ब्याटिंग नचल्दा बैंगलोरद्वारा हैदरावादलाई सामान्य लक्ष्य

आईपीएल २०२० अन्तर्गत ५२ औं तथा शनिवारको दोश्रो खेलमा सनराइजर्स हैदरावाद र रोयल च्यालेन्जर्स बैंगलोर प्रतिस्पर्धा गरिरहेका छन्। दिनको पहिलो खेलमा मुम्बईले दिल्लीलाई ९ विकेटले पराजित गर्यो। 

शारजाह स्टेडियममा टस हारेर ब्याटिंग गरेको बैंगलोरले २० ओभरमा ७ विकेट गुमाएर १२० रन बनाउदै हैदरावादलाई १२१ रनको लक्ष्य प्रस्तुत गरेको छ।

बैंगलोरको लागि जोश फिलिप्पेले सर्वाधिक ३२, एबि डी भिल्लीयर्सले २४, वासिंगटन सुन्दरले २१ तथा गुरकिरत मान सिंहले अविजित १५ रन बनाए। बिराट कोहलीले ७ तथा देभदत्त पडीक्कलले ५ रन मात्र बनाउन सके।

बैंगलोरको सुरुवात राम्रो रहन सकेन। ५ रन बनाएका देभदत्त पडीक्कल तथा त्यसपछि ७ रन बनाएका कप्तान बिराट कोहलीलाई सन्दिप शर्माले पेभेलियन फर्काए।

तेश्रो विकेटको लागि फिलिप्प्पे र डी भिल्लीयर्सले ४३ रनको साझेदारी गरे। ११ औं ओभरमा डी भिल्लीयर्सलाई शःबाज नदीमले तथा १२ औं ओभरमा फिलिप्पेलाई राशिद खानले क्याच आउट गराउदै पुनः बैंगलोरलाई दबाबमा ल्याए।

पाँचौ विकेटको लागि वासिंगटन सुन्दर र गुरकिरत सिंहले ३० रनको साझेदारी गर्दै योगफल १०० पार गराए। १८ औं ओभरमा सुन्दरलाई टि नटराजनले आफैद्वारा क्याच आउट गराए। त्यसपछि १९ औं ओभरमा जेसन होल्डरले क्रिस मोरिस र इसुरु उदानाको विकेट लिंदै बैंगलोरलाई निरन्तर दबाबमा राखे।

हैदरावादको बलिंगमा सन्दिप शर्मा ( ४-०-२०-२ ) र जेसन होल्डरले ( ४-०-२७-२ )  लिए। टि नटराजन ( ४-०-११-१ ) , शाहबाज नदीम ( ४-०-३५-१ ) र राशिद खान ( ४-०-२४-१ ) ले समान १ विकेट लिए।

बैंगलोर १२ खेलमा ७ जित सहित १४ अंक बटुल्दै अंकतालिकामा दोश्रो तथा हैदरावाद १२ खेलमा ५ जित सहित १० अंक बटुल्दै सातौँ स्थानमा रहेको छ। दुवै टिमको लागि प्ले-अफ पुग्न आजको जित महत्वपूर्ण रहेको छ। आज जित हात पारे बैंगलोर प्ले-अफ पुग्ने निश्चित हुनेछ। हैदरावाद आज पराजित भए प्लेअफ रेसबाट बाहिरिनेछ।

लिगमा हालसम्म मुम्बई प्ले-अफ तथा शिर्ष-२ स्थानमा पर्ने निश्चित भैसकेको छ भने चेन्नाई बाहिर भैसकेको छ। अन्य टिमको प्ले-अफको टुंगो लाग्न सकेको छैन।

यो पनि पढ्नुस 

दिल्लीको लगातार चौथो हार, सहज जित पछि मुम्बईको शिर्ष-२ स्थान पक्का

हैदरावादलाई झट्का, विजय शंकर लिगबाट बाहिर

अनुशासन उल्लंघन गर्दा गेललाई कारवाही, स्वीकारे गल्ति

IPL : प्लेअफमा ३ स्थानको लागि ६ टिमको प्रतिस्पर्धा, ६ खेल बाँकी, यस्तो छ सबै टिमको समीकरण

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy