याप आफ्नो नाम गरेका छन्। ५ खेलमा राहुलको ३०२ रन पुगेको छ भने चेन्नाईसंग २६ रन मात्र बनाउन सकेका अग्रवालको ३० रन कम २८२ रन रहेको छ जो पहिलोबाट तेश्रो स्थानमा झरेका छन्। राहुलले लिगको दोश्रो खेलमा बैंगलोर बिरुद्ध १३२ रन बनाएका थिए भने अग्रवालले राजस्थान बिरुद्ध १०६ रन बनाएका थिए।

शानदार लयमा रहेका चेन्नाई ब्याट्सम्यान फफ डु प्लेसी रेसमा दोश्रो स्थानमा पुगेका छन् जसले राहुल भन्दा २० रन कम २८२ रन बनएका छन्। डु प्लेसीले पन्जाब बिरुद्ध अविजित ८७ रन बनाएका थिए जुन लिगमा उनको तेश्रो अर्धशतक हो।

केएल राहुलले आफ्नै टिमका मायाँक अग्रवाललाई पछि पार्दै अरेन्ज क्याप लगाएका छन्

मुम्बई कप्तान रोहित शर्मा ५ खेलमा १७६ तथा हैदरावाद कप्तान डेभिड वार्नर समान खेलमा १७५ रन बनाउदै चौथो र पाँचौ स्थानमा रहेका छन्। रोहितले हैदरावादसंग ६ रन मात्र बनाउन सके भने वार्नरले ६० मुम्बई बिरुद्ध ६० रन बनाए। ४ खेल खेलेका देभदत्त पडीक्कल ( १७४ ) सन्जु स्यामसन ( १७१ ) तथा श्रेयस ऐयर ( १७० ) क्रमश छैठौं, सातौँ र आठौँ स्थानमा छन्।

पर्पल क्यापमा दौडमा चहलसंग तिन बलरको प्रतिस्पर्धा 

पर्पल क्याप दौड अझ रोचक रहेको छ। बैंगलोर लेग स्पिनर युजभेन्द्र चहल, दिल्ली पेसर कागीसो रबाडा, मुम्बई पेसर ट्रेन्ट बोल्ट र पन्जाब पेसर मोहम्मद शामीले समान ८ विकेट लिंदै दौडमा अघि रहेपनि औशतमा सबैलाई पछि पार्दै चहलको नाममा पर्पल क्याप रहेको छ। चहलले हैदरावाद र राजस्थान बिरुद्ध खेलमा ३/३ विकेट लिएका थिए। चहलले १४.३८ रन खर्चेर विकेट लिईरहेका छन् भने रबाडाले १५.७५, बोल्टले १९.६२ र शामीले विकेट लिन १९.१२ रन खर्चीरहेका छन्।

हैदरावाद बिरुद्ध २ विकेट लिंदै बोल्टले विकेट संख्या ८ पुर्याएका हुन्। पन्जाब पेसर भने मुम्बईको विकेट लिन असफल रहे जुन विकेटविहिन रहेको शामीको पहिलो खेल हो।

समान ८ विकेट रहे पनि शामी, बोल्ट र रबाडालाई एभरेजमा पछि पार्दै चहलले पर्पल क्याप नाम गरेका छन्

अर्का मुम्बई पेसर जेम्स प्याटिन्ससन र जस्प्रित बुम्राह पनि लगातर दोश्रो खेलमा २ विकेट लिंदै रेसमा अघि बढेका छन्। उनको विकेट संख्या ७ पुगेको छ र पाँचौ स्थानमा छन्। अस्ट्रेलियन बलरले कोलकाता र पन्जाब बिरुद्ध पनि २ विकेटनै लिएका थिए। समान ७ विकेट लिंदै बुम्राह छैठौं स्थानमा छन्। बुम्राहले पनि हैदरावाद, बैंगलोर र कोलकाता बिरुद्ध खेलमा समान २ विकेट लिएका थिए।

मुम्बई लेग स्पिनर राहुल चाहर, पन्जाब पेसर शेल्डन कटरेल तथा चेन्नाईका लेग स्पिनर पियुष चावला पनि समान ५ खेलमा ६ विकेट लिंदै रेसमा अघि बढ्ने प्रयासमा छन्।

आईपीएल २०२० आगामी खेल

अक्टोबर ५, सोमबार : रोयल च्यालेन्जर्स बैंगलोर Vs दिल्ली क्यापिटल्स ( ७:४५ बजे राति, दुबई अन्तर्राष्ट्रिय स्टेडियम )

अक्टोबर ६, मंगलबार : मुम्बई इन्डीएन्स Vs राजस्थान रोयल्स ( ७:४५ बजे राति, शेख जायद स्टेडियम, अबुधाबी )

अक्टोबर ७, बुधबार : कोलकाता नाइट राइडर्स Vs चेन्नाई सुपर किंग्स ( ७:४५ बजे राति, शेख जायद स्टेडियम, अबुधाबी )

दिल्ली पेसर नोर्कियाको विश्वास – “बैंगलोरलाई परास्त गर्नेछौँ”

“अन्तिममा सम्भवतः ७-८ वटा फुल टस मैले गने”- वार्नर

पन्जाब बिरुद्ध उत्कृस्ट पुनरागमन जितपछि धोनी, वाटसन र डुप्लेसीले के भने

कोरोनाका कारण डिपीएलको चौथो संस्करण सर्यो





थप समाचार

एपिएलको फाइनलमा रोयल सन्धिखर्क र सौजन्य समाज किमडाँडा भिड्ने

अर्घाखाँचीमा जारी अर्घाखाँची प्रिमियर लिग (एपिएल) क्रिकेटको फाइनलमा रोयल सन्धिखर्क र सौजन्य समाज किमडाँडा भिड्ने भएका छन् । सन्धिखर्कमा चलिरहेको […]

त्रिवि क्रिकेट मैदानमा कलाकार र नेताहरुबीच मैत्रीपूर्ण खेल

काठमाडौं । नेपाल विद्यार्थी संघ केन्द्रीय समितिद्वारा आयोजित अन्तर्राष्ट्रिय अन्तर विश्वविद्यालय टी–२० क्रिकेट प्रतियोगिताको पूर्वसन्ध्यामा मैत्रीपूर्ण खेलको आयोजना गरिएको छ। […]

प्रधानमन्त्री कप : सुदूरपश्चिम ९ बलमै विजयी

काठमाडौं । धनगढीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश ९ बलमा नै विजयी भएको छ। फाप्ला […]

ई-प्लानेट हाई स्कुल च्याम्पियनसिप: गण्डकी छनोटको उपाधि कास्की मोर्डनाइज्डलाई

ई-प्लानेट नेशनल हाई स्कुल टी टेन क्रिकेट च्याम्पियनसिप २०८१ को गण्डकी छनोट प्रतियोगिताको उपाधि कास्की मोर्डनाइज्ड एकेडेमीले जितेको छ। पुष […]

धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने, देशभरका ८ वटा क्लबले सहभागीता जनाउने

धनगढी, माघ ०३ : क्रिकेटको शहर धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । गो ड्रिमर्सको आयोजनामा […]

पुलिसले जित्यो जय ट्रफीको उपाधि

काठमाडौं । नेपाल पुलिस क्लब जय ट्रफी मेन्स एलिट कपको च्याम्पियन बनेको छ। वीरगन्जको नारायणी क्रिकेट मैदानमा तेस्रो दिन बिहीबार […]