आईपीएल टिम राजस्थानका फिल्डिंग प्रशिक्षकलाई कोरोना

इन्डियन प्रिमियर लिग ( आईपीएल ) टिम राजस्थान रोयल्सका फिल्डिंग प्रशिक्षक दिशांत यागनिकलाई कोरोना संक्रमण देखिएको छ।

राजस्थान टिम युएई जानु पुर्व मुम्बईमा भेला हुनु अघि सबै खेलाडी र टिम स्टाफहरुको कोरोना परिक्षण गरिएको थियो।

राजस्थानको लागि घरेलु क्रिकेटमा विकेटकिपर ब्याट्सम्यान समेत रहेका दिशांतले आईपीएलमा राजस्थान रोयल्सको पनि प्रतिनिधित्व गरिसकेका छन्। आफ्नो घर उदयपुरमा रहेका उनलाई अब १४ दिन घरमै क्वारेन्टाइनमा बस्न भनिएको छ।

दिशान्तले ट्वीटरमार्फत आफ्नो कोरोना रिपोर्ट पोजेटिभ आएको बताउदै आफुसंग पछिल्लो १० दिन सम्पर्कमा आएका व्यक्तिहरुलाई पनि टेस्ट गराउन अनुरोध गरेका छन्।


१४ दिन क्वारेन्टाइन अवधि पछि दिशांतको दुइ पटक पुनः कोरोना परिक्षण गरिनेछ। दुवै रिपोर्ट नेगेटिभ आएमा उनले राजस्थान टिमसंग जोडिन पाउनेछन्।

राजस्थान टिमले एक बिज्ञप्ति जारि गर्दै दिशांतको सम्पर्कमा कोहि खेलाडीहरु पछिल्लो १० दिन सम्पर्कमा नआएको बताएको छ।

१३ औं सिजनको आईपीएल सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म युएईमा आयोजना हुँदैछ। प्रतियोगितालाई भारत र युएई सरकारले आयोजना अनुमति दिईसकेको छ।

यो पनि पढ्नुस :-

सागमा पदक जितेका तिन पाकिस्तानी खेलाडीको पदक खोसियो

https://wicketnepal.com/stuwart-broad-fined-eng-vs-pak-wn20/

https://wicketnepal.com/sarfaraz-ahmad-test-cricket-wn20/

https://wicketnepal.com/kundan-singh-covid-19-wn20/

https://wicketnepal.com/sangakkara-2-fav-batsman-wn20/

 





थप समाचार

स्कटल्याण्डसँग खेल्दै नेपाल

कठमाडौँ । मलेसियामा जारी आइसीसी महिला यु–१९ टी–२० क्रिकेट विश्वकपमा सोमबार नेपालले स्कटल्याण्डको सामना गर्दै छ। नेपाली समयअनुसार यो खेल […]

प्रधानमन्त्री कप : कोशी र आर्मीको विजयी सुरुआत

काठमाडौं । कोशी र विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेका छन्। आइतबार […]

पाँचौ संस्करणको अर्घाखाँची प्रिमियर लिग क्रिकेटको उपाधी किमडाँडालाई

अर्घाखाँची । अर्घाखाँची क्रिकेट संघले आयोजना गरेको अर्घाखाँची प्रिमियर लिग टि–२० क्रिकेटको उपाधी सौजन्य समाज किमडाँडाले जितेको छ । पाँचौं […]

कर्णालीमाथि लुम्बिनीको सहज जित

काठमाडौँ । लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशलाई पराजित गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा […]

सुदूरपश्चिमलाई हराउँदै समूह विजेताको रुपमा एपिएफ सुपर फोरमा

काठमाडौँ । विभागीय टोली एपिएफ क्लब प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा अपराजित रहँदै सुपर फोरमा पुगेको छ। धनगढीस्थित […]

नेपाल पाँच विकेटले पराजित

काठमाडौँ । आइसिसी महिला यु–१९ टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले बंगलादेशसँग पाँच विकेटले पराजित भएको छ। नेपालले दिएको ५३ […]