युएईमा जारि १३ औं आईपीएल अन्तर्गत ५३ औं खेलमा किंग्स-११ पन्जाब र चेन्नाई सुपर किंग्स प्रतिस्पर्धा गर्दैछन्। खेल शेख जायद स्टेडियम अबुधाबीमा ३:४५ बजे दिउसो सुरु हुँदैछ।
खेलमा टस जितेर चेन्नाई कप्तान महेन्द्र सिंह धोनीले बलिंग गर्ने निर्णय लिए। टसको क्रममा धोनीले यो खेल चेन्नाईको लागि आफ्नो अन्तिम खेल नहुने बताए। उनले पन्जाब जित्ने परे दबाबमा रहेको बताउदै आफुले पनि जितको लागि शत प्रतिशत दिने बताए।
फिट भए पछि अन्तिम-११ मा फाफ डु प्लेसीले आगमन गरेका छन् भने शेन वाटसनलाई बाहिर राखिएको छ। यस्तै लेग स्पिनर इमरान ताहिरलाई मौका दिंदा मिचेल स्यान्टनरलाई बाहिर राखिएको छ। यस्तै शार्दुल ठाकुरलाई कर्न शर्माको स्थानमा मौका दिईएको छ
चेन्नाईको अन्तिम ११ : रुतुराज गायकवाड, फाफ डु प्लेसी, अम्बाती रायडु, महेन्द्र सिंह धोनी ( कप्तान,विकेटकिपर ) , एन जगदिशन, स्याम करन, रभिन्द्र जडेजा, इमरान ताहिर, शार्दुल ठाकुर, दिपक चाहर, लुंगी एनगीडी

पन्जाब कप्तान राहुलले आफ्नो लागि खेल जित्नु बाहेक अन्य बिकल्प नरहेको बताउदै दबाब नलिंदै खेलको मजा लिनु पर्ने बताए। खेलमा पन्जाबले ग्लेन म्याक्सवेललाई बाहिर राखेको छ जसको स्थानमा अलराउण्डर जिम्मी निशमलाई मौका दिएको छ। यस्तै मायाँक अग्रवाल फिट हुँदै अन्तिम-११ मा फर्किएका छन् भने अर्शदिप सिंह बाहिर बस्नेछन्। राहुलले ब्याट्सम्यानले सुरुवात राम्रो गर्नुपर्नेमा जोड दिए।
पन्जाबको अन्तिम ११ : केएल राहुल ( कप्तान/विकेटकिपर ) , मायाँक अग्रवाल, क्रिस गेल, मन्दिप सिंह, निकोलस पुरन, जेम्स निशम , दिपक हुडा, क्रिस जोर्डन, मुरुगन आश्विन, रभी बिस्नोइ, मोहम्मद शामी
पन्जाब पछिल्लो खेलमा कोलकाता नाइट राइडर्ससंग ८ विकेटले पराजित भएको थियो भने चेन्नाईले पछिल्लो खेलमा कोलकातालाई ६ विकेटले पराजित गरेको थियो।
प्लेअफ सम्भावना जीवित राख्नको लागि पन्जाबले आज चेन्नाई बिरुद्ध खेल जित्ने पर्ने छ भने जित पछि पनि अन्य टिमको नतिजामा भर पर्नुपर्नेछ। चेन्नाई यस अघिनै प्लेअफ रेसबाट बाहिरिसकेको छ।
पन्जाब प्लेअफ पुग्ने समीकरण
– पन्जाबले आज चेन्नाईलाई पराजित गर्ने हो भने नेट रन रेटमा पन्जाब अघि बढ्ने सम्भावना प्रवल हुन्छ किनकि पन्जाबको नेट रन रेट कोलकाता, राजस्थान, बैंगलोर र दिल्ली भन्दा राम्रो रहेको छ।
– दिल्ली र बैंगलोरको हार पछि पन्जाब राम्रो अवस्थामा रहेको छ। दिल्ली र बैंगलोरको भन्दा नेट रन रेट पन्जाबको राम्रो रहेको छ। त्यसैले दिल्ली र बैंगलोर मध्ये पराजित हुने टिम भन्दा पन्जाब नेट रन रेटमा पछि पार्दै प्ले-अफ पुग्न सक्छ
– पन्जाबले चेन्नाईलाई पराजित गर्ने तथा हैदरावादले मुम्बईसंग हार बेहोरेको खण्डमा पनि पन्जाबलाई नेट रन रेटमा अघि बढ्न सहज हुनेछ। त्यो अवस्थामा कोलकाता र राजस्थानको १४ अंक रहेता पनि नेट रन रेटमा पन्जाबलाई पछि पार्ने सम्भावना असम्भव जस्तो छ।
– चेन्नाईसंग पराजित भए पन्जाबको प्ले-अफ सम्भावना समाप्त हुनेछ।
IPL : ४ खेल बाँकी, ३ प्ले-अफ स्थानको लागि ६ टिमको रेस , यस्तो छ समीकरण
टाउकोको उचाइको बललाई ‘नो बल’ नदिएपछि खेलाडी र फ्यानहरु चकित
