राजस्थानमाथि पञ्जाबको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीइल) अन्तर्गतको ६५ औं खेलमा राजस्थान रोयल्समाथि पञ्जाब किंग्सले जित निकालेको छ ।

राजस्थानको घरेलु मैदान गुवाहाटीमामा पञ्जाबले ५ विकेटको जित हात पार्यो ।

राजस्थानले दिएको १ सय ४५ रनको लक्ष्य पञ्जाबले १८ दशमलब ५ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो ।

पञ्जाबका लागि कप्तान साम करनले ४१ बलमा ५ चौका र ३ छक्का सहित अविजित ६३ रनको अर्धशतकीय इनिङ खेले । राईलि रुसो र जितेश शर्माले समान २२/२२ रन बनाए । आशुतोष शर्माले १७ रन जोडे ।

राजस्थानका लागि आभेस खान र युजभेन्द्र चहलले समान २/२ तथा ट्रेन्ट बोल्टले १ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेटको गुमाएर १ सय ४४ रन बनाएको थियो ।

राजस्थानका लागि रियान परागले ३४ बलमा सर्वाधिक ४८ रन बनाए । रविचन्द्रन आश्विनले २८ रन बनाउँदा कप्तान सञ्जु सामसन र टम कोहलर-क्याडमोरले समान १८ रन बनाए ।

पञ्जाबका स्याम करन, हर्शल पटेल र राहुल चहरले २/२ तथा अर्शदिप सिंह र नेथन एलिसले १/१ विकेट लिए ।

जित पश्चात यसअघि नै प्लेअफ दौडबाट बाहिरिएको पञ्जाबको १३ खेलमा १० अंक पुगेको छ । प्लेअफमा पुगिसकेको राजस्थानको १३ खेलमा १६ अंकका साथ दोस्रो स्थानमा छ ।





थप समाचार

ई-प्लानेट हाई स्कुल च्याम्पियनसिप: गण्डकी छनोटको उपाधि कास्की मोर्डनाइज्डलाई

ई-प्लानेट नेशनल हाई स्कुल टी टेन क्रिकेट च्याम्पियनसिप २०८१ को गण्डकी छनोट प्रतियोगिताको उपाधि कास्की मोर्डनाइज्ड एकेडेमीले जितेको छ। पुष […]

धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने, देशभरका ८ वटा क्लबले सहभागीता जनाउने

धनगढी, माघ ०३ : क्रिकेटको शहर धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । गो ड्रिमर्सको आयोजनामा […]

पुलिसले जित्यो जय ट्रफीको उपाधि

काठमाडौं । नेपाल पुलिस क्लब जय ट्रफी मेन्स एलिट कपको च्याम्पियन बनेको छ। वीरगन्जको नारायणी क्रिकेट मैदानमा तेस्रो दिन बिहीबार […]

सायम प्रिमियर लिगमा ४ टिम

काठमाडौं । सायम कलेजको आयोजनामा हुने सायम प्रिमियर लिग क्रिकेटको पाँचौं संस्करणमा ४ टिमको सहभागिता रहने भएको छ । लिग […]

प्रधानमन्त्री कप : सुदूरपश्चिमको लगातार दोस्रो जित

काठमाडौं । सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट […]

प्रधानमन्त्री कप : एपिएफकाे लगातार दोस्रो जित

काठमाडौँ । विभागीय टोली एपिएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ। धनगढीस्थित […]