आयो आईपीएलको खेलतालिका, उद्घाटन खेलमा धोनी र कोहलीको भेट

sandeep lamichhane

इन्डियन प्रिमियर लिगको १२ औं संस्करणको खेलतालिका सार्वजनिक भएको छ। प्रतियोगिताको उद्घाटन खेलमा विराट कोहली कप्तानीको रोयल च्यालेन्जर्स बैंगलोर र महेन्द्रसिंह धोनी कप्तानीको चेन्नाई सुपर किंग्स प्रतिस्पर्धा गर्ने भएका छन्।

चेन्नाई गत संस्करणको बिजेता टिम हो। उसले फाइनल खेलमा केन विलियम्सनको कप्तानीमा रहेको सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गर्दै तेस्रो पटक उपाधी जितेको थियो।

मार्च २३ तारिख देखि सुरु हुने प्रतियोगिताको पहिलो २ हप्ताको खेलतालिका मात्र सार्वजनिक गरिएको छ। भारतमा लोकसभाको चुनाब हुने भएकोले त्यसपछीको खेलतालिका भने चुनाबको मिति सार्वजनिक भएपछि मात्र गरिने आईपिएल द्वारा जारि प्रेस वक्तव्यमा जनाइएको छ।

पहिलो २ हप्तामा १७ खेलहरु हुनेछन्। सबै टिमहरुले कम्तिमा ४ खेलहरु खेल्नेछन् भने दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बैंगलोरले सर्वाधिक ५/५ खेल खेल्नेछन्।

नेपाली लेग स्पिनर सन्दिप लामिछाने आबद्द टिम दिल्ली क्यापिटल्सले प्रतियोगिताको आफ्नो पहिलो खेलमा मार्च २४ तारिखमा मुम्बई इन्डियन्सको सामना गर्नेछ। सन्दिपलाई गत संस्करणमा दिल्ली क्यापिटल्स (तत्कालिन दिल्ली डेयरडेभिल्स) ले खेलाडी लिलामी कार्यक्रममा आधार मूल्य भारतीय २० लाखमा खरिद गरेको थियो भने सोहि मूल्यमा यो सिजनको लागि पनि रिटेन गरेको छ।

गत संस्करणमा दिल्लीले १४ खेलबाट ५ खेलमा जित र ९ खेलमा हार व्यहोर्दै १० अंकका साथ अङ्कतालिकाको पुच्छारमा रहेको थियो। सन्दिपले अन्तिमका ३ खेलमा मात्र अवसर पाउँदा ५ विकेट लिएका थिए। त्यस क्रममा उनले पार्थिव पटेल, सुरेश रैना, कायरन पोलार्ड, सूर्यकुमार यादव र क्रुनाल पान्ड्यको विकेट लिएका थिए।

सन्दिप भर्खरै बिग ब्यास लिगको फाइनलमा मेलबर्न स्टार्सको तर्फबाट खेल्दै रेनेगेड्ससँग पराजित हुँदा टिमको अन्तिम एघारमा स्थान बनाउंदै ४ ओभरमा मात्र १६ रन खर्चेका थिए भने हाल पाकिस्तान सुपर लिगमा डेब्युको तयारीमा रहेका छन्। उनको टिम लाहोर कलन्दरले शुक्रबार मुल्तान सुल्तानको सामना गर्नेछ।

(फिचर फोटो: आइपिएल टि२०.कम फाइल)





थप समाचार

आईपीएल : मुम्बई प्लेअफमा, हारसँगै दिल्ली बाहिरियो

काठमाडौँ । मुम्बई इण्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल)को प्लेअफमा पुगेको छ। गएराती सम्पन्न खेलमा मुम्बईले दिल्ली क्यापिटल्सलाई ५९ रनले पराजित […]

नेपाल ७८ रनले पराजित

काठमाडौं । नेपाल आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा घरेलु टोली थाइल्यान्डसँग पराजित भएको छ। बैंककको […]

नेपालको विशाल जितमा दीपेन्द्र र भीमको शतक

काठमाडौं। उपकप्तान दीपेन्द्रसिंह ऐरी र भीम सार्कीको शतकसँगै नेपाल ११ ले मेरिलेबोन क्रिकेट क्लबमाथि विशाल जित हासिल गरेको छ। सोमबार […]

युएईलाई हराउँदै नेपाल महिला विश्वकप ग्लोबल छनोटमा

काठमाडौं। नेपालले एक खेलअगाबै आइसिसी महिला विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ। आइतबार सम्पन्न ‘सुपर थ्री’को पहिलो खेलमा नेपालले संयुक्त […]

आईपीएल : पञ्जाव र गुजरात विजयी

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) पञ्जाव किंग्सले राजस्थान रोयल्सलाई १० रनले पराजित गरेको छ। पञ्जावले दिएको २२० रनको लक्ष्य […]

बर्षाले खेल रद्द हुँदा कोलकोता प्लेअफको दौडबाट बाहिरियो

काठमाडौँ। रोयल च्यालेन्जर्स बैंगलुरु र कोलकोता नाइट राइडर्सबीचको खेल रद्द भएको छ। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बैंगलुरुको चिन्नास्वामी क्रिकेट […]