आईपीएलमा सट्टेबाजी खेलाउने तीन जना पक्राउ

विराटनगर । क्रिकेटको चर्चित टी-२० श्रृंखला इन्डियन प्रिमियर लिग (आईपीएल) खेलमा हुने जितहारको विषयलाई अनलाइनमार्फत बोलकबोल गराइ सट्टेबाजी खेलाउने तीन जना पक्राउ परेका छन्।

अनलाइनमार्फत जुवा वा सट्टेबाजी खेलाउने कार्य भइरहेको भन्ने प्राप्त विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले विराटनगरबाट तीन जनलाई पक्राउ गरेको हो।

विराटनगर महानगरपालिका- १५ बस्‍ने वर्ष ३८ को मुन्‍ना भन्ने सत्यजित साहलाई घरमा निजले आफ्नो मोबाइल फोनमार्फत आईपीएल खेल हार्ने वा जित्‍ने भनी अनलाइन सट्टेबाजी गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

यसैगरी अनुसन्धान गर्दा अरु पनि पक्राउ परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानवबहादर राईले जानकारी दिएका छन् । राईले भने,“उनीहरुविरुद्ध जुवा वा सट्टेबाजी खेल मुद्दा अन्तर्गत थप अनुसन्धान भइरहेको छ ।”

साहसँगै पक्राउ पर्नेमा विराटनगर महानगरपालिका – १७ रानी बस्ने वर्ष ४२ को जगदिश साह र सोही ठाउँका वर्ष ३८ का बैजनाथ साह रहेका छन्।

प्रहरीले सत्यजित साहको साथबाट निलो रंङको सामसुङ कम्पनीको मोबाइल, नेपाली दरका विभिन्‍न रुपैयाँ रु. ६० हजार र एक थान ल्यापटप बरामद गरेको छ ।

जगदिश साहको साथबाट सामसुङ कम्पनीको मोबाइल र आर -१५ मोटरसाइकल तथा बैजनाथ साहको साथबाट पनि मोबाइल बरामद भएको प्रहरीको भनाइ छ । दुबइमा जारी आईपीएल खेलमा क्लबहरुको जित-हारको विषयमा रकम बोलकबोल गरी सट्टेबाजी गर्ने गरिएको डीसपी राईले बताए ।

सिद्धार्थ रङ्गशाला १० वर्षमा १० प्रतिशत काम

ब्राभो र रायडु खेल्न फिट छन् ? चेन्नाईका सीईओले दिए अपडेट

“जब म्यान अफ द म्याच हुन्थे वहाँ सधै मसंग राति कुरा गर्नुहुन्थ्यो”





थप समाचार

एमएम कप : कोशी प्रदेशसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लब विरुद्ध एकदिवसीय राष्ट्रिय प्रतियोगितामा ऐतिहासिक पहिलो जित दर्ता गर्दै कोशी प्रदेशले एमएम कप एकदिवसीय राष्ट्रिय […]

वैभवको शानदार शतकमा राजस्थान विजयी

काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सले जित हात पारेको छ। राजस्थानका युवा खेलाडी वैभव सूर्यवंशी र जयसवालले शानदार […]

नरेन चम्किंदा आर्मी एमएम कपको फाइनलमा

विभागीय टोलि त्रिभुवन आर्मी क्लब बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको तेश्रो संस्करणको फाइनल प्रवेश गरेको छ। डिफेन्डिङ च्याम्पियन […]

दिल्लीलाई हराउँदै बैंग्लुरु शीर्ष स्थानमा उक्लियो

काठमाडौं । रोयल च्यालेन्जर्स बैंग्लुरुले आइतबार दिल्ली क्यापिटल्समाथि ६ विकेटको सानदार जित हात पार्दै यस सिजनको आईपीएल तालिकाको शीर्ष स्थानमा […]

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]