हैदरावादबिरुद्ध पन्जाबले पहिले ब्याटिंग गर्ने , यस्तो छ दुवै टिमको अन्तिम-११

युएईमा जारि १३ औं आईपीएल अन्तर्गत शनिवारको दोश्रो तथा लिगको ४३ औं खेलमा किंग्स-११ पन्जाब र सनराइजर्स हैदरावादले प्रतिस्पर्धा गर्दैछन्। दुबै टोलि १० खेलमा समान ८ अंकसहित अंकतालिकाको पाचौं (सनराइजर्स हैदरावाद) र छैटौं (किङ्ग्स-११ पन्जाब) स्थानमा छन्। शिर्ष-४ स्थानमा पर्ने सम्भावना जीवित राख्न दुवै टिमलाई जित अत्यावश्यक रहेको छ।

दुबई अन्तर्राष्ट्रिय स्टेडियममा हैदरावाद कप्तान डेभिड वार्नरले टस जितेर बलिंग गर्ने निर्णय लिएका छन्।हैदरावादले अन्तिम-११ मा एउटा परिवर्तन गर्ने क्रममा खलिल एहमदलाई मौका दिंदै शाहबाज नदीमलाई बाहिर राखेको छ।

हैदरावादको अन्तिम ११ : डेभिड वार्नर ( कप्तान ), जोनी बेयरस्टो ( विकेटकिपर ), मनिष पाण्डे, जेसन होल्डर, प्रियम गर्ग, खलिल एहमद, विजय शंखर, राशिद खान, सन्दिप शर्मा, खलिल एहमद, टि नटराजन

पन्जाबले अन्तिम-११ मा २ वटा परिवर्तन गरेको छ। मायाँक अग्रवाल र जिम्मी निशमलाई बाहिर राखिएको छ भने मन्दिप सिंह र क्रिस जोर्डनले मौका पाएका छन्

पन्जाबको सम्भावित अन्तिम ११ : केएल राहुल (विकेटकिपर/कप्तान), क्रिस गेल, मन्दिप सिंह,, निकोलस पुरन, ग्लेन म्याक्सवेल, दिपक हुडा, रभी बिस्नोइ, क्रिस जोर्डन, मोहम्मद शामी, मुरुगन आश्विन, अर्शदिप सिंह

लिग अन्तर्गत शनिवारको पहिलो खेलमा दिल्लीलाई कोलकाताले विशाल अन्तरले परजित गर्दै छैठौं जित दर्ता गर्यो।

चक्रवर्तीले करियर र सिजनकै उत्कृस्ट बलिंग गर्दा दिल्ली विशाल अन्तरले पराजित

चेन्नाई बिरुद्ध बैंगलोरले हरियो जर्सी लगाएर खेल्ने, जान्नुस कारण

IPL : प्ले-अफ पुग्न कुन टिमले के गर्नुपर्छ, हेर्नुस समीकरण

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy