आइपिएलमा सट्टेबाजी खेलाउने ३ भारतीय सहित ७ जना पक्राउ

युएईमा जारी इन्डियन प्रिमियर लिग आइपिएलमा सट्टेबाजी खेलाउने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त, कालिमाटीले सट्टेबाजी खेलाएको आरोपमा आइतबार ६ जनालाई पक्राउ गरेको हो । त्यसमध्ये तीन जना भारतीय रहेको प्रहरीले बताएको छ ।

सोमबार पनि प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत घर भइ कमलपोखरीको कोनार्क इन होटलमा बस्दै आएका कुलदीप शरण, सन्जीव शरण र कानपुर घर भई कुलेश्वर बस्दै आएका अजय गौतम छन् ।

त्यस्तै सिन्धुपाल्चोक घर बताउने प्रदीप घिमिरे, कुलेश्वरका उत्तम सापकोटा र सोल्टीमोडका अनिलकुमार बंसल छन् । पक्राउ परेकाहरूमाथि सोधपुछ गरी सोमबार नविन जैनलाई पनि पक्राउ गरेको हो । पुलिसका अनुसार सट्टेबाजीको अपरेसन भारतबाट भएको र पक्राउ पर्नेहरु एजेन्टहरू हुन् ।

“सट्टेबाजीको अपरेसन भारतबाट हुन्छ। यिनीहरू एजेन्टहरू हुन्।  यहाँको मुख्य एजेन्ट भने कुलदीप शरण हुन्।” प्रहरी नायब उपरीक्षक (डिएसपी) अपिलराज बोहराले जानकारी दिए।

भारत बसेर सट्टेबाजी खेलाउने ओम सरह भन्ने व्यक्ति रहेको बताइएको छ । नेपालमा बसेर सट्टेबाजी खेलाउने मुख्य व्यक्ति कुलदीप शरणले ‘डार्क वेब’ प्रयोग गरेको खुलको छ । उनले अरूलाई पासवोर्ड र युजरनेम दिइ डार्क बेवमा प्रवेश गरी सट्टेबाजी खेलाउने गरेको बताइएको छ ।

त्यस्तै यहाँ लगानी गरी उठेको पैसा सबै भारत पठाउने गरेका थिए । उनीहरूले आइपिएल, बिग ब्यास, क्यारेबियन प्रिमियर लिग, बङ्गलादेश प्रिमियर लिग, लगायतमा पनि सट्टबाजी खेलाउने गरेका थिए ।

उनीहरूबाट मोबाइल, मोटरसाइकल, स्कुटर र एक लाख ८५ हजार १ सय २० रुपैयाँ पनि बरामद भएको छ । प्रहरीले उनीहरूमाथि थप अनुसन्धान गरिरहेको डिएसपी बोहराले जानकारी दिए।

आईपीएलमा सट्टेबाजी खेलाउने तीन जना पक्राउ

IPL : ताजा अंकतालिका, अरेन्ज र पर्पल क्यापमा को-को छन् अघि

सिद्धार्थ रङ्गशाला १० वर्षमा १० प्रतिशत काम

IPL : हैदरावादसंग खेलपछि तेवतियाले कसलाई ठड्याए औंला, जान्नुस विवादको कारण

रोमान्चक खेलमा दिल्लीलाई पराजित गर्दै मुम्बई शिर्षस्थानमा

छक्का हान्दै राजस्थानलाई जिताएपछि परागको रोचक नृत्य, खेलपछि बताए रहस्य





थप समाचार

एमएम कप : कोशी प्रदेशसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लब विरुद्ध एकदिवसीय राष्ट्रिय प्रतियोगितामा ऐतिहासिक पहिलो जित दर्ता गर्दै कोशी प्रदेशले एमएम कप एकदिवसीय राष्ट्रिय […]

वैभवको शानदार शतकमा राजस्थान विजयी

काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सले जित हात पारेको छ। राजस्थानका युवा खेलाडी वैभव सूर्यवंशी र जयसवालले शानदार […]

नरेन चम्किंदा आर्मी एमएम कपको फाइनलमा

विभागीय टोलि त्रिभुवन आर्मी क्लब बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको तेश्रो संस्करणको फाइनल प्रवेश गरेको छ। डिफेन्डिङ च्याम्पियन […]

दिल्लीलाई हराउँदै बैंग्लुरु शीर्ष स्थानमा उक्लियो

काठमाडौं । रोयल च्यालेन्जर्स बैंग्लुरुले आइतबार दिल्ली क्यापिटल्समाथि ६ विकेटको सानदार जित हात पार्दै यस सिजनको आईपीएल तालिकाको शीर्ष स्थानमा […]

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]