IPL को १२ सिजनमा ‘अरेन्ज क्याप’ जित्न सफल ९ खेलाडी

विश्वकै महंगो र चर्चित लिग आईपीएलको १३ औं सिजन समाप्तिको संघारमा छ।  विश्वकै चर्चित खेलाडीहरुले सहभागिता जनाउने लिगमा एकै सिजन धेरै रन बनाउने खेलाडीलाई अरेन्ज क्याप प्रदान गर्ने गरिन्छ। लिगको यस अघि १२ संस्करणमा कुल ९ जना खेलाडीले अरेन्ज क्याप जित्न सकेका छन्। आईपीएल इतिहासमा मात्र ३ जना भारतीय खेलाडीले मात्र ‘अरेन्ज क्याप’ जित्न सकेका छन् भने ६ विदेशी खेलाडीले अरेन्ज क्याप जितेका छन्। त्यसमध्ये पनि एकै खेलाडीले सर्वाधिक ३ पटकसम्म अरेन्ज क्याप जितेको इतिहास रहेको छ। लिग इतिहासको प्रत्येक सिजन अरेन्ज क्याप जित्ने खेलाडीको सूची यहाँ प्रस्तुत गरेका छौँ-

२००८ – शन मार्श (किङ्ग्स-११ पन्जाब)

आईपिएलको सुरुवाती सिजनमा अष्ट्रेलियाका बायाँ हाते ब्याट्सम्यान शन मार्शले अरेन्ज क्याप हात पारेका थिए। किङ्ग्स-११ पन्जाबको प्रतिनिधित्व गर्ने क्रममा उनले सर्वाधिक ६१६ रन बनाएका थिए। उनलाई अक्सनमा कुनै फ्रेन्चाइजले नभित्र्याए पछि पन्जाबले अर्को खेलाडीको प्रतिस्थापनमा मार्शलाई आवद्ध गरेको थियो। मार्शले उक्त सिजन राजस्थान रोयल्स विरुद्ध ११५ रनको शतकीय पारी समेत खेलेका थिए। उनले त्यस सिजन मात्र ११ खेलमा ६८.४४ को औशतमा ६१६ रन प्रहार गरेका थिए। उनले त्यस क्रममा ५३४ रन बनाएका गौतम गम्भीरलाई पछि छाडेका थिए।

२००९ – म्याथु हेडन ( चेन्नाई सुपर किङ्ग्स)

अष्ट्रेलियाका विस्फोटक बायाँ हाते ब्याट्सम्यान हेडनले २००९ को सिजनमा अरेन्ज क्याप जितेका थिए। चेन्नाईको प्रतिनिधित्व गर्दै उनले सर्वाधिक ५७२ रन बनाउने क्रममा १२ खेलमा ६३.०० को औशतमा ब्याटिंग गरेका थिए। उक्त सिजनको आईपिएल दक्षिण अफ्रिकामा आयोजना भएको थियो। हेडनले अर्का अस्ट्रेलियन खेलाडी एडम गिलक्रिस्टलाई पछि पारेका थिए जसले ४९५ रन बनाएका थिए।

२०१० – सचीन तेन्दुलकर (मुम्बई इन्डियन्स)

महान क्रिकेटर सचिन तेन्दुलकरले २०१० मा अरेन्ज क्याप जितेका थिए। सचीनले आफ्नो करिअरमा मात्र १ अन्तर्राष्ट्रिय टि-२० खेलेपनि आईपिएलमा उनी मुम्बई इन्डियन्सको लागि एक सफल खेलाडी हुन्। उक्त सिजन मुम्बईको कप्तानी गर्ने क्रममा सचिनको ब्याटबाट रनको खोला बगेको थियो। ओपनिंग ब्याटिंग गरेका उनले १५ खेलमा ४७.५३ को औशतमा ६१८ रन बनाएका थिए जुन क्रममा ५ वटा अर्धशतक बनाएका थिए। उनि अरेन्ज क्याप जित्ने पहिलो भरतीय क्रिकेटर बन्ने क्रममा ५७२ रन बनाएका ज्याक कालिसलाई पछि पारेका थिए।

२०११ – क्रिस गेल (रोयल च्यालेन्जर्स बैंगलोर)

टि-२० खेलको सर्वोत्कृष्ट खेलाडी मध्यको एक ‘युनिभर्स बोस’ गेलले २०११ को सिजनमा ओरेन्ज क्याप हात पारेका थिए। आईपिएलको सुरुवाती दुई सिजनमा क्रिस गेलको ब्याट शान्त रहेता पनि तेश्रो सिजनमा भने मौनता तोडिएको थियो। उनले उक्त सिजन रोयल च्यालेन्जर्स बैंगलोरको प्रतिनिधित्व गर्ने क्रममा मात्र १२ खेलमा ६७.५५ को औशत र १८३.८३ को अपत्यारिलो औशतमा ६०८ रन बनाएका थिए। यस क्रममा उनले २ शतक र ३ अर्धशतक बनाएका थिए। उनले त्यसक्रममा आफ्नै टिमका ब्याट्सम्यान बिराट कोहलीलाई पछि पारेका थिए जसले ५५७ रन बनाएका थिए।

गेलले २०११ र १२ सिजनमा लगातार २ पटक अरेन्ज क्याप जिते

२०१२ – क्रिस गेल ( रोयल च्यालेनजर्स बैंगलोर ) 

लगातार दोश्रो सिजन अरेन्ज क्याप जित्ने पहिलो ब्याट्सम्यान बन्ने क्रममा गेलले बैंगलोरकै प्रतिनिधित्व गर्ने क्रममा १५ खेलमा ६१.०८ को औशत र १६०.७४ को स्ट्राइक रेटमा ७३३ रन बनाएका थिए। उनले त्यसबेला १२८* रनको अविजित शतकीय इनिंग समेत खेलेका थिए। १ शतक र ७ अर्धशतक बनाएका ओपनिंग ब्याट्सम्यानले अरेन्ज क्यापको दौडमा ५९० रन बनाएका कोलकाताका गौतम गम्भीरलाई पछि पारेका थिए।

२०१३ – माइकल हसी (चेन्नाई सुपर किङ्ग्स)

अष्ट्रेलियाका पूर्व क्रिकेटर हसीले २०१३ मा चेन्नाई सुपर किङ्ग्सको प्रतिनिधित्व गर्ने क्रममा ७३३ रन बनाएका थिए। १७ खेल खेलेका हस्सीले ५२.३५ को औशतमा ६ अर्धशतक प्रहार गरेका थिए। उनको उत्कृष्ट लयको सहयोगमा महेन्द्र सिंह धोनीको नेतृत्वमा रहेको चेन्नाई फाइनलसम्म पुग्न सफल भएको थियो। यद्यपि, फाइनलमा चेन्नाई मुम्बई इन्डियन्ससँग पराजित भएको थियो। उनले त्यो सिजन अरेन्ज क्यापको दौडमा थोरै अन्तरले क्रिस गेललाइ पछि पारेका थिए। लगातार तेश्रो सिजन अरेन्ज क्याप जित्न चुकेका गेलले ७०८ रन बनाएका थिए।

२०१४ – रोबिन उथप्पा (कोलकाता नाइट राइडर्स)

कोलकाता नाइट नाइडर्सका सफल ओपनर उथप्पाले २०१४ को सिजनमा ओरेन्ज क्याप जित्ने क्रममा ६६० रन बनाएका थिए। उक्त सिजन विकेटकिपर ब्याट्सम्यानले १६ खेलमा ४४.०० को औशत र १३७.७८ को स्ट्राइक रेटमा ५ अर्धशतक मद्दतले उक्त रन बनाएका थिए। अरेन्ज क्यापको दौडमा उथप्पाले  ५६६ रन बनाएका चेन्नाई ब्याट्सम्यान ड्वेन स्मिथलाई पछि पारेका थिए। कोलकाताका लागि उल्लेख्य प्रदर्शन गरेका रबिन हाल राजस्थान रोयल्ससँग आवद्ध रहेका छन्।

२०१५ – डेभिड वार्नर (सनराइजर्स हैदराबाद)

वार्नर आईपीएल तिन पटक अरेन्ज क्याप जित्ने एक मात्र खेलाडी हुन्

अष्ट्रेलियाका आक्रमक बायाँ हाते ब्याट्सम्यान डेभिड वार्नरले २०१५ मा अरेन्ज क्याप जित्ने क्रममा सनराइजर्स हैदराबादको प्रतिनिधित्व गर्दै ५६२ रन बनाएका थिए। १४ खेल खेलेका वार्नरले ४३.२३ को औशत र १५६.५४ को स्ट्राइक रेटमा ७ अर्धशतक बनाएका थिए। अरेन्ज क्यापको दौडमा उनले राजस्थान रोयल्सका अजिंके रहाने र मुम्बईका लेन्डल सिमोन्सलाई मात्र २२ रनले पछि छाडेका थिए।

२०१६ – बिराट कोहली (रोयल च्यालेन्जर्स बैंगलोर)

भारतीय टिमका वर्तमान कप्तान कोहलीले आईपीएमा लगातार राम्रो ब्याटिंग गरेता पनि २०१६ मा बल्ल अरेन्ज क्याप जित्न सकेका थिए। बैंगलोरका कप्तानी गर्ने क्रममा बिराटले उक्त सिजन अपत्यारिलो ब्याटिंग गरेका थिए। उनले उक्त सिजन १६ खेलमा ८१.०८ को शानदार औशत र १५२.०३ को स्ट्राइक रेटमा ९७३ रन बनाएका थिए। आईपिएल इतिहासकै सर्वाधिक रनकर्ता कोहलीले त्यसक्रममा एकै सिजन सर्वाधिक रन बनाउने कीर्तिमान आफ्नो नाम गरेका थिए जुन आजसम्म कसैले तोड्न सकेका छैनन्। कोहलीले १६ खेलमा ४ शतक र ७ अर्धशतक बनाएका थिए। अरेन्ज क्याप रेसमा दोश्रो स्थानमा डेभिड वार्नर थिए जसले १७ खेलमा ८४८ रन बनाएका थिए।

२०१७ – डेभिड वार्नर (सनराइजर्स हैदराबाद)

२०१५ र २०१७ गरि २ पटक अरेन्ज क्याप जित्ने क्रिस गेल पछि दोश्रो ब्याट्सम्यान बनेका वार्नरले सनराइजर्स हैदरावादको कप्तानी गर्ने क्रममा १४ खेलमा ६४१ रन बनाएका थिए। ५८.७१ को औशत र १४१.८१ को स्ट्राइक रेटमा वार्नरले सर्वाधिक १२६ रनको शतकिय पारी समेत खेलेका थिए। १ शतक र ४ अर्धशतक बनाएका वार्नरले कोलकाताका गौतम गम्भीर ( ४९८ रन ) लाई पछि पारेका थिए।

२०१८ – केन विलियमसन (सनराइजर्स हैदराबाद)

पछिल्लो सिजन अरेन्ज क्याप जितेका वार्नरलाई दक्षिण अफ्रीकासंगको टेस्ट सिरिजको क्रममा बल टेम्परिङमा आरोपित पाइएपछि १ वर्षको प्रतिबन्ध लगाइएको थियो। त्यसपछि, हैदराबादले कप्तानको जिम्मेवारी वार्नरको स्थानमा न्युजिल्यान्डका कप्तान केन विलियमसनलाई थमाएको थियो। कप्तानीको क्रममा विलियमसनले वार्नरको कमि हुन दिएनन् र शानदार प्रदर्शन गरे। उनले उक्त सिजन १६ खेलमा ७३५ रन बनाएका थिए। टिमलाई फाइनलसम्म पुर्याउन सफल रहेका विलियमसनले ५२.५० को औशत र १४२.४४ को स्ट्राइक रेटमा ८ अर्धशतक बनाएका थिए। अरेन्ज क्याप दौडमा उनले ६८४ रन बनाएका दिल्लीका ब्याट्सम्यान रिशभ पन्तलाई पछि पारेका थिए।

२०१९ – डेविड वार्नर (सनराइजर्स हैदराबाद)

१२ महिनाको प्रतिबन्ध पछि वार्नरले आईपीएलमा शानदार पुनरागमन गरे। उनले हैदराबादको कप्तानी पुनः सम्हाल्ने क्रममा थुप्रै सम्झनलायक पारीहरु खेलेका थिए। कीर्तिमानी तेश्रो पटक अरेन्ज क्याप हात पार्ने क्रममा उनले कुल ६९२ रन बनाएका थिए। १२ खेल खेल्दै उनले ६९.२० को औसत र १४३.८६ को स्ट्राइक रेटले ८ अर्धशतक र १ शतक बनाएका थिए। यस क्रममा वार्नरले ५९३ रन बनाएका पन्जाबका केएल राहुललाई पछि पारेका थिए।

IPL Final : मुम्बईले दिल्लीलाई पराजित गर्दै आईपीएल जित्नसक्ने ५ कारण

IPL इतिहासमा पर्पल क्याप जित्न सफल १० बलर

IPL Final : मुम्बईले दिल्लीलाई पराजित गर्दै आईपीएल जित्नसक्ने ५ कारण

कहाँ छन् नेपालबाट १९९६ मा पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने १४ क्रिकेटर





थप समाचार

पूर्व कप्तान मल्लको उपस्थितिमा द वन्डल्याण्ड दशैं फेस्टिवल भव्य रूपमा सम्पन्न

ललितपुर बुंगमतिमा स्थित ‘द वन्डरल्याण्ड’ The Wonderland मनोरञ्जन पार्कमा दुई दिने दशैं फेस्टिवल भव्य रुपमा सम्पन्न भएको छ। असोज १८ […]

NPL : शक्ति गौचन लुम्बिनी लायन्सको कन्सल्टेन्ट प्रशिक्षक

राष्ट्रिय क्रिकेट टोलीका पूर्व सदस्य शक्ति गौचनलाई नेपाल प्रिमियर लिग (एनपिएल) को सहभागी टोली लुम्बिनी लायन्सले कन्सल्टेन्ट प्रशिक्षक नियुक्त गरेको […]

अस्ट्रेलिया र इंग्ल्यान्ड विजयी सुरुवात

युएईमा जारी महिला टि ट्वान्टी विश्वकपको साबिक विजेता अस्ट्रेलियाले विजयी सुरुवात गरेको छ । अस्ट्रेलियाले शनिवारको पहिलो खेलमा श्रीलंकालाई पराजित […]

दोश्रो अभ्यास खेलमा नेपाल विजयी

क्यानाडामा भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले दोश्रो एकदिवसीय अभ्यास खेलमा क्यानडा हाई परफरमेन्स टिमलाई २० रनले पराजित गरेको छ। पहिलो […]

भारतमाथि न्युजिल्यान्डको फराकिलो जित

युएईमा जारी रहेको महिला टि२० विश्वकपमा न्युजिल्यान्डले भारतलाई फराकिलो अन्तरले पराजित गरेको छ । दुबईमा शुक्रवार भएको दिनको दोस्रो खेलमा […]

ब्याटिङ कोल्याप्स हुदा नेपाल पराजित

ब्याटिङमा फेरी चुक्दा नेपाल क्यानडामा फेरी पनि पराजित भएको छ । नेपाल क्यानडामा भएको ५० ओभरको अभ्यास खेलमा क्यानडा हाईप्रफमेन्ससँग […]