IPL : स्टेनको नाममा छ आईपीएलमा सबैभन्दा तिब्र गतिको बलिंगको रेकर्ड, जान्नुस कति थियो गति

आईपिएलको १३ औं संस्करण सेप्टेम्बर १९ देखि युएईमा सुरु हुँदैछ। आईपीएल त्यस्तो मंच हो जहाँ ब्याट्सम्यान होस् या बलरहरु सबैलाई आफ्नो ट्यालेन्ट देखाउने भरपुर अवसर मिल्ने गर्छ। अर्थात् फेरी पनि ब्याट्सम्यान र बलरको उत्कृस्ट प्रदर्शनको मजा लिने बेला आएको छ। आईपिएलको स्टेजमा थुप्रै तिव्र गतिका बलरहरुले आफ्नो तेज गतिले ब्याट्सम्यानलाई सताएको देख्न पाइन्छ। लिगमा विश्वभरक एकसेएक तिब्र गति बलरहरु खेल्नेहरु आफ्नो दम देखाउने गर्छन्। तर, के तपाईलाई थाहा छ आईपीएलको १२ वर्षे इतिहासमा सबै भन्दा तेज बलिंग गर्ने रेकर्ड कसको नाममा छ।

डेल स्टेनले २०१२ मा बैंगलोर बिरुद्ध आईपीएलको सर्वाधिक तीब्र गतिको बल फालेका थिए

आईपीएल इतिहासमै सर्वाधिक गतिको बलिंग गर्ने कीर्तिमान दक्षिण अफ्रिकी फास्ट बलर डेल स्टेनको नाममा रहेको छ। ‘स्टेन-गन’ उपनामले समेत परिचित स्टेनले २०१२ को सिजनमा उक्त बल गरेका थिए। डेक्कन चार्जर्सको प्रतिनिधित्व गर्ने क्रममा उनले रोयल च्यालेन्जर्स बैंगलोर विरुद्ध १५४.४० प्रति/घण्टा गतिको बल गरेका थिए। उनको उक्त रेकर्ड १३ औं संस्करणको आईपिएल समाप्त हुदासम्म कसैले तोड्न सकेका छैनन्। स्टेनले २०१३ को सिजनमा पनि सनराइजर्स हैदराबादको प्रतिनिधित्व गर्ने क्रममा १५२.४८ को गतिमा बलिंग गरेका थिए। उनले २०१४ को सिजनमा पनि १५२.४४ को गतिमा बलिंग गरेका थिए। यो सिजन स्टेन आईपीएलमा बिराट कोहली कप्तानीको बैंगलोरबाट खेल्नेछन्।

स्टेन पछि सबैभन्दा तिब्र गतिमा आईपीएलमा बलिंग दिल्ली क्यापिटल्सका दक्षिण अफ्रिकी बलर कागीसो रबाडाले गरेका थिए। उनले १५४.२३ किलोमिटर/प्रति घण्टाको रफ्तारमा गत सिजन कोलकाता नाइट राइडर्स बिरुद्ध बल फालेका थिए। उक्त बल योर्कर थियो जसमा आन्द्रे रसेल बोल्ड भएका थिए। आईपीएलमा तेश्रो सबैभन्दा तेज बल पनि कागीसो रबाडाले १५३.९१ को रफ्तारमा फालेका थिए।

कागीसो रबाडा

यस्तै चौथो सबैभन्दा तेज बलिंग २०१७ को सिजनमा प्याट कमिन्सले १५३.५६ किमी/घण्टाको गतिमा फालेका थिए। यस्तै पाँचौ तेज बलिंग पनि कागीसो रबाडालेनै १५३.५० किमी/घण्टाको गतिमा गत सिजननै गरेका थिए।

आईपिएल इतिहासकै ५ सबैभन्दा तिब्र गतिको बलिंग :-

डेल स्टेन – १५४.४० किलोमिटर/घण्टा

कागिसो रबाडा – १५४.२३ किलोमिटर/घण्टा

कागिसो रबाडा – १५३.९१ किलोमिटर/घण्टा

प्याट कमिन्स – १५३.५६ किलोमिटर/घण्टा

कागिसो रबाडा – १५३.५० किलोमिटर/घण्टा

यो पनि पढ्नुस :-

बिग ब्यास टिममा लिन स्टुवार्ट म्याकगिलको सिफारिसले सुनम उत्साहित

नेपाली टिमको मुख्य प्रशिक्षक सहित १० पदको लागि क्यानद्वारा आवेदन माग

लंका प्रिमियर लिगको मिति घोषणा

“कोहि पनि ठोस कारण बिना २० करोड छोडेर हिड्दैन” – सुरेश रैना

IPL : सबैभन्दा सफल बलर मलिंगाले आईपीएल नखेल्ने, अस्ट्रेलियन बलरले प्रतिस्थापन गर्ने

IPL 2020 : पर्पल क्याप जित्न सक्ने ५ बलर

IPL 2020 : सर्वोत्कृष्ट बलिंग आक्रमण भएको ३ टोली





थप समाचार

एलपीएल : घोडाघोडी क्रिकेट एकेडेमी र शुक्लाफांटा ब्ल्याकबक्स फाउन्डेसन विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत तेश्रो दिन सम्पन्न दुई खेलमा घोडाघोडी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : धनगढी क्रिकेट एकेडेमी र धनगढी स्पोर्ट्स क्लब विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा धनगढी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : आयोजकको विजयी सुरुवात

कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आइतबारबाट सुरु भएको लिटल फ्लावर प्रिमियर लिग (एलपिएल)मा लिटल फ्लावर बोर्डिङ्ग स्कूलले विजयी सुरुवात गरेको […]

नेपाली क्रिकेटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान

राष्ट्रिय टिमका ओपनर ब्याटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान गरेका छन् । उनी अष्ट्रेलियन क्लबस्तरीय क्रिकेटका लागि अष्ट्रेलिया गएका हुन् । […]

केपी ओली कप : एपीएफलाई हराउदै मधेश प्रदेश फाइनलमा, उपाधिको लागि आर्मीसंग खेल्ने

विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ ) लाई पराजित गर्दै मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको […]

गुल्सनलाई समेट्दै यू-१९ एसिया कप खेल्ने नेपाली टोलीको घोषणा

सिनियर राष्ट्रिय टिमका अलराउन्डर गुल्सनकुमार झालाई समेट्दै यू–१९ एसिया कपका निम्ति नेपाली टिमको घोषणा भएको छ । युनाइटेड अरब इमिरेट्स […]