आईपीएल टिम राजस्थानका फिल्डिंग प्रशिक्षकलाई कोरोना

२०७७ श्रावण २८, बुधबार २०:०४

इन्डियन प्रिमियर लिग ( आईपीएल ) टिम राजस्थान रोयल्सका फिल्डिंग प्रशिक्षक दिशांत यागनिकलाई कोरोना संक्रमण देखिएको छ।

राजस्थान टिम युएई जानु पुर्व मुम्बईमा भेला हुनु अघि सबै खेलाडी र टिम स्टाफहरुको कोरोना परिक्षण गरिएको थियो।

राजस्थानको लागि घरेलु क्रिकेटमा विकेटकिपर ब्याट्सम्यान समेत रहेका दिशांतले आईपीएलमा राजस्थान रोयल्सको पनि प्रतिनिधित्व गरिसकेका छन्। आफ्नो घर उदयपुरमा रहेका उनलाई अब १४ दिन घरमै क्वारेन्टाइनमा बस्न भनिएको छ।

दिशान्तले ट्वीटरमार्फत आफ्नो कोरोना रिपोर्ट पोजेटिभ आएको बताउदै आफुसंग पछिल्लो १० दिन सम्पर्कमा आएका व्यक्तिहरुलाई पनि टेस्ट गराउन अनुरोध गरेका छन्।


१४ दिन क्वारेन्टाइन अवधि पछि दिशांतको दुइ पटक पुनः कोरोना परिक्षण गरिनेछ। दुवै रिपोर्ट नेगेटिभ आएमा उनले राजस्थान टिमसंग जोडिन पाउनेछन्।

राजस्थान टिमले एक बिज्ञप्ति जारि गर्दै दिशांतको सम्पर्कमा कोहि खेलाडीहरु पछिल्लो १० दिन सम्पर्कमा नआएको बताएको छ।

१३ औं सिजनको आईपीएल सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म युएईमा आयोजना हुँदैछ। प्रतियोगितालाई भारत र युएई सरकारले आयोजना अनुमति दिईसकेको छ।

यो पनि पढ्नुस :-

सागमा पदक जितेका तिन पाकिस्तानी खेलाडीको पदक खोसियो

https://wicketnepal.com/stuwart-broad-fined-eng-vs-pak-wn20/

https://wicketnepal.com/sarfaraz-ahmad-test-cricket-wn20/

https://wicketnepal.com/kundan-singh-covid-19-wn20/

https://wicketnepal.com/sangakkara-2-fav-batsman-wn20/

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy