युएईमा जारी १३ औं आईपिएल अन्तर्गत सोमबार १९ औं खेलमा श्रेयस ऐयरको कप्तानिमा रहेको दिल्ली क्यापिटल्सले बिराट कोहलीको कप्तानिमा रहेको रोयल च्यालेन्जर्स बैंगलोरको सामना गर्दैछ। खेल नेपाली समय अनुसार रातीको ७:४५ बजे दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा सुरु हुनेछ। समान ४ खेल खेलेको दुबै टोलि ३ जित र १ हारपछि नेट रन रेटको आधारमा दिल्ली दोश्रो र बैंगलोर तेश्रो स्थानमा रहेको छ। दुबै टोलि आजको खेलमा जित हात पार्दै अंकतालिकाको शिर्ष स्थानमा उक्लन चाहन्छन्।
के आशा गर्ने
बैंगलोर : कप्तान बिराट कोहली फर्ममा आउदा बैंगलोर टिम निकै उत्साहित छ जसले कोहली फ्यानहरुलाई पनि हाँस्ने मौका दिएको छ। ४ मध्ये ३ खेलमा विजयी बैंगलोर बिगतको खराब प्रदर्शन बिर्सदै यो पटक अंकतालिकाको तल्लो क्रममा झर्ने मुडमा छैन। युवा ब्याट्सम्यान देभदत्त पडीक्कल, स्पिनर वासिंगटन सुन्दरको प्रदर्शनले टिम खुसिछ। एबि डी भिल्लीयर्स, आरोन फिन्च र कोहलीको उपस्थितिले ब्याटिंग मजबुत देखिएको छ भने लेग स्पिनर युजभेन्द्र चहलको लय तथा डेथ र मिडल ओभरमा नभदिप सैनीको प्रदर्शनबाट टिम खुसि छ। बैंगलोरको यो लय हेर्दा दिल्लीलाई सहज हुने देखिदैन।
दिल्ली : अर्कतर्फ दिल्ली पनि लिगको सन्तुलित मध्येको टिम हो। गत खेलमा दिल्ली कप्तान श्रेयस ऐयरले ८८ रन बनाउदै लयमा फर्केको संकेत गरेका छन्। पृथ्वी श, शिखर धव, रिशभ पन्त, शिमरन हेटमायर जस्ता ब्याट्सम्यानहरु तथा मार्कस स्टोइनिसको अल-राउण्ड क्षमताको टिमले भरपुर प्रयोग गरिरहेको छ। बलिंगमा कागीसो रबाडा, एनरिक नोर्किया र अमित मिश्रा राम्रो लयमा छन्। घाइते भए पनि आश्विनको पुनरागमनले टिमको मजबुती बढाएको छ। दिल्लीको सन्तुलन भंग गर्न बैंगलोर सक्षम हुनेछ या छैन हेर्न रोचक हुनेछ।
बैंगलोरको प्रतियोगितामा नतिजा : पहिलो खेलमा सनराइजर्स हैदराबाद विरुद्ध १० रनको जित दर्ता गरेको बैंगलोर दोस्रो खेलमा किङ्ग्स-११ पन्जाबसगँ ९७ रनको फराकिलो हार बेहोरेको थियो। पछिल्ला २ खेलहरुमा मुम्बई इन्डियन्सलाई सुपर ओभरमा तथा राजस्थान रोयल्सलाई ८ विकेटले पराजित गरेको बैंगलोर राम्रो लयमा रहेको छ।
दिल्लीको प्रतियोगितामा नतिजा : पहिलो खेलमा किङ्ग्स-११ पन्जाबलाई सुपर ओभरमा पराजित गरेको दिल्लीले दोस्रो खेलमा चेन्नाई चेन्नाई माथि १० रनको जित निकालेको थियो। तेस्रो खेलमा हैदराबाद विरुद्ध १५ रनले पराजित भएको दिल्लीले चौथो खेलमा कोलकाता विरुद्ध १८ रनले विजयी भएको थियो।
हेड टु हेड : हालसम्म यी दुई टोलिबिच कुल २४ पटक प्रतिस्पर्धा भएको छ जसमा बैंगलोरको दबदबा रहेको छ। १५ पटक बैंगलोरले जित हात पार्दा दिल्ली मात्र ८ खेलमा विजयी भएको छ। गत सिजन भने बैंगलोरलाई दुबै खेलमा दिल्लीले पराजित गरेको थियो जुन क्रममा पहिलो खेलमा ४ तथा दोस्रो खेलमा १६ रनले विजयी भएको थियो।
खेल हुने मैदान : जारी सिजन दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा ८ खेल खेलिएको छ जसमध्ये पहिले ब्याटिंग गर्ने टिमले ५ खेलमा जित हात पार्दा दोस्रो ब्याटिंग गर्ने टिम १ खेलमा विजयी भएको छ। दुई खेल सुपर ओभरसम्म पुगेको छ। दुबई मैदानमा चेन्नाईले आइतबार पन्जाबले दिएको १७९ रनको लक्ष्य विकेट नगुमाई पुरा गरेको थियो।
पहिलो ब्याटिंग गर्ने औसत स्कोर : १७७ (१६ औं खेलसम्म), चेज गर्दा रेकर्ड : जित-१, हार-५, बराबरी-२
टिममा हुन सक्ने परिवर्तन :
दिल्ली : खेल अघि दिल्लीका २ जना खेलाडीहरु घाइते हुँदा खेल्न सक्ने नसक्ने अनिश्चित रहेको छ। लेग स्पिनर अमित मिश्राले अभ्यासको क्रममा क्याच लिने क्रममा औलामा चोट लागेपछि बलिंग गरेका थिएनन्। पृथ्वी श पनि कोलकाता संगको अघिल्लो खेलको क्रममा ब्याटिंगको क्रममा फिल्डरले फालेको बलले लागेपछि उक्त खेलको पुरस्कार वितरणमा देखिएका थिएनन्। टिमले दुवै खेलाडीको अवस्था बारे जानकारी गराएको छैन। अमित मिश्रा नखेलेको खण्डमा अक्षर पटेलले स्थान बनाउनेछन् भने पृथ्वी नखेलेको खण्डमा अजिंके रहानेले मौका पाउन सक्छन्।
दिल्लीको सम्भावित ११ : शिखर धवन, पृथ्वी श/अजिंके रहाने, श्रेयस ऐयर, रिषभ पन्त, शिमरोन हेटमाएर, मार्कस स्टोइनिस, रभीचन्द्रन आश्विन, अक्षर पटेल/अमित मिश्रा, कागिसो रबाडा, एनरिक नोर्किया, हर्षल पटेल

बैंगलोर : पछिल्लो २ खेलमा मौका पाएता पनि ११.४२ प्रतिओभर रन खर्चदै मात्र १ विकेट लिएका लेग स्पिनर एडम जाम्पाको स्थानमा टिमले दक्षिण अफ्रिकी अलराउण्डर क्रिस मोरिसलाई मौका दिन सक्छ। दुबई मैदानमा फास्ट बलरहरुले राम्रो स्विंग प्राप्त गरिरहेको हुँदा जाम्पाको स्थान डेल स्टेनले पनि लिन सक्नेछन्। मोरिसको डेथ ओभरमा इकोनोमि रेट ८.५ हुँदा बैंगलोरले मोरिसलाई नभदिप सैनीको जोडी बनाउन सक्ने सम्भावना प्रवल देखिएको छ।
बैंगलोरको सम्भावती ११ : एरोन फिन्च, देभदत्त पडिक्कल, बिराट कोहली, एबि डि भिल्लियर्स, गुरकिरत सिंह, शिभम दुबे, वासिङ्टन सुन्दर, इसुरु उडाना, क्रिस मोरिस/डेल स्टेन , युझभेन्द्र चहल, नभदिप सैनी
लयमा रहेका ४ खेलाडी :
बिराट कोहली : सुरुवाती ३ खेलमा राम्रो प्रदर्शन गर्न नसकेका कोहलीले लयमा फर्कने क्रममा राजस्थान बिरुद्ध ७२ रनको अविजित पारी खेलेका थिए। लिगमा ५५०० रन पूरा गरिसकेका उनी सर्वाधिक रनकर्ता समेत हुन्। बैंगलोरले कप्तानबाट कप्तानी पारीको अपेक्षा गरेको छ।
श्रेयस ऐय : पछिल्लो खेलमा कोलकाता विरुद्ध ३८ बलमा ८८ रनको विस्फोटक अविजित पारी खेलेका अय्यर राम्रो लयमा छन्।
देभदत्त पाडिक्कल : जारी सिजन आईपिएलमा डेब्यु गरेका पाडिक्कलले ४ खेलमा ३ अर्धशतक बनाइसकेका छन्। राजस्थान विरुद्ध पछिल्लो खेलमा उनले ४५ बलमा ६३ रनको पारी खेलेका थिए।
युजभेन्द्र चहाल : लेग स्पिनर चहल ८ विकेटसहित पर्पल क्यापको दौडमा शिर्ष स्थानमा रहेका छन्। पछिल्लो खेलमा राजस्थान विरुद्ध ३ विकेट लिएका चहाल राम्रो लयमा छन्।
रोचक रेकर्ड :
१) बिराट कोहली आईपिएलमा २०० छक्का प्रहार गर्नबाट ८ छक्का टाढा छन्। लिग इतिहासमा क्रिस गेल ( ३२६ ) , ए बि डी भिल्लीयर्स ( २१९ ) , महेन्द्र सिंह धोनी ( २१३ ) र रोहित शर्मा ( २०५ ) ले मात्र २ सय भन्दा बढी छक्का प्रहार गरेका छन्। कोहलीले १९२ तथा सुरेश रैनाले १९४ छक्का प्रहार गरेका छन्।
२) आईपिएलमा १०० क्याच लिनबाट एबि डि भिल्लियर्स ५ क्याच टाढा छन्।
३) आईपिएलमा १०० छक्का प्रहार गर्नबाट रिषभ पन्त मात्र ३ छक्का टाढा छन्। हालसम्म १९ खेलाडीले लिगमा सय भन्दा बढी छक्का हिर्काएका छन्।
दिल्ली पेसर नोर्कियाको विश्वास – “बैंगलोरलाई परास्त गर्नेछौँ”
IPL : ताजा अंकतालिका , पर्पल र अरेन्ज क्यापमा रोचक प्रतिस्पर्धा
“अन्तिममा सम्भवतः ७-८ वटा फुल टस मैले गने”- वार्नर
पन्जाब बिरुद्ध उत्कृस्ट पुनरागमन जितपछि धोनी, वाटसन र डुप्लेसीले के भने
कोरोनाका कारण डिपीएलको चौथो संस्करण सर्यो