‘गर या मर’ को खेलमा हैदरावादद्वारा मुम्बईलाई ब्याटिंगको निम्तो, रोहित शर्मा खेल्ने

१३ औं आईपीएल अन्तर्गत लिग चरणको अन्तिम खेलमा सनराइजर्स हैदरावाद र मुम्बई इन्डीएन्स प्रतिस्पर्धा गर्दैछन्। शारजाह स्टेडियममा हुने खेल ७:४५ बजे राति सुरु हुनेछ।

खेलमा टस जितेर हैदरावादले फिल्डिंग गर्ने निर्णय लिएको छ। हैदरावादले अन्तिम-११ मा एउटा परिवर्तन गरेको छ। प्रियम गर्गलाई अभिषेक शर्माको स्थानमा मौका दिईएको छ।

हैदरावादको अन्तिम ११ : डेभिड वार्नर ( कप्तान ) , रिद्दीमान साहा ( विकेटकिपर ) , मनिष पाण्डे, केन विलियमसन, अब्दुल समद, जेसन होल्डर, प्रियम गर्ग , राशिद खान, शाहबाज नदीम, सन्दिप शर्मा, टि नटराजन

मुम्बईको अन्तिम-११ मा कप्तान रोहित शर्माले पुनरागमन गरेका छन् जसले अघिल्लो घाइते भएपछि अघिल्लो केहि खेल गुमाएका थिए। टसको क्रममा रोहितले आफु फिट भएको बताए। मुम्बईले टिमका मुख्य बलर जस्प्रित बुम्राह र ट्रेन्ट बोल्टलाई आराम दिएको छ। जेम्स प्याटीन्सन र धवल कुलकर्नीले मौका पाएका छन्। रोहित खेल्दा जयन्त यादव पनि बाहिर भएका छन्।

मुम्बईको अन्तिम ११ : रोहित शर्मा ( कप्तान ) , क्विन्टन डीकक, सुर्यकुमार यादव, सौरभ तिवारी, इशान किशन, काइरन पोलार्ड  , हार्दिक पान्ड्या, क्रुनाल पान्ड्या, नाथन कौल्टर नाइल, राहुल चाहर, धवल कुल्कर्नी, जेम्स प्याटीन्सन

दुई टिम बीच अघिल्लो खेलमा मुम्बईले हैदरावादलाई पराजित गरेको थियो

दुई टिम बीच सिजनको पहिलो खेलमा मुम्बईले हैदरावादलाई ३४ रनले पराजित गरेको थियो। मुम्बईले दिएको २०९ रनको लक्ष्य पछ्याउने क्रममा हैदरावादले १७४ रन बनाउन सकेको थियो।

गर या मरको अवस्थामा हैदरावाद

खेलमा हैदरावाद ‘गर या मर’ को अवस्थामा रहेको छ। हैदरावाद विजयी भएको खण्डमा प्लेअफ पुग्नेछ भने पराजित भएको खण्डमा प्रतियोगिताबाट बाहिर हुनेछ। हैदरावाद पराजित भए कोलकाता प्ले-अफ पुग्ने चौथो टिम हुनेछ भने विजयी भए कोलकाता पनि प्रतियोगिताबाट बाहिर हुनेछ। मुम्बईले भने प्लेअफ तथा पहिलो क्वालीफायरमा स्थान पक्का गरिसकेको छ।

पहिले-प्ले अफ खेल मुम्बई इन्डीएन्स र दिल्ली क्यापिटल्स बीच नोभेम्बर ५ तारिखमा खेलिनेछ जसको विजेता फाइनल पुग्नेछ। इलिमीनेटरमा बैंगलोरसंग प्रतिस्पर्धा गर्ने टिमको टुंगो आजको खेलले लाग्नेछ।

यो पनि पढ्नुस : 

https://wicketnepal.com/can-mukhy-prashikshk-suchi-icc-wn20/

“छनौट भयौं खुसि छौँ तर शिर्ष-२ मा पर्न सकेको भए अझ राम्रो हुन्थ्यो” कोहली

“मलाई लाग्दैन यो भन्दा बढी हामीले गर्न सक्थ्यौ, अब जे हुन्छ भगवानको हातमा छ” मोर्गन

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy