१९ सेप्टेम्बर देखि युएईमा आयोजना हुनेछ आईपीएल

बहुप्रतिक्षित इन्डियन प्रिमियर लिग ( आईपीएल ) को १३ औं संस्करण सेप्टेम्बर १९ देखि युनाइटेड अरब इमिरेट्स ( युएई ) मा सुरु हुने भएको छ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड ( बिसीसीआई ) श्रोतलाई उधृत गर्दै प्रेस ट्रस्ट अफ इन्डियाले आईपीएल सेप्टेम्बर १९ देखि नोभेम्बर ८ सम्म आयोजना हुने बताएको हो। खेलहरु दर्शक विहिन मैदानमा आयोजना हुने बताईएको छ।

तथापी आईपीएलको अधिकारिक रुपमा मिति घोषणा भने भएको छैन। आईपीएल बारे महत्वपूर्ण घोषणाहरु आगामी साता आईपीएलको गभर्निंग काउन्सिलको बैठकले गर्नेछ जसलेनै उक्त मितिलाई मान्यता दिनेछ। यो बुझिएको छ कि बिसीसीआईले आईपीएल गर्ने योजना बारे टिमहरुलाई भने जानकारी गरिसकेको छ।

“आईपीएल सम्भवत: सेप्टेम्बर १९ देखि नोभेम्बर ८ सम्म हुनेछ। ५१ दिन चल्ने प्रतियोगिता फ़्रेन्चाइज्, प्रशारक तथा अन्य सरोकारवालाहरुलाई पनि अनुकुल हुनेछ।” एक बिसीसीआई अधिकारीले बताए।

आईसीसीले अस्ट्रेलियामा अक्टोबर-नोभेम्बर मा हुने टि-२० विश्वकप सार्ने निर्णय गरेपछि आईपीएलले आयोजना गर्ने ठाउँ पाएको हो। अस्ट्रेलियाले कोभिड-१९ महामारीका बीच प्रतियोगिता आयोजना गर्न नसक्ने बताएको थियो।

आईपीएलको १३ औं संस्करण युएईमा आयोजना हुनेछ

यस अघि आईपीएल सेप्टेम्बर २६ देखि सुरु हुनसक्ने बताईएको थियो तर आईपीएल पछि भारतीय क्रिकेट टिमको अस्ट्रेलिया टुरलाई मध्यनजर राखेर मिति अघि सारिएको हो।

“अस्ट्रेलिया सरकारको नियमानुसार भारतीय टिम अस्ट्रेलिया टुर अघि अनिवार्य १४ दिन क्वारेन्टिनमा बस्नेछ। त्यसैलाई मध्यनजर राखेका हौँ।”

“५१ दिन प्रतियोगिता आयोजना गर्दा निकै कम दिन मात्र एकै दिन दुइ वटा खेल ( डबल हेडर) हुनेछ। हामि पहिले जस्तै सात हफ्तामा मात्र ५ वटा डबल हेडर आयोजना गर्नेछौ।” श्रोतले बतायो

यो बताईएको छ कि सबै टिमलाई तयारी गर्नको लागि १ महिनाको समय आवस्यक रहन्छ त्यसैले अगस्ट २० वरपर टिमहरु युएई प्रस्थान गर्नेछन्। जसले गर्दा टिमले ४ हफ्ता तयारी गर्ने मौका पाउनेछन्।





थप समाचार

पीएम कपमा ललितकाे १०० विकेट पूरा

काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा पुलिसका स्पिनर ललित राजवंशीले १०० विकेट पूरा गरेका छन्। उनी प्रधानमन्त्री कपमा […]

अपराजित रहँदै पुलिस पीएम कपको फाइनलमा

काठमाडौं। कर्णाली प्रदेशमाथि सानदार जित दर्ता गर्दै विभागिय टोली नेपाल पुलिस क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा […]

लखनऊमाथि दिल्लीको रोमाञ्चक जित

काठमाडौँ । आशुतोष शर्माको अर्धशतकको मद्दतमा दिल्ली क्यापिटल्सले लखनऊ सुपर जायन्ट्समाथि रोमाञ्चक जित हासिल गरेको छ। विशाखापट्टनममा सम्पन्न खेलमा २१० […]

गण्डकी सुपर ओभरमा विजयी

काठमाडौं । गण्डकी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध सुपर ओभरमा विजयी भएको छ। सिद्धार्थ क्रिकेट […]

दिल्ली र लखनउ भिड्दै

काठमाडौँ । १८औँ संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) मा आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्स प्रतिस्पर्धा गर्दैछन्। विषाखापटनमा यी […]

मुम्बईविरूद्ध चेन्नईको जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको आइतबारको दोस्रो खेलमा मुम्बई इण्डियन्सविरुद्ध चेन्नई सुपर किंग्सले जित निकालेको छ। आईपीएलको १८औं […]