युएईमा जारि १३ औं संस्करणको आईपिएल अन्तर्गत आइतबार नवौं खेलमा स्टिभ स्मिथको कप्तानिमा रहेको राजस्थान रोयल्स र लोकेश राहुलको कप्तानिमा रहेको किङ्ग्स-११ पन्जाबबीच प्रतिस्पर्धा हुदैँछ। खेल नेपाली समय अनुसार बेलुकिको ७:४५ बजे शारजाह क्रिकेट स्टेडियममा सुरु हुनेछ। पन्जाब २ खेलमा समान एक जित र एक हारसहित अकंतालिकाको दोस्रो स्थानमा छ भने १ खेल खेलेको रोयल्स जित सहित चौथौं स्थानमा छ। दुबै टोलि आज दोस्रो जित हात पार्दै अंकतालिकामा अघि बढ्न चाहन्छ।
राजस्थान रोयल्सको पछिल्लो खेल : १ खेल खेलेको राजस्थानले पहिलो खेलमा महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नाई सुपर किङ्ग्सलाई १६ रनले पराजित गर्दै विजयी सुरुवात गरेको थियो। टस हारेर पहिले ब्याटिंगको निम्तो पाएको रोयल्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २१७ रनको विशाल योगफल तयार पारेको थियो जुन पछ्याउने क्रममा चेन्नाईले निर्धारित २० ओभर खेल्दै ६ विकेटको क्षेतिमा २०० रन बनाउन सकेको थियो। रोयल्सका लागि संजु स्याम्सनले ७४ रनको आक्रामक पारि खेल्दा कप्तान स्मिथले धैर्यतापूर्ण ६९ रनको पारि खेलेका थिए। ८ बलमा २७ रन बनाएका जोफ्रा आर्चरले १ विकेट पनि लिए तथा राहुल तेवतियाले ३ विकेट लिए।

किङ्ग्स-११ पन्जाबको पछिल्ला दुई खेल : लोकेश राहुलको कप्तानिमा रहेको किङ्ग्स-११ पन्जाब आफ्नो सुरुवाति खेलमा दिल्ली क्यापिटल्स विरुद्ध सुपर ओभरमा पराजित भएको थियो। मायंक अग्रवालले ६० बलमा ८९ रन बनाउदै पन्जाबलाई एक्लो प्रयासमा सुपर ओभरसम्म डोर्याएका थिए। सुपर ओभरमा कागीसो रबाडाको घातक बलिंगसामु पन्जाब निरिह बन्दा खेल गुमाउनु परेको थियो। दोस्रो खेलमा रोयल च्यालेन्जर्स बैंगलोर विरुद्ध सुधारिएको प्रदर्शन गरेको पन्जाबले ९७ रनको फराकिलो जित दर्ता गरेको थियो जसमा कप्तान राहुलले कीर्तिमानी शतक बनाएका थिए। राहुलले ६९ बलमा १३२ रन बनाएका थिए जुन लिग इतिहासमै भारतिय ब्याट्सम्यानले बनाएको सर्वाधिक स्कोर थियो। युवा लेग स्पिनर रवि बिश्नोई र मुरुगुन आश्विनले समान ३ विकेट लिंदै शानदार प्रदर्शन गरेका थिए।
हेड टु हेड : दुई टोलिले एकअर्कासंग १९ पटक आमनेसामने भएका छन् जसमध्ये १० खेलमा रोयल्स तथा ९ खेलमा पन्जाब विजयी भएको थियो। गत सिजन दुबै खेलमा पन्जाबले रोयल्सलाई पराजित गरेको थियो। पन्जाब १४ र १२ रनले विजयी भएको थियो।
पिच रिपोर्ट : आजको खेल खेलिने शारजाह स्टेडियमको बाउन्ड्री छोटो छ जसकारण हाई स्कोरिंग खेलको अपेक्षा गर्न सकिन्छ। फ्ल्याट विकेट रहेको कारण पिचले ब्याट्सम्यानलाई मद्दत गर्नेछ भने बलरहरुलाई कठिन हुनेछ। राजस्थानले पहिलो खेल चेन्नाईसंग यसै मैदानमा जितेको थियो। उक्त खेलमा राजस्थानले २१६ रन तथा चेन्नाईले २०० रन बनाएको थियो।
दुवै टिममा हुन सक्ने परिवर्तन : निकोलस पुरनको पहिलो २ खेलमा प्रदर्शन खास रहन नसकेपछि तेश्रो खेलमा पन्जाबले क्रिस गेललाई मौका दिन सक्छ। जोस बटलरको आगमन हुने हुँदा चेन्नाई बिरुद्ध खाता नखोली आउट भएका डेभिड मिलर बाहिर हुनसक्छन्।
राजस्थान रोयल्स सम्भावित ११ : यसस्वी जैसवाल, जोस बटलर, संजु स्यामसन ( विकेटकिपर ) स्टिभ स्मिथ ( कप्तान ) , रोबिन उथप्पा, राहुल तेवतिया, टम करन, रियान पराग, श्रेयस गोपाल, जोफ्रा आर्चर, जयदेव उनदकत
किंग्स ११ पन्जाब सम्भावित ११ : केएल राहुल ( विकेटकिपर/कप्तान ) , मायाँक अग्रवाल, क्रिस गेल/निकोलस पुरन, करुण नायर, सरफराज खान, ग्लेन म्याक्सवेल, जिम्मी निशम, मुरुगन आश्विन, शेल्डन कटरेल, रभी बिस्नोइ, मोहम्मद शामी
हेर्न लायक ५ खेलाडीहरु
सन्जु स्यामसन : चेन्नाई बिरुद्ध जितमा शानदार प्रदर्शन गरेका स्यामसनले ३२ बलमा ७४ रन बनाएका थिए भने विकेटकिपिंगमा पनि २ विकेट लिएका थिए। आक्रामक शैलीमा ब्याटिंग गर्ने उनको क्षमता पन्जाब बिरुद्ध दोहोरिए आश्चर्य मानिने छैन।
केएल राहुल : पन्जाब कप्तानले बैंगलोर बिरुद्ध ९७ रनको जितमा ६९ बलमा १३२ रन बनाएका थिए। विकेटकिपर ब्याट्सम्यान तथा कप्तानले दोश्रो खेलमा टिमको कप्तानी गर्ने क्रममा १४ चौका र ७ छक्का हिर्काएका थिए। राहुलबाट सोहि फर्मको अपेक्षा राजस्थान बिरुद्ध पनि गर्न सकिन्छ।
रभी बिस्नोइ : पञ्जाबको पहिलो रोजाईको लेग स्पिनर बनेका रभीले दिल्ली बिरुद्ध १ तथा बैंगलोर बिरुद्ध ३ विकेट लिएका थिए। २० वर्षीय गुगली बलरबाट पन्जाबले पुनः सोहि प्रदर्शनको अपेक्षा गरेको छ।

जोस बटलर : जोस बटलरको क्वारेन्टाइन अवधि सकिएपछि उनि आईपीएल अभियान सुरु गर्दै छन्। इंगलिस विकेटकिपर ब्याट्सम्यानले राजस्थानको लागि इनिंग सुरुवात गर्नेछन् जसको विस्फोटक ब्याटिंग गर्ने क्षमता भनिराख्नु पर्दैन। दायाँ हाते ब्याट्सम्यानको प्रदर्शन उत्कृस्ट रहे राजस्थानले दोश्रो जित दर्ता गर्न सक्छ।
शेल्डन कटरेल : देब्रे हाते पेसरले बैंगलोर बिरुद्ध कप्तान बिराट कोहलीको विकेट सहित २ विकेट लिएका थिए। पुनः सोहि प्रदर्शन र उनको सलुट दोहोरिए आश्चर्य हुनेछैन।
रोचक रेकर्ड
१. राजस्थान रोयल्सका विकेटकिपर ब्याट्सम्यान संजु स्याम्सन १०० छक्का प्रहार गर्न २ छक्का टाढा छन् भने लिगमा विकेटकिपरको रुपमा १००० रन बनाउन ६२ रन टाढा छन्। उनले हालसम्म ९४ खेलमा २८.१८ को औसतमा २२८३ रन बनाइसकेका छन्। लिग इतिहासमा १८ जना खेलाडीले मात्र १०० छक्का पुरा गरेका छन्।
२. रोयल्सका आक्रामक ब्याट्सम्यान जस बट्लर आईपिएलमा १००० रन पुरा गर्न ११४ रन टाढा छन्। चेन्नाई विरुद्धको पहिलो खेल गुमाएका बट्लर दोस्रो खेलमा उपलब्ध हुनेछन्।
३. कप्तान लोकेश राहुल पन्जाबका लागि १५०० रन पुरा गर्न ९५ रन टाढा छन्। उनले पहिलो खेलमा बैंगलोर विरुद्ध १३२ रनको अविजित पारि खेलेका थिए।
४.पन्जाबका ब्याट्सम्यान करुण नायर आईपिएलमा १५०० रन बनाउन मात्र २० रन टाढा छन्।
५. शारजाह मैदानमा पन्जाबले खेलेको २ वटै खेल जितेको छ जसमध्ये एउटा खेल २०१४ मा राजस्थान बिरुद्ध थियो।
विलियमसनले बताए ‘खेल्न तयार छु’, हैदरावाद फ्यानहरुको पनि उही चाहना
रिद्दिमानको सुस्त इनिंगलाई लक्षित गर्दै वार्नरले भने – ‘थोरै बढी आक्रामक हुनुपर्थ्यो’
४ खेलाडी जसले कोलकाताको पहिलो जितमा अहम योगदान दिए