आईपीएल विजेता मुम्बईले कति पायो पुरस्कार रकम

दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै मुम्बई इन्डीएन्सले लगातार दोश्रो सिजन तथा पाँचौ पटक इन्डीएन प्रिमियर लिगको उपाधि जितेको छ। युएई स्थित दुबई अन्तर्राष्ट्रिय स्टेडियममा दिल्लीले दिएको १५७ रनको लक्ष्य मुम्बईले ८ बल बाँकी रहँदै ५ विकेट गुमाएर पुरा गर्यो।

विश्वकै सर्वाधिक चर्चित क्रिकेट लिगको उपाधि जितेबापत मुम्बई इन्डीएन्सले २० करोड भारतीय रुपैयाँ अर्थात् ३२ करोड नेपाली रुपैयाँ प्राप्त गर्यो। यस्तै उप-विजेता टिम दिल्ली क्यापिटल्सले १२ करोड ५० लाख भारतीय रुपैयाँ अर्थात् २० करोड नेपाली रुपैयाँ प्राप्त गर्यो।

यस अघि बिसीसीआईले गत वर्ष भन्दा पुरस्कार रकम आधा घटाउने बताएता पनि अन्तमा गत वर्ष दिएको जतिनै रकम प्रदान गरिएको छ। यस अघि विजेता टिमले २० करोड भारुको सट्टा १० करोड भारु तथा उप-विजेताले ६.२५ करोड भारु पाउने बताईएको थियो।

अन्य अवार्ड जित्ने खेलाडी र पाएको रकम 

लिगको मोस्ट भ्यालुयबल खेलाडी राजस्थान रोयल्सका जोफ्रा आर्चरले १० लाख भारु ( १६ लाख नेपाली रुपैयाँ ) प्राप्त गरे। अरेन्ज क्याप विजेता किंग्स-११ पन्जाबका केएल राहुल र पर्पल क्याप विजेता दिल्लीका कागीसो रबाडाले पनि समान १० लाख भारु प्राप्त गरे।

यस्तै लिगको ‘पावरप्लेयर’ अफ द सिजन चुनिएका मुम्बईका ट्रेन्ट बोल्ट,  सर्वाधिक छक्का प्रहार गरेका इशान किशन, ‘गेम चेन्जर अफ द सिजन’ केएल राहुल, इमर्जिंग प्लेयर बैंगलोरका देभदत्त पडीक्कलले पनि समान १० लाख भारु प्राप्त गरे। फाइनल खेलका म्यान अफ द म्याच ट्रेन्ट बोल्टले ५ लाख भारु ( ८ लाख नेपाली रुपैयाँ ) जित्न सफल भए।

 

 

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy