IPL : कोलकाता बिरुद्ध बैंगलोरले पहिले ब्याटिंग गर्ने, दुई खेलाडीले डेब्यु गर्दै

युएईमा जारी इन्डियन प्रिमियर लिगको ( आईपीएल ) दोश्रो फेज अन्तर्गत लिगको ३१ औं खेलमा रोयल च्यालेन्जर्स बैंगलोर र कोलकाता नाइट राइडर्स प्रतिस्पर्धा गर्दैछन्।

शेख जायद स्टेडियम अबुधाबीमा हुने खेलमा बैंगलोर कप्तान बिराट कोहलीले टस जितेर ब्याटिंग गर्ने निर्णय लिएको छ। टस जिते पछि कोहलीले पिच ब्याटिंगको लागि राम्रो रहेको र दोश्रो इनिंग्समा थोरै सुस्त हुन सक्ने बताए। बैंगलोरले अन्तिम-११ श्रीलंकन लेग स्पीन अलराउण्डर वानिन्दु हसरंगालाई मौका दिएको छ। हसरंगाको यो लिगमा डेब्यु हुनेछ। यस्तै दायाँ हाते ब्याट्सम्यान केएस भारतले पनि डेब्यु गर्ने भएका छन्।

रोयल च्यालेन्जर्स बैंगलोरको अन्तिम ११ : Virat Kohli(c), Devdutt Padikkal, Srikar Bharat, Glenn Maxwell, AB de Villiers(w), Wanindu Hasaranga, Sachin Baby, Kyle Jamieson, Mohammed Siraj, Harshal Patel, Yuzvendra Chahal

टस हारे पछि कोलकाता कप्तान ओएन मोर्गनले पिचले पुरै खेलमा समान व्यवहार गर्ने विश्वास व्यक्त गरे। सुरुवातमा जित दर्ता गर्दै प्रतियोगिताको राम्रो सुरुवात गर्ने चाहना उनले व्यक्त गरे।

कोलकाताको अन्तिम-११ : Shubman Gill, Nitish Rana, Rahul Tripathi, Eoin Morgan(c), Andre Russell, Dinesh Karthik(w), Sunil Narine, Venkatesh Iyer, Lockie Ferguson, Varun Chakravarthy, Prasidh Krishna

लिग अंकतालिकामा बैंगलोर ७ खेलमा ५ जित र २ हार पछि १० अंक सहित तेश्रो स्थानमा छ भने कोलकाता ७ खेलमा २ जित र ५ हार पछी सातौँ स्थानमा छ।

लिगमा यस अघि भएको भेटमा बैंगलोरले कोलकातालाई ३८ रनले पराजित गरेको थियो। बैंगलोरले दिएको २०५ रनको लक्ष्य पछ्याउने क्रममा कोलकाताले १६६ रन बनाएको थियो। बैंगलोरको लागि ग्लेन म्याक्सवेलले सर्वाधिक ७८ तथा एबि डी भिल्लीयर्सले ७६ रन बनाएका थिए भने बलिंगमा कायल जेमीसनले ३ तथा युजभेन्द्र चाहल र हर्षल पटेलले समान २ विकेट लिएका थिए।

बैंगलोर निलो जर्सीमा खेल्ने : आजको खेल रोयल च्यालेन्जर्स बैंगलोरले निलो जर्सी लगाएर खेल्नेछ। कोभिड-१९ को दौरान अग्रस्थानमा रहेर खटिने व्यक्तिहरुको सम्मानमा बैंगलोरले निलो जर्सी लगाएको हो। यस्तै खेलको दौरान बैंगलोरले हिर्काउने प्रत्येक चौका, छक्का तथा लिने विकेट बराबरको सहयोग पनि बैंगलोरले गर्नेछ।





थप समाचार

स्कटल्याण्डसँग खेल्दै नेपाल

कठमाडौँ । मलेसियामा जारी आइसीसी महिला यु–१९ टी–२० क्रिकेट विश्वकपमा सोमबार नेपालले स्कटल्याण्डको सामना गर्दै छ। नेपाली समयअनुसार यो खेल […]

प्रधानमन्त्री कप : कोशी र आर्मीको विजयी सुरुआत

काठमाडौं । कोशी र विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेका छन्। आइतबार […]

पाँचौ संस्करणको अर्घाखाँची प्रिमियर लिग क्रिकेटको उपाधी किमडाँडालाई

अर्घाखाँची । अर्घाखाँची क्रिकेट संघले आयोजना गरेको अर्घाखाँची प्रिमियर लिग टि–२० क्रिकेटको उपाधी सौजन्य समाज किमडाँडाले जितेको छ । पाँचौं […]

कर्णालीमाथि लुम्बिनीको सहज जित

काठमाडौँ । लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशलाई पराजित गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा […]

सुदूरपश्चिमलाई हराउँदै समूह विजेताको रुपमा एपिएफ सुपर फोरमा

काठमाडौँ । विभागीय टोली एपिएफ क्लब प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा अपराजित रहँदै सुपर फोरमा पुगेको छ। धनगढीस्थित […]

नेपाल पाँच विकेटले पराजित

काठमाडौँ । आइसिसी महिला यु–१९ टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले बंगलादेशसँग पाँच विकेटले पराजित भएको छ। नेपालले दिएको ५३ […]