युएईमा जारि १३ औं आईपीएल अन्तर्गत आइतबार २ खेल खेलिनेछन्। दिनको पहिलो खेलमा ३:४५ बजे अबुधाबी, शेख जायद स्टेडियममा चेन्नाई सुपर किंग्स र किंग्स-११ पन्जाबले प्रतिस्पर्धा गर्नेछन्। दोश्रो खेलमा राति ७:४५ बजे दुबई अन्तर्राष्ट्रिय स्टेडियममा कोलकाता नाइट राइडर्स र राजस्थान रोयल्स बीच प्रतिस्पर्धा हुनेछ।
प्रतियोगिताको लिग चरण अन्त्य तिर आईपुग्दा अब आजको २ खेल सहित मात्र ४ खेल बाँकी रहेको छ। प्ले-अफ सम्भावना जीवित राख्नको लागि आज राजस्थान, कोलकाता र पन्जाबलाई जित अत्यावश्यक रहेको छ। चेन्नाईको प्ले-अफ सम्भावना समाप्त भैसकेको छ। मुम्बईले प्ले अफ तथा शिर्ष-२ स्थान पक्का गरिसकेको छ।
प्ले-अफ पुग्न अझै ६ टिमको सम्भावना जीवितै रहेको छ। लिगमा अब मात्र ४ खेल बाँकी रहेको अवस्थामा प्ले-अफ पुग्न बाँकी ३ स्थानको लागि प्रतिस्पर्धा हुँदैछ। पढ्नुस प्ले-अफ पुग्न कुन टिमले के गर्नुपर्छ –
६ टिम, ४ खेल र ३ प्ले-अफ स्थान, कुन टिमले के गर्नुपर्छ
किंग्स ११ पन्जाब ( खेल १३, अंक १२, नेट रन रेट -०.१३३ , बाँकी खेल – चेन्नाई सुपर किंग्ससंग )
– पन्जाबले आज चेन्नाईलाई पराजित गर्ने हो भने नेट रन रेटमा पन्जाब अघि बढ्ने सम्भावना प्रवल हुन्छ।
– दिल्ली र बैंगलोरको हार पछि पन्जाब राम्रो अवस्थामा रहेको छ। दिल्ली र बैंगलोरको भन्दा नेट रन रेट पन्जाबको राम्रो रहेको छ। त्यसैले दिल्ली र बैंगलोर मध्ये पराजित हुने टिम भन्दा पन्जाब नेट रन रेटमा पछि पार्दै प्ले-अफ पुग्न सक्छ
– पन्जाबले चेन्नाईलाई पराजित गर्ने तथा हैदरावादले मुम्बईसंग हार बेहोरेको खण्डमा पनि पन्जाबलाई नेट रन रेटमा अघि बढ्न सहज हुनेछ। त्यो अवस्थामा कोलकाता र राजस्थानको १४ अंक रहेता पनि नेट रन रेटमा पन्जाबलाई पछि पार्ने सम्भावना असम्भव जस्तो छ।
– चेन्नाईसंग पराजित भए पन्जाबको प्ले-अफ सम्भावना समाप्त हुनेछ।
राजस्थान रोयल्स ( खेल १३, अंक १२ , नेट रन रेट -०.३७७ , बाँकी खेल – कोलकातासंग )
– अन्तिम खेलमा कोलकातालाई पराजित गरेर १४ अंक पुर्याउने , त्यसपछि अन्य टिमको नतिजा आफू अनुरुप जाओस् भन्ने कामना गर्ने
– कोलकातालाई पराजित गरेको खण्डमा तथा पन्जाब र हैदरावादले अन्तिम खेलमा हार बेहोरेको खण्डमा राजस्थान प्ले-अफ पुग्नेछ
– कोलकातालाई पराजित गर्ने तथा पन्जाब अथवा हैदरावादले पनि जित दर्ता गर्ने हो भने नेट रन रेट कमजोर रहेकोले राजस्थानको सम्भावना कमजोर रहेको छ। त्यसैले कोलकाता बिरुद्ध ठुलो अन्तरको जित समेत राजस्थान चाहन्छ।

कोलकाता नाइट राइडर्स ( खेल १३, अंक १२, नेट रन रेट -०.४६७ , बाँकी खेल , राजस्थानसंग )
– कोलकाताले राजस्थानलाई अन्तिम खेलमा पराजित गर्ने र १४ अंक बटुल्ने तथा हैदरावाद र पन्जाबले पनि आफ्नो अन्तिम खेल हार्ने हो भने कोलकाता प्ले-अफ पुग्नेछ
– हैदरावाद र पन्जाबको नेट रन रेट कोलकाता भन्दा निकै माथि हुँदा अंक बराबरी भएको खण्डमा कोलकाताको सम्भावना असम्भव जस्तो रहेको छ।
रोयल च्यालेन्जर्स बैंगलोर ( खेल १३, अंक १४, नेट रन रेट -०.१४५ , बाँकी खेल – दिल्ली क्यापिटल्ससंग )
– दिल्लीसंगको अन्तिम खेल बैंगलोरको लागि अघोषित क्वार्टरफाइनल जस्तै हो। दिल्लीलाई पराजित गरे बैंगलोर प्ले-अफ मात्रै हैन शिर्ष-२ मा मुम्बईसंगको स्थान समेत पक्का गर्नेछ।
– दिल्लीसंग पराजित भएको खण्डमा पनि बैंगलोरको नेट रन रेटमा सम्भावना जिवितै रहन्छ। १४ अंक मात्र भएको अवस्थामा यदी हैदरावाद र पन्जाब दुवैले अन्तिम खेल जितेको खण्डमा भने बैंगलोरको नेट रन रेटमा प्लेअफ पुग्ने सम्भावना छैन। यदी हैदरावाद र पन्जाब मध्ये एउटा टिमले हार बेहोरेको खण्डमा बैंगलोरको नेट रन रेटमा अघि बढ्ने सम्भावना बढी हुन्छ। त्यो अवस्थामा कोलकाता वा राजस्थानको खेलमा विशाल जित नआएको खण्डमा बैंगलोरलाई नेट रन रेटमा अघि बढ्न समस्या हुनेछैन।
– हैदरावाद र पन्जाब दुवैले हार बेहोरेको खण्डमा बैंगलोर नेट रन रेट बिना प्ले-अफ पुग्नेछ।

दिल्ली क्यापिटल्स ( खेल १३, अंक १४, नेट रन रेट -०.१५९, बाँकी खेल – बैंगलोरसंग )
– बैंगलोरसंगको खेल दिल्लीको लागि अघोषित क्वार्टरफाइनल जस्तै हो। जितेको खण्डमा दिल्ली प्ले-अफ तथा मुम्बईसंग शिर्ष-२ मा मुम्बईसंगको स्थान समेत पक्का गर्नेछ।
– बैंगलोरसंग पराजित भएको खण्डमा पनि पन्जाब र हैदरावादले आगामी खेल हार बेहोरेको खण्डमा दिल्ली प्ले-अफ पुग्नेछ।
-१४ अंकमा दिल्ली सिमित भएको खण्डमा, यदी पन्जाब र हैदरावादले जित हात पार्यो भने नेट रन रेटमा दुवै टिमले दिल्लीलाई पछि पार्दै प्ले-अफ पुग्ने सम्भावना प्रवल रहेको छ। कोलकाता र राजस्थानको खेलमा ठुलो अन्तरले टिम विजयी भएको खण्डमा पनि नेट रन रेटमा दिल्लीलाई मुस्किल हुन सक्छ।
सनराइजर्स हैदरावाद ( खेल १३, अंक १२ नेट रन रेट ०.५५५ बाँकी खेल मुम्बईसंग )
– मुम्बईलाई पराजित गरेको खण्डमा हैदरावाद प्लेअफ पुग्नेछ। उत्कृस्ट नेट रन रेट रहेकोले नेट रन रेटमा हैदरावाद अघि बढ्ने छ।
– मुम्बईसंग हार बेहोरेको खण्डमा भने हैदरावाद बाहिरिनेछ।
यो पनि पढ्नुस :-
टाउकोको उचाइको बललाई ‘नो बल’ नदिएपछि खेलाडी र फ्यानहरु चकित
इरफान पठान लंका प्रिमियर लिग खेल्न अनुबन्धित
लगातार तेश्रो हार पछि बैंगलोर कप्तान कोहलीले के भने
दिल्लीको लगातार चौथो हार, सहज जित पछि मुम्बईको शिर्ष-२ स्थान पक्का