कोलकाता र हैदरावादको खेल सुपर ओभरमा पुग्यो

२०७७ कार्तिक २, आईतवार १९:४९

युएईमा जारि आईपीएल २०२० अन्तर्गत आइतबारको पहिलो तथा लिगको ३५ औं खेल सुपर ओभरमा पुगेको छ।

अबुधाबी स्थित शेख जायद स्टेडियममा कोलकाताले दिएको १६४ रनको लक्ष्य पछ्याउने क्रममा हैदरावादले २० ओभरमा ६ विकेट गुमाएर १६३ रन बनाएपछि खेल बराबरी भएको हो। अब खेलको निर्णय १/१ ओभरको खेलले गर्नेछ।

हैदरावादको लागि कप्तान डेभिड वार्नरले अविजित ३३ बलमा ५ चौका मद्दतले ४७ रन बनाउदै खेल बराबरी गर्न महत्वपूर्ण योगदान दिए।जोनी बेयरस्टोले २८ बलमा ७ चौका हिर्काउदै ३६ रन बनाए। केन विलियमसनले १९ बलमा ४ चौका र १ छक्का हिर्काउदै २९ रन बनाए। अब्दुल समदले १५ बलमा २ चौका र १ छक्का मद्दतले २३ रन बनाए।

रोमान्चक रह्यो अन्त्य  

हैदरावादको लागि डेभिड वार्नरको स्थानमा ओपनिंग गर्न आएका केन विलियमसन र जोनी बेयरस्टोले ५७ रनको ओपनिंग साझेदारी गरे। सातौँ ओभरमा पहिलो बलमा विलियमसनलाई लकी फर्गुसनले क्याच आउट गराएपछि भने हैदरावादले लगातार विकेट गुमायो। नवौं ओभरमा प्रियम गर्ग ( ४ रन ) , दशौँ ओभरमा बेयरस्टो तथा १२ औं ओभरमा मनिष पाण्डे ( ६ रन ) बनाएर आउट भए। गरग र पाण्डेए फर्गुसनले बोल्ड गरे।

पाँचौ विकेटको लागि डेभिड वार्नर र विजय शंकरले २७ रनको साझेदारी गरे। १६ औं ओभरमा शंकरलाई ( ७ रन ) प्याट कमिन्सले क्याच आउट गराउदै कोलकातालाई खेलमा हावी गराए। तर पनि वार्नरले एक किनार सम्हालीरहे र समदसंग साझेदारी गर्दै जितको आशा जगाए।

अन्तिम ३ ओभरमा जितको लागि हैदरावादलाई ३७ रन आवस्यक थियो। फर्गुसनले १८ औं ओभरमा मात्र ७ रन खर्चिए। ओभरको चौथो बलमा आन्द्रे रसेलले समदको क्याच छुटाउन पुगे। अन्तिम २ ओभरमा ३० रन आवस्यक रह्यो।

१९ औं ओभरमा शिभम माभी बलिंग गर्न आए। ओभरको पहिलो बलमा समदले र तेश्रो बलमा वार्नरले चौका प्रहार गरे। अन्तिम बलमा समद डिप- मिड विकेट बाउन्ड्रीमा शुबमन गिलबाट समातिन पुगे। ओभरमा १२ रन आयो जसपछि अन्तिम ओभरमा जितको लागि १८ रन आवस्यक रह्यो।

अन्तिम ओभर बलिंग गर्न आन्द्रे रसेल आए। रसेलले पहिलो बलमै नो बल दिए। त्यसपछिको बलमा राशिदले १ रन लिंदै वार्नरलाई स्ट्राइक दिए। वार्नरले दोश्रो, तेश्रो र चौथो बलमा लगातार चौका हिर्काए। त्यसपछि २ बलमा जित्न ४ रन आवस्यक रह्यो। पाँचौ बलमा वार्नरले २ रन लिए।

जितको लागि अन्तिम बलमा २ रन आवस्यक रह्यो। अन्तिम बलमा लेग बाइको रुपमा १ रन आयो जसपछि खेल सुपर ओभरमा पुग्यो।

कोलकाताको बलिंगमा सिजनमा पहिलो पटक मौका पाएका न्युजिल्यान्ड फास्ट बलर लकी फर्गुसनले लिग करियरमा व्यक्तिगत उत्कृस्ट स्पेल दर्ता गर्ने क्रममा सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४ ओभरमा मात्र १५ रन खर्चिए।

शिभम माभी ( ३-०-३४-१ ) , प्याट कमिन्स ( ४-०-२८-१ ) र वरुण चक्रवर्ती ( ४-०-३२-१ ) ले समान १ विकेट लिए। आन्द्रे रसेल ( २-०-२९-० ) र कुलदिप यादव ( ३-०-१८-० ) विकेटविहिन रहे।

कोलकाताको ब्याटिंग 

यस अघि टस हारेर ब्याटिंग गरेको कोलकाताले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६३ रन बनाएको थियो।

कोलकाताको लागि शुबमन गिलले ३७ बलमा ५ चौका प्रहार गर्दै सर्वाधिक ३६ रन बनाए। कप्तान ओएन मोर्गनले २३ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै ३४ रन तथा दिनेश कार्तिकले अविजित २९ रन बनाए जुन क्रममा १४ बलमा २ चौका र २ छक्का हिर्काए। यस्तै नितिश रानाले २० बलमा ३ चौका र १ छक्का प्रहार गर्दै २९ रन तथा राहुल त्रिपाठीले १६ बलमा २ चौका र १ छक्का प्रहार गर्दै २३ रन बनाए।

ओपनर शुबमन गिल र राहुल त्रिपाठीले पहिलो विकेटको लागि ४८ रनको साझेदारी गरे। छैठौ ओंभरमा त्रिपाठीलाई नटराजनले बोल्ड गर्दै साझेदारी तोडे।

मोर्गन र कार्तिकले अर्धशतकीय साझेदारी गरे

गिलले दोश्रो विकेटको लागि नितिश रानासंग ३९ रन जोडे। १२ औं ओभरमा गिललाई राशिद खानले क्याच आउट गराए। लगत्तै ओभरमा रानालाई विजय शंकरले क्याच आउट गराए। खराब लय जारि राख्ने क्रममा आन्द्रे रसेललाई नटराजनले १५ औं ओभरमा क्याच आउट गराए। एक समय ८७/१ को अवस्थाबाट कोलकाता १०५/४ को अवस्थामा पुग्यो।

पाँचौ विकेटको लागि कप्तान मोर्गन र कार्तिकले अर्धशतकीय साझेदारी गर्दै टिमको योगफल १५० पार गराए। मोर्गन अन्तिम बलमा बसिल थम्पीबाट आउट हुनु अघि कार्तिकसंग ३० बलमा ५८ रनको साझेदारी गरे। अन्तिम ५ ओभरमा कोलकाताले १ विकेट मात्र गुमाएर ५८ रन बनायो।

हैदरावादको बलिंगमा टि नटराजनले सर्वाधिक २ विकेट ( ४-०-४०-२ ) लिए। बसिल थम्पी ( ४-०-४६-१ ), विजय शंकर ( ४-०-२०-१ ) र राशिद खान ( ४-०२८-१ ) ले समान १ विकेट लिए। सन्दिप शर्मा ( ४-०-२७-० ) विकेटविहिन रहे।

कोलकातालाई राहत : आईपीएलको बलिंग याक्सन कमिटिबाट नारायणले पाए सफाइ

लाइभ अन्तर्वार्तामा पोन्टिङसंग रिशभ पन्तको प्र्यान्क

धवनले शतक बनाउदा चेन्नाईलाई पराजित गर्दै दिल्ली पुनः शिर्ष स्थानमा

कोहली र स्मिथद्वारा डी भिल्लीयर्सको तारिफ – “एबिको लागि कुनै पनि बाउन्ड्री ठूलो छैन”

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy