IPL : वोक्सको स्थानमा दिल्लीले दक्षिण अफ्रिकी पेसर नोर्कियालाई भित्र्यायो

इन्डियन प्रिमियर लिग टि-२० ( IPL ) को फ़्रेन्चाइज् दिल्ली क्यापिटल्सले सिजनको सुरुवात अघि टिममा एक परिवर्तन गरेको छ।

इंग्ल्यान्डका अल-राउण्डर क्रिस वोक्सले आईपीएल नखेल्ने निर्णय लिएपछि दिल्ली नयाँ खेलाडी खोजिरहेको थियो। सोहि अनुरुप दिल्लीले दक्षिण अफ्रिकी दायाँ हाते फास्ट बलर एनरिक नोर्कियालाई टिममा भित्र्याएको छ।

वोक्सले आईपीएल स्थगित भएपछि अप्रिलमा लिगबाट पछि हट्ने निर्णय लिएका थिए। उनलाई १.५ करोड भारुमा दिल्लीले लिएको थियो। लिगबाट हट्ने निर्णय पछि वोक्सले भर्खरै उक्त निर्णय लिएकोमा पछुतो व्यक्त गरेका थिए। आफुलाई इंग्ल्यान्डको नयाँ सिजनमा फिट राख्न भन्दै उनले आईपीएल छोड्ने निर्णय लिएका थिए।

पछिल्लो बर्ष नोर्किया कोलकाता नाइट राइडर्स टिममा समावेश भएता पनि चोटको कारण डेब्यु गर्ने मौका भने पाएका थिएनन्। २६ वर्षीय बलरले दिल्लीसंग जोडिन पाएकोमा खुसि व्यक्त गरेका छन् –

“दिल्ली बाट खेल्न म निकै उत्साहित छु, जुन टिमले गत वर्ष निकै चर्चा बटुलेको थियो। युवा र अनुभवी खेलाडीहरुको मिश्रण तथा उत्कृस्ट प्रशिक्षक रहेको लाइनअपमा आबद्ध हुँदा मेरो लागि सिक्ने उत्कृस्ट अवसर हुनेछ।”  नोर्कियाले बताए।

१५० किमी/घण्टाको गतिमा बलिंग गर्न सक्ने नोर्कियाले २०१९ मा दक्षिण अफ्रीकाको लागि तिन वटै फर्म्याटमा डेब्यु गरेका थिए। उनलाई यो वर्ष दक्षिण अफ्रीका क्रिकेटले उदयमान खेलाडीको अवार्ड समेत प्रदान गरेको थियो। उनले हालसम्म ६ वटा टेस्ट, ७ वानडे तथा ३ टि-२० अन्तर्राष्ट्रिय खेलीसकेका छन् जसमा उनले क्रमशः १९, १४ र २ विकेट हात पारेका छन्।

 

दिल्लीमा नोर्कियासंगै अर्का दक्षिण अफ्रिकी खेलाडी कागीसो रबाड़ा पनि रहेका छन्। दिल्लीमा नेपाली स्पिनर सन्दिप लामिछाने पनि आवद्ध रहेका छन् भने शिखर धवन, रिशभ पन्त, रभीचन्द्रन आश्विन, पृथ्वी शा, अक्षर पटेल, अजिंके रहाने, जेसन रोय, अमित मिश्रा जस्ता खेलाडीहरु रहेका छन्।

दिल्ली गत सिजन लिग अंकतालिकामा तेश्रो स्थानमा रहँदै प्लेअफ पुग्न सफल रहेको थियो। इलिमीनेटरमा सनराइजर्स हैदरावादलाई पराजित गरेको दिल्ली दोश्रो क्वालिफायरमा चेन्नाईसंग पराजित भएको थियो।

आईपीएल सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म युएईमा संचालन हुनेछ। खेलहरु शारजाह, दुबई र अबु धाबी गरि तिन वटा सहरमा संचालन हुनेछ।

दिल्ली टिम :- श्रेयस अयर, पृथ्वी शा, रिषभ पंत, शिखर धवन, अक्षर पटेल, कीमो पल, अमित मिश्रा, आवेश खान, हर्शल पटेल, इशांत शर्मा, कागिसो रबाडा, सन्दिप लामिछाने, आर. अश्विन, अजिंक्य रहाने, जेसन रोय, एलेक्स केरी, शिमरन हेटमायर, एनरिक नोर्किया, मार्कस स्टोइनिस, मोहित शर्मा, ललित यादव र तुषार देशपांडे।

यो पनि पढ्नुस :-

https://wicketnepal.com/ipl-t20-all-teams-squad-wn20/

https://wicketnepal.com/ipl-dream-11-sponsor-wn20/

https://wicketnepal.com/20-records-by-kohli-12th-year-wn20/

https://wicketnepal.com/ipl-big-players-to-miss-out-first-week-wn20/

https://wicketnepal.com/chahal-engagement-wn20/

https://wicketnepal.com/shoaib-akhtar-on-j-bumrah-wn20/





थप समाचार

आईपीएल : मुम्बई प्लेअफमा, हारसँगै दिल्ली बाहिरियो

काठमाडौँ । मुम्बई इण्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल)को प्लेअफमा पुगेको छ। गएराती सम्पन्न खेलमा मुम्बईले दिल्ली क्यापिटल्सलाई ५९ रनले पराजित […]

नेपाल ७८ रनले पराजित

काठमाडौं । नेपाल आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा घरेलु टोली थाइल्यान्डसँग पराजित भएको छ। बैंककको […]

नेपालको विशाल जितमा दीपेन्द्र र भीमको शतक

काठमाडौं। उपकप्तान दीपेन्द्रसिंह ऐरी र भीम सार्कीको शतकसँगै नेपाल ११ ले मेरिलेबोन क्रिकेट क्लबमाथि विशाल जित हासिल गरेको छ। सोमबार […]

युएईलाई हराउँदै नेपाल महिला विश्वकप ग्लोबल छनोटमा

काठमाडौं। नेपालले एक खेलअगाबै आइसिसी महिला विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ। आइतबार सम्पन्न ‘सुपर थ्री’को पहिलो खेलमा नेपालले संयुक्त […]

आईपीएल : पञ्जाव र गुजरात विजयी

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) पञ्जाव किंग्सले राजस्थान रोयल्सलाई १० रनले पराजित गरेको छ। पञ्जावले दिएको २२० रनको लक्ष्य […]

बर्षाले खेल रद्द हुँदा कोलकोता प्लेअफको दौडबाट बाहिरियो

काठमाडौँ। रोयल च्यालेन्जर्स बैंगलुरु र कोलकोता नाइट राइडर्सबीचको खेल रद्द भएको छ। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बैंगलुरुको चिन्नास्वामी क्रिकेट […]