IPL : स्टोक्स खेल्छन् कि खेल्दैनन् ? यसो भन्छन् राजस्थानका प्रशिक्षक

आईपीएल २०२० को सुरुवात १९ सेप्टेम्बर देखि युएईमा सुरु हुँदैछ। लिगमा सहभागी हुन् भारत बाहिरका खेलाडीहरु युएई पुगीरहेका छन्। अस्ट्रेलिया र इंग्ल्यान्ड बीच जारि वानडे सिरिज पछि दुइ देशका खेलाडीहरु पनि लिग खेल्न आइपुग्नेछन्। यसै बीच इंग्ल्यान्डका स्टार अल-राउण्डर बेन स्टोक्स भने आईपीएल २०२० को हिस्सा हुनेछन् या छैनन् भने अझै थाहा हुनसकेको छैन।

स्टोक्स राजस्थान रोयल्स ( Rajasthan Royals ) टिममा छन्। टिमका प्रशिक्षक एन्ड्रु म्याकडोनाल्डले मंगलबार बताएका छन् कि अझै पनि स्टोक्स खेनेछन् या छैनन् थाहा हुन सकेको छैन। स्टोक्सलाई राजस्थानले १२.५ करोड भारु ( २० करोड नेपाली रुपैयाँ ) मा टिममा लिएको थियो।

गत वर्ष इंग्ल्यान्डलाई वानडे विश्वकप जिताउदा नायक बनेका स्टोक्स कठिन समयबाट गुज्रीरहेका छन्। आफ्नो पितालाई ब्रेन क्यान्सर भएपछि उनि गत महिना पाकिस्तानसंग टेस्ट सिरिज बीचमा छोडेर इंग्ल्यान्डबाट न्युजिल्यान्ड प्रस्थान गरेका थिए।

म्याकडोनाल्डले इएसपीएनक्रिक्इन्फोलाई बताए – “सबैभन्दा पहिले यो जरुरि छ कि हाम्रो समवेदना उनको परिवारको साथ छ। यो मुस्किल परिस्थिति हो त्यसैले हामि उनलाई चाहे जति समय दिईरहेका छौँ।” उनले बताए -“स्टोक्सको स्थिति अझै पनि के छ थाहा छैन तर एक पटक कुरा प्रस्ट भएपछि हामि फैसला लिनेछौँ। अहिल्यै उनले के गर्नेछन् अनुमान लगाउन सक्दैनौ।”

आईपीएल इतिहासमा कुल ३४ खेल खेल्ने क्रममा स्टोक्सले २२.६७ को औशतले ६३५ रन बनाएका छन् भने २२.५७ को स्ट्राइक रेटले २६ विकेट पनि लिएका छन्। गत सिजन उनले ९ खेलमा १२३ रन बनाउनुको साथै ६ विकेट लिएका थिए।

राजस्थान प्रशिक्षक एन्ड्रु म्याकडोनाल्ड

युएई पुगेपछि खेलाडीहरुले अनिवार्य ६ दिन क्वारेन्टाइनमा बस्नुपर्ने र २ वटा कोभिड-१९ टेस्टमा पनि रिपोर्ट नेगेटिभ आएपछि मात्र खेलाडीहरु टिमसंग जोडिन पाउने नियम रहेको छ। त्यसैले स्टोक्सले कम्तिमा लिगको पहिलो चरणको खेल गुमाउने निश्चित जसो मानिएको छ।

राजस्थानका कप्तान स्टिभ स्मिथ अस्ट्रेलिया र इंग्ल्यान्ड बीच जारि एकदिवसीय सिरिज अन्तर्गत पहिलो दुइ खेल नखेलेकोमा भने म्याकडोनाल्ड चिन्तित छैनन्-

“मलाई लाग्छ उनको सोच स्पस्ट छ। उनलाई थोरै समय आवस्यक छ। टाउकोमा चोट पछि पहिलो र दोश्रो वानडे बीचमा निकै थोरै समय थियो त्यसैले जोखिम नलिएको हुनुपर्छ। आशा छ कि बुधबार ( तेश्रो वानडे ) उनि मैदानमा देखिनेछन्।”

पछिल्लो वर्ष टिमको मुख्य प्रशिक्षक चुनिएका म्याकडोनाल्डले आफ्नो पहिलो आईपीएलमा युवा खेलाडीको बलमा राम्रो नतिजाको अपेक्षा रहेको छ-

“हामीले आफ्नो बायाँ हाते ब्याट्सम्यानहरुलाई बलियो बनाएका छौँ। खास गरि अनुज रावत र यशस्वि जयसवाल जस्ता घरेलु खेलाडीको रुपमा हामिसंग राम्रो बिकल्प रहेको छ। अनुभवी डेभिड मिलरसंग शानदार फिनिसिङ कौशल छ।”

१३ औं आईपीएलमा राजस्थान रोयल्सले पहिलो खेल चेन्नाई सुपर किंग्स बिरुद्ध सेप्टेम्बर २२ तारिखमा खेल्दैछ। त्यसपछि दोश्रो खेल सेप्टेम्बर २७ तारिखमा किंग्स-११ पन्जाबसंग खेल्नेछ।  लिगको उद्घाटन खेलमा सेप्टेम्बर १९ मा चेन्नाई र डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डीएन्सले प्रतिस्पर्धा गर्नेछन्।

आईपीएल २०२० मा राजस्थान रोयल्स टिम :- स्टिभ स्मिथ ( कप्तान ) जोस बटलर, मनन वोहरा, रियान पराग, संजू स्यामसन, शशांक सिंह, बेन स्टोक्स, महिपाल लोमरोर, अंकित राजपूत, जोफ्रा आर्चर, मयंक मारकन्डे, राहुल तेवतिया, श्रेयस गोपाल, वरुण एरोन, जयदेव उनदकट, यशस्वी जयसवाल, रोबिन उथाप्पा, कार्तिक त्यागी, आकाश सिंह, अनुज रावत, अनिरुद जोशी, डेभिड मिलर, ओशेन थोमस, एन्ड्रु टाइ र टम करन ।

यो पनि पढ्नुस :-

गौतम गम्भीरको विश्लेषण- पहिलो खेलमा चेन्नाई भन्दा मुम्बईको ‘हात माथि’

IPL : सबैभन्दा धेरै छक्का प्रहार गर्ने ६ खेलाडी

फिक्सिंग आरोपमा दुइ युएई क्रिकेटर आईसीसीद्वारा निलम्बित

IPL 2020 : कस्तो छ धोनीको टिम चेन्नाई सुपर किंग्स

विदेशी लिगमा सन्दिपको १० व्यक्तिगत कीर्तिमान

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy