IPL 2020 : कस्तो छ डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डीएन्स टिम

इन्डियन प्रिमियर लिग (आईपिएल) को साविक विजेता मुम्बई इन्डियन्स इतिहासकै सर्वाधिक सफल टिम हो। रोहित शर्माको नेतृत्वमा रहेको मुम्बईले २०१३,१५,१७ र १९ को सिजनमा गरेर सर्वाधिक ४ पटक आईपिएल उपाधी जितेको छ। महत्वपूर्ण खेलमा राम्रो प्रदर्शन गर्न माहिर मुम्बईले पछिल्लो ७ सिजन मध्ये ४ सिजन उपाधि आफ्नो बनाएको छ। यो पटक पनि टिम उपाधि जित्ने त्यही भोकका साथ अघि बढ्नेछ।

रोहित र उनको कप्तानी

रोहित शर्माको शान्त र चतुर्याइँपूर्ण नेतृत्व टिमको बलियो पक्ष छदैछ जो उत्कृस्ट ब्याट्सम्यान पनि हुन्। रोहितकै कप्तानीमा टिमले ४ पटक लिग उपाधि जितिसकेको छ। लिगकै सफल कप्तान रोहितले कुल १०४ खेलमा टिमको कप्तानी गर्दा ६० जित दिलाएका छन् भने ४२ खेलमा हार र २ खेल बराबरी रहेको थियो।

ओपनिंग ब्याटिंगमा रोहित र डीककको उपस्थिति अर्को बलियो पक्ष हो। दुवै सेतो बल क्रिकेटको उत्कृस्ट ब्याट्सम्यानहरु मध्येका हुन्। रोहितले आईपीएलमा ३१.६ को औशत र १३०.८२ को स्ट्राइक रेटमा ४ हजार ८ सय ९८ रन बनाईसकेका छन्। दक्षिण अफ्रीकाकै उत्कृस्ट क्रिकेटर चुनिएका डीककले आईपीएलमा ३०.३३ को औशत र १३१.२९ को स्ट्राइक रेटमा १,४५६ रन बनाएका छन्।

आक्रामक ब्याट्सम्यानहरु 

रोहित शर्मा नेतृत्वको टिममा रोहित आफै बाहेक ठूला सट खेल्न सक्ने भारतीय अलराउण्डर हार्दिक पान्ड्या, वेस्टइन्डिज अल राउण्डर  काइरन पोलार्ड, अस्ट्रेलियन आक्रामक ब्याट्सम्यान क्रिस लिन, दक्षिण अफ्रिकी विकेटकिपर ब्याट्सम्यान क्विन्टन डिकक जस्ता खेलाडीहरु छन्। सबै खेलाडीहरु जुनसुकै टिम बिरुद्ध ठूलो योगफल बनाउने क्षमता राख्नेगर्छन्। काइरन पोलार्ड उत्कृस्ट लयमा छन् जो भर्खरै सम्पन्न सिपिएल टि-२० मा प्रतियोगिताकै उत्कृस्ट खेलाडी चुनिएका थिए। तल्लो मध्यक्रममा पोलार्ड र हार्दिक पान्ड्या ठूला सटहरु खेल्ने क्षमता राख्ने गर्छन्। लिगमा पोलार्डको स्ट्राइक रेट १४६.७८ रहेको छ।


घातक बलिंग  

स्टार भारतीय बलर जस्प्रित बुम्राहको नेतृत्वमा रहेको टिमको बलरहरु बिपक्षी टिमको ब्याटिंग लाइन अप तहसनहस पार्न माहिर छन्। लासिथ मालिंगाको अनुपस्थितिका बाबजुद टिमको फास्ट बलिंग पक्ष बलियो छ। मलिंगाले व्यक्तिगत कारण देखाउदै नाम फिर्ता लिएका थिए।

टिमको फास्ट बलिंग पक्ष मजबुत रहेको छ

बुम्राहपछि बलिंग आक्रमणमा न्युजिल्यान्ड फास्टबलरद्वय ट्रेन्ट बोल्ट र मिचेल म्याक्लेनघन रहेका छन् जो सुरुवाती र डेथ ओभरमा उत्कृस्ट बलिंग गर्न सक्छन्। यस्तै अस्ट्रेलियन फास्ट बलर जेम्स प्याटिन्सन र नाथन कोल्टर नाइल तथा हार्दिक पान्ड्याको उपस्थितिले फास्ट बलिंग लाइन-अप बलियो बनाउछ। यस्तै भारतीय अनुभवी बलर धवल कुल्कर्नी पनि लाइन अपमा रहंदा स्पिन आक्रमणमा राहुल चाहर, क्रुनाल पान्ड्या र जयन्त यादव जस्ता बलर रहेका छन्।

कमजोर पक्ष 

रोहितको टिममा राम्रो स्पिन बलरको भने कमि देखिएको छ। युएईमा स्पिनरलाई मद्दत गर्ने पिचमा मुम्बईसंग स्तरीय स्पिनर छैनन् जसको कमि टिमलाई महसुस हुन सक्छ। मायाँक मारकन्डे राजस्थानमा पुगेका छन् जसले २०१८ र १८ मा राम्रो प्रदर्शन गरेका थिए। उनको अनुपस्थितिमा क्रुनाल पान्ड्या, अनुकुल रोय तथा राहुल चाहरमा स्पिन पक्ष सम्हाल्ने जिम्मेवारी रहेको छ। प्रतियोगितामा मुम्बईको स्पिन पक्ष कमजोर हुनाले टिमलाई ठूलो धक्का पुग्न सक्छ।

मुम्बईको स्पिन पक्ष कमजोर देखिन्छ

ठूलो खेलमा राम्रो प्रदर्शन, सपोर्ट स्टाफमा ठुला नामहरु 

मुम्बईले खेलेको ५ फाइनल खेल मध्ये ४ वटा जितेको छ जसले ठूलो खेलमा टिमको प्रदर्शन देखाउछ। टिमको सपोर्ट स्टाफहरुमा पनि ठूला नामहरु रहेको छ। सचिन तेन्दुलकर टिमको मेन्टरको रुपमा तथा महेला जयवर्धने प्रमुख प्रशिक्षक रहेका छन् भने जाहिर खान ( क्रिकेट निर्देशक )  शेन बोन्ड ( बलिंग कोच ) , रोबिन सिंह ( ब्याटिंग कोच ) जस्ता पूर्व क्रिकेटरहरुले उनिहरुलाई सघाउनेछन्।

सम्भावित अन्तिम ११ :- क्विन्टन डिकक ( विकेटकिपर ) , रोहित शर्मा ( कप्तान ) सूर्यकुमार यादव, इशान किशन, हार्दिक पान्ड्या, काइरन पोलार्ड, क्रुनाल पान्ड्या, राहुल चाहर, जेम्स प्याटिन्सन, ट्रेन्ट बोल्ट, जस्प्रित बुम्राह

मुम्बई टिम :- रोहित शर्मा, आदित्य तारे, अनमोलप्रीत सिंह, ईशान किशान, क्विंटन डिकक, सूर्य कुमार यादव, हार्दिक पान्ड्या , जयन्त यादव, काइरन पोलार्ड, क्रुनल पान्ड्या, शेरफन रदरफर्ड, अनुकूल रोय, धवल कुलकर्णी, जसप्रीत बुमराह, लासिथ मालिङा, मिचेल म्याक्क्लेनेघन, राहुल चाहार, ट्रेन्ट बोल्ट, क्रिस लिन, सौरभ तिवारी, न्याथन कुल्टर नाइल, मोहसिन खान, बलवंत सिंह र दिग्विजय देशमुख।

मुम्बईको लिगमा खेल तालिका :-

यो पनि पढ्नुस :-

https://wicketnepal.com/wn20-team-of-the-tournament-wn20/

https://wicketnepal.com/cricket-south-africa-suspended-wn20/

https://wicketnepal.com/ipl-purple-cap-winners-list-wn20/

https://wicketnepal.com/talab-rashtriy-kheladi-wn20/





थप समाचार

वर्षाले निर्णायक खेल रद्द हुँदा नेपाल अभागी, अफगानिस्तान विश्वकपमा

आइसिसी यु–१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तानबिचचको खेल वर्षाका कारण रद्द भएपछि अफगानिस्तान विश्वकपमा छनोट भएको छ । मुलपानीस्थित […]

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]

नेपालको लगातार तेस्रो जित, हङकङलाई ९ विकेटले हरायो

आइसिसी यू-१९ विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकाल्दै विश्वकपको नजिक पुगेको छ। बुधबार तल्लो मुलपानी मैदानमा हङकङविरूद्ध ९ […]

धोनीको आक्रामक इनिङ्समा चेन्नई विजयी

काठमाडौं। ४३ वर्षीय महेन्द्रसिंह धोनीको आक्रामक इनिङ्ससँगै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा जितविहीन यात्रा टुंगाएको छ। सोमबार […]

युवराजको घातक बलिङमा नेपालकाे दोस्रो जित

काठमाडौं। युवराज खत्रीको घातक बलिङसँगै घरेलु टोली नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ। सोमबार […]

नेपालले पायाे ११८ रनको लक्ष्य

काठमाडौं । आईसीसी यु १९ विश्वकप एसिया छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले ओमानबाट ११८ रनको लक्ष्य छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा […]