युएईमा जारी १३ औं संस्करणको आईपिएल अन्तर्गत मंगलबार ३८ औं खेलमा केएल राहुल कप्तानीको किङ्ग्स-११ पन्जाब र श्रेयस अय्यर कप्तानीको दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुदैँछ। खेल नेपाली समय अनुसार रातीको ७:४५ बजे दुबई स्थित दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा सुरु हुनेछ।
हालसम्म ९ खेल खेलिसकेको दिल्ली ७ जित र २ हारपछि १४ अंक बटुल्दै अंकतालिकाको शिर्ष स्थानमा छ। दिल्लीले आज जितेको खण्डमा प्लेअफ पुग्ने पक्का हुनेछ। यस्तै, समान ९ खेल खेलेको पन्जाब ३ अंक बटुल्दै अंकतालिकाको सातौं स्थानमा छ। पन्जाबलाई शिर्ष-४ भित्र पर्ने सम्भावना जिवितै राख्ने क्रममा खेल जित्नैपर्ने हुन्छ।
टस जितेर दिल्लीले ब्याटिंग रोज्यो
खेलमा टस जितेर दिल्लीले ब्याटिंग रोजेको छ। पहिले ब्याटिंग गर्दा टिमले धेरै सफलता पाएकोले ब्याटिंग रोजेको दिल्ली कप्तान श्रेयस ऐयरले बताए। उनले पावरप्लेमा धेरै रन बनाउनु पर्ने बताए।
दिल्लीले अन्तिम-११ मा ३ वटा परिवर्तन गरेको छ। अजिंके रहाने, एलेक्स केरी र एनरिक नोर्कियालाई बाहिर राखिएको छ। घाइते भएर बाहिर बसेका विकेटकिपर ब्याट्सम्यान रिशभ पन्त फिर्ता भएका छन्। यस्तै वेस्टइन्डिज शिमरन हेटमायरले पनि मौका पाएका छन्।
दिल्लीले अस्ट्रेलियन फास्ट बलर ड्यानियल स्याम्सलाई पहिलो पटक अन्तिम-११ मा मौका दिएको छ। २७ वर्षीय देब्रे हाते फास्ट बलरको आईपीएलमा स्याम्सको आज डेब्यु खेल हुनेछ।
दिल्लीको अन्तिम ११ : शिखर धवन, पृथ्वी श, श्रेयस ऐयर, शिमरन हेटमायर, रिशभ पन्त, मार्कस स्टोइनिस, अक्षर पटेल,रभीचन्द्रन आश्विन, कागिसो रबाडा, ड्यानियल स्याम्स , तुसार देसपाण्डे
पन्जाबले अन्तिम-११ मा एउटा परिवर्तन गरेको छ। क्रिस जोर्डनको स्थानमा अलराउण्डर जेम्स निशमलाई मौका दिईएको छ। टसको क्रममा पन्जाब कप्तान राहुलले आफुले पनि बलिंगनै गर्न चाहेको बताएका थिए।
पन्जाबको अन्तिम ११ : केएल राहुल (विकेटकिपर) (कप्तान), मायाँक अग्रवाल, निकोलस पुरन, क्रिस गेल, ग्लेन म्याक्सवेल, दिपक हुडा, रभी बिस्नोइ,जेम्स निशम , मोहम्मद शामी, मुरुगन आश्विन , अर्शदिप सिंह
को हुन् ड्यानीयल स्याम्स
स्याम्स डेथ ओभरमा राम्रो बलिंग गर्न सक्ने बलर हुन्। हालसम्म ३७ टि-२० खेलेका स्याम्सले १८.३६ को औशतले ५२ विकेट लिईसकेका छन्।
१९९२ मा अस्ट्रेलिया न्यु साउथ वेल्समा जन्मिएका २८ वर्षीय स्याम्स गत सिजन बिग ब्यास लिगमा उत्कृस्ट बलिंग गरेपछि चर्चामा आएका थिए। बायाँ हाते फास्ट बलरले सिड्नी थन्डर्सको प्रतिनिधित्व गरेका थिए जुनक्रममा २७ वर्षीय बलरले प्रतियोगिताकै सर्वाधिक ३० विकेट लिएका थिए। सोहि प्रदर्शन पछि उनि इंग्ल्यान्ड बिरुद्ध सेप्टेम्बर ४ देखि सुरु हुने आगामी टि-२० र वानडे सिरिजमा डेब्यु गर्न तयार रहेका छन्।
पन्जाबलाई जित्नैपर्ने खेलमा, दिल्लीलाई प्ले-अफ स्थान पक्का गर्ने अवसर
भारतले अनुमति नदिदा मुख्य प्रशिक्षक राजपुत बिना पाकिस्तान पुग्यो जिम्बाब्वे क्रिकेट टिम
अनुभवी खेलाडीहरुलाई बाहिर राख्दै जिम्बाब्वे सिरिजको लागि पाकिस्तान टिमको घोषणा
युवा खेलाडीबारे धोनीको प्रतिक्रिया पछि चर्को आलोचना – “स्कुटर जाधबमा त्यो चमक छ ?”