राजस्थान बिरुद्ध चेन्नाईले पहिले ब्याटिंग गर्ने,यस्तो छ दुवै टिमको अन्तिम-११

युएईमा जारी १३ औं संस्करणको आईपिएल अन्तर्गत सोमबार ३७ औं खेलमा महेन्द्र सिंह धोनी कप्तानीको चेन्नाई सुपर किङ्ग्स र स्टिभ स्मिथ कप्तानीको राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समय अनुसार रातीको ७:४५ बजे आबु धाबी स्थित शेख जायद स्टेडियममा सुरु हुनेछ।

खेलमा टस जितेर चेन्नाई कप्तान धोनीले ब्याटिंग गर्ने निर्णय लिएका छन्। दोश्रो इनिंगमा विकेट सुस्त हुने हुँदा ब्याटिंग रोजेको धोनीले बताए। पछिल्लो खेलमा घाइते भएका ड्वेन ब्राभोले अझै अर्को खेल पनि गुमाउने धनीले बताएका छन्।

चेन्नाईले टिममा २ पटक परिवर्तन गरेको छ। ब्राभो र कर्न शर्मालाई बाहिर राखिएको छ जसको स्थानमा फास्ट बलर जोश हेजलवुड र लेग स्पिनर पियुष चावलाले मौका पाएका छन्। हेजलवुडले यस अघि दिल्ली बिरुद्धको खेलमा मात्र मौका पाएका थिए।

चेन्नाईको अन्तिम ११ :- शेन वाटसन, फाफ डुप्लेसिस, अम्बाती रायडु, केदार जाधब, महेन्द्र सिंह धोनी, स्याम करन, रविन्द्र जडेजा, जोश हेजलवुड , दिपक चहार, शार्दुल ठाकुर, पियुष चावला

ब्राभो नखेल्दा हेजलवुडले दोश्रो पटक मौका पाएका छन्

राजस्थानले टिममा एउटा परिवर्तन गरेको छ। अंकित राजपुतले मौका पाउदा जयदेव उनदकतलाई बाहिर राखिएको छ। टसको क्रममा राजस्थान कप्तान स्मिथले अबको खेल जित्ने पर्ने र त्यसको लागि आज जितको साथ सुरु गर्ने बताए। उनले आफ्नो व्यक्तिगत ब्याटिंगमा पनि पाएको लयलाई अघि बढाउने बताए।

राजस्थानको अन्तिम ११ : रोबिन उथप्पा, जोस बटलर ( विकेटकिपर ), सन्जु स्यामसन, स्टिभ स्मिथ ( कप्तान ), राहुल तेवतिया, रियान पराग, बेन स्टोक्स, जोफ्रा आर्चर, श्रेयस गोपाल, अंकित राजपुत, कार्तिक त्यागि

दुबै टोलि ९ खेलमा ६ अंक बटुल्दै नेट रन रेटको आधारमा सातौं (चेन्नाई) र आठौं स्थानमा (राजस्थान) छन्। शिर्ष-४ मा आफ्नो स्थान सुनिश्चित गर्न दुबै टोलिले आगामी ५ खेल जित्नै पर्ने हुन्छ। ४ खेल जितेको खण्डमा कुल १४ अंक हुनेछ र शिर्ष-४ मा पर्न अन्य टोलिको नतिजामा निर्भर रहनु पर्नेछ।

पछिल्लो भेट :- लिग अन्तर्गत चौथो खेलमा यी दुई टोलिबीच प्रतिस्पर्धा भएको थियो जसमा राजस्थान १६ रनले विजयी भएको थियो। पहिले ब्याटिंग गरेको राजस्थानले २१७ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो जुन पछ्याउने क्रममा चेन्नाईले मात्र २०० रन बनाउन सकेको थियो।

आईपीएल इतिहासमै पहिलो पटक एकै दिन ३ वटा सुपर ओभर

“शामी ६ वटै बल योरकर गर्नेमा स्पस्ट थिए” पन्जाब कप्तान राहुल

IPL : सिजनमा ५ सय रन पुरा गर्दै राहुलले बनाए ठूलो कीर्तिमान

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy