IPL : चलेन पन्जाबको ब्याटिंग, कोलकातालाई सामान्य लक्ष्य

१४ औं आईपीएल अन्तर्गत २१ औं खेलमा पन्जाब किंग्स र कोलकाता नाइट राइडर्स प्रतिस्पर्धा गरिरहेका छन्।

अहमदावाद स्थित नरेन्द्र मोदी स्टेडियममा जारि खेलमा टस हारेर ब्याटिंग गरेको पन्जाबले निर्धारित २० ओभरमा ९ विकेट क्षेतीमा १२३ रन बनाउदै कोलकातालाई १२४ रनको लक्ष्य प्रस्तुत गरेको छ।

पन्जाबको लागि ओपनर मायाँक अग्रवालले सर्वाधिक ३१ रन ( ३४ बलमा १ चौका र २ छक्का ) तथा क्रिस जोर्डनले ३० रन ( १८ बलमा १ चौका र ३ छक्का ) बनाए। कप्तान केएल राहुल र निकोलस पुरनले समान १९ रन तथा शाहरुख खानले १३ रन बनाए।

अग्रवाल र राहुलले पहिलो विकेटको लागि गरेको ३६ रनको साझेदारी पन्जाबको इनिंग्समा सर्वाधिक साझेदारी बन्न पुग्यो। छैठौ ओभरमा राहुलको विकेटपछि कुनै पनि बेला पन्जाबको विकेट जाने क्रम रोकिएन। इनिंग्सको अन्तिममा क्रिस जोर्डनले आक्रामक ब्याटिंग गर्दा पन्जाबलाई सम्मानजनक योगफलतर्फ डोर्याए। जोर्डन अन्तिम ओभरमा आउट भए।

कोलकाताको बलिंगमा प्रसिध कृष्णाले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४ ओभरमा ३० रन खर्चिए। सर्वाधिक प्याट कमिन्स ( ३-०-३१-२ ) ,सुनिल नारायण ( ४-०-२२-२ ) ले समान २ विकेट लिए। शिभम माघी ( ४-०-१३-१ ) र वरुण चक्रवर्ती ( ४-०-२४-१ ) ले समान १ विकेट लिए।

लिग अंकतालिकामा पन्जाब ५ खेलमा २ जित र ३ हार पछि ४ अंक बटुल्दै पाँचौ स्थानमा रहेको छ। आठौँ स्थानमा रहेको कोलकाताको ५ खेलमा १ जित र ४ हार पछि १ अंक रहेको छ।

यो पनि पढ्नुस 

https://wicketnepal.com/super-over-ma-bairstow-rojai-ma-wn21/

https://wicketnepal.com/ashwin-achanak-liye-ipl-bata-break-wn21/

https://wicketnepal.com/icc-ranking-nepal-wn21-new-425/

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy