मुम्बई र पन्जाबको खेल पनि सुपर ओभरमा पुग्यो

युएईमा जारि १३ औं आईपीएल अन्तर्गत आइतबारको दोश्रो तथा लिगको ३६ औं खेल सुपर ओभरमा पुगेको छ।  दिनको पहिलो खेलमा कोलकाताले हैदरावादलाई सुपर ओभरमा पराजित गरेको थियो।

दुबई अन्तर्राष्ट्रिय स्टेडियममा सम्पन्न खेलमा पहिले ब्याटिंग गर्दै मुम्बईले दिएको १७७ रनको लक्ष्य पछ्याउने क्रममा पन्जाबले २० ओभरमा ६ विकेट गुमाएर १७६ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको हो।

पन्जाबको लागि कप्तान केएल राहुलले लिगको पाँचौ तथा लगातार तेश्रो अर्धशतक बनाउने क्रममा सर्वाधिक ७७ रन बनाए। उनले ५१ बलमा ७ चौका र ३ छक्का हिर्काए। क्रिस गेल र निकोलस पुरनले समान २४ रन बनाए। गेलले २१ बलमा १ चौका र २ छक्का तथा पुरनले १२ बलमा २ चौका र २ छक्का हिर्काए। दिपक हुडाले अविजित १६ बलमा २३ रन बनाए जुन क्रममा १ चौका र १ छक्का हिर्काए। क्रिस जोर्डनले ८ बलमा २ चौका मद्दतले १३ रन बनाए।

कप्तान राहुलले सर्वाधिक ७७ रन बनाए

लक्ष्य पछ्याउने क्रममा ११ रन बनाएर ओपनर मायाँक अग्रवाल चौथो ओभरमा बुम्राहबाट बोल्ड भए। अग्रवाल र राहुलले ३३ रनको साझेदारी गरे। दोश्रो विकेटको लागि राहुलले गेलसंग ४२ रन जोडे। १० औं ओभरमा लेग स्पिनर राहुल चाहरले गेललाई बोल्टबाट लंग-अफमा क्याच आउट गराए।

त्यसपछि क्रिजमा आएका निकोलस पुरनले क्रिजमा आएलगत्तै आक्रामक ब्याटिंग सुरु गरेर बढ्दो आवस्यक रन गति घटाए। चाहर र पोलार्डको १० औं र ११ औं ओभरमा उनले २ चौका र २ छक्का हिर्काए।

१३ औं ओभरमा बुम्राहले पुरनलाई क्याच आउट गराउदै मुम्बईलाई खेलमा फर्काए। ओभरमा उनले मात्र ३ रन खर्चिए। लगत्तै ओभरमा ग्लेन म्याक्सवेललाई खाता नखोली रोहित शर्माबाट क्याच आउट गराउदै चाहरले दोश्रो शिकार बनाए।

राहुललाई त्यसपछि दिपक हुडाले साथ दिए। रन गति बढ्दै गर्दा बुम्राहले गरेको १६ औं ओभरमा हुडाले १ छक्का तथा राहुलले १ चौका मद्दतले १५ रन बनाए। त्यसपछि अन्तिम ४ ओभरमा जित्न ३७ रन आवस्यक रह्यो।

जित सहज देखिदै गर्दा १८ औं ओभरको तेश्रो बलमा बुम्राहले राहुललाई बोल्ड गर्दै मुम्बईलाई पुनः खेलमा फर्काए। उक्त ओभरमा बुम्राहले मात्र ५ रन खर्चिए। अन्तिम २ ओभरमा जित्न पन्जाबलाई २२ रन आवस्यक रह्यो। १९ औं ओभरमा नाथन कौल्टर नाइलको ओभरमा हुडा र जोर्डनले १/१ चौका प्रहार गरे जुन ओभरमा १३ रन आयो। अन्तिम ओभरमा जित्न ९ रन आवस्यक रह्यो।

अन्तिम ओभर बलिंग गर्न बोल्ट आए। पहिलो बलमा हुडाले १ रन लिए। दोश्रो बलमा जोर्डनले ब्याटको भित्रि किनारा लाग्दा फाइन लेगमा चौका प्रहार गरे। जितको लागि ४ बलमा ४ रन आवस्यक रह्यो। तेश्रो बलमा जोर्डनले १ रन लिए। चौथो बलमा बोल्टले योर्कर गर्दै डट बल गरे जसपछि जित्न २ बलमा ३ रन आवस्यक रह्यो। पाँचौ बलमा हुडाले १ रन लिए। अन्तिम बलमा जित्न २ रन आवस्यक रह्यो। अन्तिम बलमा २ रन लिने क्रममा जोर्डनलाई पोलार्डले रन आउट गरे जसपछि खेल सुपर ओभरमा पुग्यो।

मुम्बईको बलिंगमा जस्प्रित बुम्राहले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४ ओभरमा २४ रन खर्चिए। यस क्रममा उनले राहुल, अग्रवाल र पुरनको विकेट लिए। लेग स्पिनर राहुल चाहरले २ विकेट ( ४-०-३३-२ ) लिए जुन क्रममा गेल र म्याक्सवेललाई पेभेलियन फर्काए। ट्रेन्ट बोल्टले ४ ओभरमा ४८ रन खर्चिएता पनि अन्तिम ओभरमा उत्कृस्ट बलिंग गरे।

मुम्बईको ब्याटिंग 

यस अघि टस जितेर ब्याटिंग रोजेको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७६ रन बनाएको थियो।

मुम्बईको लागि ओपनर क्विन्टन डीककले लगातार तेश्रो तथा सिजनको चौथो अर्धशतक बनाउने क्रममा सर्वाधिक ५३ रन बनाए जुन क्रममा ४३ बलमा ३ चौका र ३ छक्का प्रहार गरे। क्रुनाल पान्ड्याले ३० बलमा ३४ रन बनाए जुन क्रममा ४ चौका र १ छक्का हिर्काए। अविजित रहने क्रममा काइरन पोलार्डले मात्र १२ बलमा ३४ रन बनाए जुन क्रममा ४ छक्का र १ चौका हिर्काए। यस्तै नाथन कौल्टर नाइलले १२ बलमा अविजित २४ रन बनाए जुन क्रममा ४ चौका हिर्काए।

मुम्बईको सुरुवात खराब रह्यो। तेश्रो ओभरमा अर्शदिप सिंहले ९ रन बनाएका रोहित शर्मालाई बोल्ड गरे। त्यसपछि चौथो ओभरमा मोहम्मद शामीले सुर्यकुमार यादवलाई खाता नखोल्दै क्याच आउट गराए। छैठौं ओभरमा ७ रन बनाएका इशान किशनलाई सिंहले क्याच आउट गराए।

डीककले लगातार तेश्रो अर्धशतक बनाए

३८/३ को अवस्थाबाट ओपनर डीककले क्रुनालसंग चौथो विकेटको लागि ५८ रनको साझेदारी गरे। १४ औं ओभरमा क्रुनाललाई लेग स्पिनर रभी बिस्नोइले क्याच आउट गराए। १६ औं ओभरमा ८ रन बनाएका हार्दिक पान्ड्यालाई शामीले क्याच आउट गराए। १७ औं ओभरमा डीककलाई क्रिस जोर्डनले मायाँक अग्रवालबाट क्याच आउट गराए।

११९/६ को अवस्थाबाट पोलार्ड र नाइलले आक्रामक ब्याटिंग गर्दै टिमको योगफल १५० पार गराए। सातौँ विकेटको लागि दुवैले मात्र २१ बलमा ५७ रनको अविजित साझेदारी गरे।

पोलार्ड र नाइलले १८ औं ओभरमा अर्शदिप सिंहको ओभरमा २२ रन बटुल्दै टिमको योगफल ह्वात्तै बढाए। ओभरको पहिलो २ बलमा पोलार्डले छक्का हिर्काए भने तेश्रो र चौथो बलमा नाइलले चौका हिर्काए। १९ औं ओभरमा मोहम्मद शामीले १२ रन दिए जुन ओभरमा नाइलले २ चौका हिर्काए। अन्तिम ओभरमा क्रिस जोर्डनले २० रन खर्चिए। यस क्रममा पोलार्डले २ छक्का र १ चौका हिर्काए।

पन्जाबको बलिंगमा मोहम्मद शामी ( ४-०-३०-२ ) र अर्शदिप सिंह सिंहले २ विकेट ( ३-०-३५-० ) लिए।क्रिस जोर्डन ( ३-०-३२-१ ) , रभी बिस्नोइ ( २-०-१२-१ ) ले १ विकेट लिए।

फर्गुसनले घातक बलिंग गर्दा सुपर ओभरमा कोलकाताद्वारा हैदरावाद पराजित

कोलकातालाई राहत : आईपीएलको बलिंग याक्सन कमिटिबाट नारायणले पाए सफाइ

लाइभ अन्तर्वार्तामा पोन्टिङसंग रिशभ पन्तको प्र्यान्क

कोलकाताको कप्तान फेर्ने निर्णय गम्भीरलाई किन चित्त बुझेन





थप समाचार

स्कटल्याण्डका माइकल लिस्क पोखरा एभेन्जर्समा अनुबन्ध

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले स्कटल्याण्डका क्रिकेटर माइकल लिस्कलाई टाेलीमा अनुबन्ध गरेकाे छ । […]

काठमाडौं गुर्खाजको ‘ट्यालेन्ट हन्ट’ कार्यक्रम सुरु

मंगलबार बालुवाटारस्थित क्रिकेट एक्सिलेन्स सेन्टर (सिइसी) मा सम्पन्न पहिलो दिनको छनोटमा उल्लेखनिय खेलाडीको सहभागिता थियो । काठमान्डौंका प्रमुख कार्यकारी अधिकृत […]

सुदूरपश्चिम रोयल्सको एन्थम र जर्सी सार्वजनिक

सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) का लागि मंगलवार जर्सी र टिम एन्थम सार्वजनिक गरेको छ । टोलीका‌ मालिक स्वतन्त्र […]

विराटनगर किंग्सको ट्यालेन्ट हन्ट झापामा सम्पन्न

नेपाल प्रिमियर लिग (एनपीएल) का लागि विराटनगर किंग्सको ट्यालेन्ट हन्ट कार्यक्रम मंगलबार झापामा सम्पन्न भएको छ । टिमले कोशी प्रदेशका […]

पुजाको अलराउण्ड प्रदर्शनमा नेपालको जित

काठमाडौं । युएईमा जारी महिला यु १९ टि २० विश्वकप एसिया छनोटमा कप्तान पूजा महतोको अलराउण्ड प्रदर्शनमा नेपालले कुवेतलाई पराजित […]

यु-१९ विश्वकप छनोटको पाँचौ खेलमा नेपाल कुवेतसँग खेल्दै

काठमाडौं । युएईमा जारी महिला यु-१९ टि-२० विश्वकपको एसिया छनोटमा नेपालले पाँचौं खेलमा कुवेतको सामना गर्दैछ । खेल युएईको अजमानमा […]