युएईमा जारी १३ औं संस्करणको आईपिएल अन्तर्गत मंगलबार २९ औं खेलमा डेभिड वार्नरको कप्तानीमा रहेको सनराइजर्स हैदराबाद र महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नाई सुपर किङ्ग्सबीच प्रतिस्पर्धा हुदैँछ। खेल नेपाली समय अनुसार रातिको ७:४५ बजे दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा सुरु हुनेछ।
यस अघि ५ खेलमा ४ अकं बटुल्दै हैदराबाद अंकतालिकाको पाचौं स्थानमा छ तथा ७ खेल खेलेको चेन्नाई ४ हार र २ जितपछि सातौं स्थानमा छ। हैदराबाद आजको खेलमा जित हात पार्दै चौथौं स्थानमा उक्लन चाहन्छ। यस्तै, खराब लयमा रहेको चेन्नाई महत्वपुर्ण २ अंक हासिल गर्दै तालिकामा अघि बढ्न चाहन्छ।
हैदराबाद :- कप्तान वार्नर र जोनि बेयरस्टोको ओपनिंग साझेदारी हैदराबादको लागि महत्वपूर्ण रहने गर्छ जसले हालसम्म सन्तोषजनक प्रदर्शन गरिरहेका छन्। टप अर्डरमा निकै निर्भर रहेको हैदराबाद आगामी खेलमा यी दुई विस्फोटक ब्याट्सम्यानबाट खास प्रदर्शन चाहन्छ। पाएको सुरुवातलाई मनिष पाण्डे ठूलो स्कोरमा परिणत गर्न चाहन्छन् जुन हैदराबादको लागि महत्त्वपूर्ण हुनेछ। केन विलियमसनको आगमनसंगै मिडल ओभरमा अनुभवको कमि खल्ने छैन। अभिषेक शर्मा र प्रियम गर्ग जस्ता युवा खेलाडीको प्रदर्शनमा हैदरावाद स्थिरता चाहन्छ। पछिल्लो खेलमा राजस्थान विरुद्ध ५ विकेटको अपत्यारिलो हार बेहोरेको हैदराबाद सोही गल्ति पुन: दोर्याउन चाहदैन।
बलिंगतर्फ भेट्रान तिव्र गतिका बलर भुवनेश्वर कुमारको अनुपस्थिती रहेता पनि खलिल अहमद, सन्दिप शर्मा र टि नटराजनले राम्रो प्रदर्शन गरेका छन्। राशिद खान उत्कृस्ट लयमा छन्। किफायती बलिंगसंगै महत्त्वपूर्ण विकेट लिएका राशिदले विपक्षी टोलिको मिडल अर्डरमा दबाब सिर्जना गर्नुपर्ने हुन्छ। मिडल ओभरमा राशिदको साथ दिन गुणस्तरीय भारतिय स्पिनरको कमि रहेको देखिन्छ।
चेन्नाई :- पछिल्लो खेलमा बैंगलोर विरुद्ध ३७ रनको नमिठो हार बेहोरेको चेन्नाई निर्णायक मोडमा आएर चुक्दा हार भोग्नु परिरहेको छ। चेन्नाईको ब्याटिंग आफ्नो टप अर्डरमा निकै निर्भर छ। फाफ डु प्लेसिस, शेन वाट्सन र अम्बाति रायडु राम्रो लयमा छन् जसको प्रदर्शनमा स्थिरता हुनु आवस्यक छ। चेन्नाईका ओपनरद्वय वाट्सन र फाफले पावरप्लेको फाइदा उठाउदै टिमलाई विस्फोटक सुरुवात दिलाउनु पर्ने हुन्छ। मिडल ओभरमा कुनै ब्याट्सम्यानले आक्रामक पारी खेल्न नसक्दा चेन्नाईको हातबाट खेल चिप्लीरहेको छ। कप्तान धोनीको विस्फोटक ब्याटिंग देख्न बाकीं रहेको छ। पछिल्लो खेलमा जगदिशनले ३३ रन बनाउदै प्रभावशाली प्रदर्शन गरेका थिए जुन चेन्नाईको लागि सुखद पक्ष हो।
चेन्नाईको बलिंग राम्रो रहे पनि अझै सुधार गर्नुपर्ने ठाउँ छ। लेग स्पिनर कर्न शर्माको प्रदर्शन राम्रो रहेको छ। शार्दुल ठाकुरले प्रशंसनीय प्रदर्शन गरेका छन्। उनले किफायती बलिंग गर्नु साथै महत्त्वपूर्ण विकेट लिएका छन्। साम करन जस्तो युवा बलरले सुरुवाती खेलहरुमा राम्रो गरेता पनि त्यसलाई निरन्तरता दिन सकेका छैनन्। दिपक चहारले नयाँ बलबाट विकेट लिएका छन्।
पछिल्लो भेट :- जारी सिजन यी दुई टोलिबीच आज दोस्रो पटक प्रतिस्पर्धा हुँदैछ। लिगको १४ औं खेलमा चेन्नाई र हैदराबादबीच प्रतिस्पर्धा भएको थियो जसमा हैदराबादले ७ रनको साँघुरो जित दर्ता गरेको थियो। प्रियम गर्गको ५१ रनको अविजित पारीको मद्दतमा हैदराबादले पहिले ब्याटिंग गर्दै १६५ रनको विजयी लक्ष्य प्रस्तुत गरेको थियो जुन पछ्याउने क्रममा चेन्नाईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १५७ रन बनाउन सकेको थियो। रविन्द्र जडेजाले अर्धशतकिय तथा कप्तान धोनीले ४७ रनको अविजित पारी खेलेका थिए।
हेड टु हेड :- हालसम्म यी दुई टोलिबीच कुल १३ पटक प्रतिस्पर्धा भएको छ जसमध्ये चेन्नाई ९ र हैदराबाद ४ खेलमा विजयी भएको छ। गत सिजन दुबै टोलिले समान १-१ खेल जितेका थिए। दुबै टोलिले ६ विकेटको जित हात पारेको थिए।
खेल हुने मैदान :- हालसम्म दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा १२ खेल खेलिएको छ। चेन्नाईले पछिल्लो खेल बैंगलोर विरुद्ध यसै मैदानमा खेलेको थियो भने हैदराबादले पनि पछिल्लो खेल राजस्थान विरुद्ध यसै मैदानमा प्रतिस्पर्धा गरेको थियो।
पहिलो इनिंग औसत योगफल : १७९ (जारी प्रतियोगितामा), चेज गर्दाको रेकर्ड : जित-२, हार-८, बराबरी-२
टिममा हुन सक्ने परिवर्तन :-
चेन्नाई :- खराब लयमा रहेको चेन्नाईले बैंगलोर विरुद्ध खेलेको टिमलाई मैदान उतार्न सक्छ। पछिल्लो खेलमा जगदिशनको प्रदर्शन सन्तोषजनक रहेको कारण उनले निरन्तरता दिनसक्छन्। जगदिशनले वाट्सनसंग ओपनिंग गर्नसक्छन्। फाफले १ नम्बरमा ब्याटिंग गर्दा रायडुले २ नम्बरमा गर्नेछन्। अन्यथा, इमरान ताहिर जस्ता विश्व चर्चित लेग स्पिनरको विकल्प रहेता पनि चेन्नाईले परिवर्तन नगर्न सक्छ।
चेन्नाईको सम्भावित अन्तिम ११ :- शेन वाटसन, फाफ डुप्लेसिस, अम्बाती रायडु, जगदिशन नारायण , महेन्द्र सिंह धिनी, स्याम करन, रविन्द्र जडेजा, ड्वेन ब्राभो, दिपक चहार, शार्दुल ठाकुल, कर्न शर्मा
हैदराबाद :- पछिल्लो खेलमा हैदराबादको मुखबाट राजस्थानले जित खोसेको थियो। सन्तुलित देखिएको हैदराबादले परिवर्तन नगर्ने सम्भावना रहेको छ।
हैदरावादको सम्भावित ११ : डेभिड वार्नर ( कप्तान ), जोनी बेयरस्टो ( विकेटकिपर ), मनिष पाण्डे, केन विलियमसन, प्रियम गर्ग, अभिषेक शर्मा, विजय शंखर, राशिद खान, सन्दिप शर्मा, खलिल एहमद, टि नटराजन
हेर्न लायक ४ खेलाडी :-
डेभिड वार्नर :- हैदराबाद कप्तान डेभिड वार्नर जारी सिजन राम्रो लयमा छन्। उनले पछिल्लो खेलमा राजस्थान विरुद्ध ३८ बलमा ४८ रन बनाएका थिए।
मनिष पाण्डे :- मनिष पाण्डेले पछिल्लो खेलमा राजस्थान विरुद्ध ४४ बलमा ५४ रनको पारी खेलेका थिए।
शार्दुल ठाकुर :- चेन्नाईका तिव्र गतिका बलर शार्दुल ठाकुर जारी सिजन राम्रो लयमा छन्। सुरुवाती खेलहरुमा मौका नपाएका शार्दुलले पछिल्ला केही खेलहरुमा प्रभावशाली बलिंग प्रदर्शन गरेका छन्। बैंगलोर विरुद्ध उनले ४ ओभरमा ४० रन खर्चिएर २ महत्त्वपूर्ण विकेट लिएका थिए।
जग्द्देसन नारायण :- पछिल्लो खेलमा बैंगलोर विरुद्ध जारी सिजन आफ्नो पहिलो खेल खेलेका जग्द्देसनले आफ्नो छाप छाड्न सफल भएका थिए। २८ बलमा ३३ रन बनाउदै उनी दुर्भाग्यपूर्ण रुपले रन आउट भएका थिए।
रोचक रेकर्ड :-
१. आईपिएलमा ५००० रन पूरा गर्नबाट वार्नर १९ रन टाढा छन्। लिगमा सुरेश रैना, बिराट कोहली र रोहित शर्माले मात्र ५००० रन बनाइसकेका छन्।
२. हैदराबादका लागि ५० छक्का प्रहार गर्नबाट केन विलियमसन ३ छक्का टाढा छन्।
३. चेन्नाईका लागि २००० रन बनाउनबाट फाफ डुप्लेसिस ५४ रन टाढा छन्।
कोहलीले डी भिल्लीयर्सलाई यस कारण माने “सुपर म्यान”
IPL : बैंगलोर बिरुद्ध कोलकाताले सुनिल नारायणलाई किन खेलाएन
कोलकाता बिरुद्ध विशाल जित दर्ता गर्दै बैंगलोर तेश्रो स्थानमा उक्लियो
दिल्लीलाई अर्को झट्का, इशान्त शर्मा पनि लिगबाट बाहिरिए
आइपिएलमा सट्टेबाजी खेलाउने ३ भारतीय सहित ७ जना पक्राउ