IPL 2020 : आज सुरु हुँदै १३ औं आईपीएल ( सम्पूर्ण जानकारी एकै ठाउँमा )

विश्वकै धनि तथा सर्वाधिक चर्चित इन्डिएन प्रिमियर लिग टि-२० ( आईपिएल ) को १३ औं संस्करण शनिवार युएईमा सुरु हुँदैछ। ८ टिम सहभागी हुने प्रतियोगिता नोभेम्बर १० सम्म चल्नेछ। प्रतियोगिताबारे सम्पूर्ण जानकारी एकै ठाउँमा –

सुरु हुने मिति : सेप्टेम्बर १९ , फाइनल : नोभेम्बर १० , कुल खेल : ६० , पुरा खेलतालिका

सहभागी टिमहरु : मुम्बई इन्डीएन्स, चेन्नाई सुपर किंग्स, राजस्थान रोयल्स, दिल्ली क्यापीटल्स, रोयल च्यालेन्जर्स बैंगलोर, सनराइजर्स हैदरावाद, कोलकाता नाइट राइडर्स, किंग्स-११ पन्जाब

कुन टिमको कप्तानी कसले गर्नेछन् ? – मुम्बई ( रोहित शर्मा ) , चेन्नाई ( महेन्द्र सिंह धोनी ) , राजस्थान ( स्टिभ स्मिथ ) , दिल्ली ( श्रेयस ऐयर ) , बैंगलोर ( बिराट कोहली ) , हैदरावाद ( डेभिड वार्नर ) , कोलकाता ( दिनेश कार्तिक ) , पन्जाब – ( केएल राहुल )

उद्घाटन खेलमा को-को खेल्नेछन् र कति बजे सुरु हुने छ ? उद्घाटन खेल मुम्बई इन्डीएन्सचेन्नाई सुपर किंग्स बीच खेलिनेछ। खेल नेपाली समय ७:४५ बजे सुरु हुनेछ।

लाइभ कहाँ हेर्ने ? प्रतियोगिताको प्रत्यक्ष प्रशारण स्टारस्पोर्ट्सले गर्नेछ। अनलाइनमा हटस्टारले गर्नेछ। युट्युब र फेसबुकमा प्रत्यक्ष प्रशारण हुनेछैन।

खेल हुने मैदानहरु : दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम ( दुबई ) , शेख जायद स्टेडियम ( अबु धाबी ) , शारजाह क्रिकेट स्टेडियम ( शारजाह )  २४ खेल दुबईमा, २० खेल अबुधाबीमा तथा १२ खेल शारजाहमा खेलिनेछ। प्ले-अफ र फाइनल खेल कहाँ हुनेछ घोषणा गरिएको छैन।

आईपीएलको १२ सिजनको विजेता टिमहरु को-को हुन् ? 

मुम्बई इन्डीएन्स – ४ पटक ( २०१३, २०१५ , २०१७ , २०१९ ) , चेन्नाई सुपर किंग्स – ३ पटक ( २०१० , २०११ , २०१८ ) , कोलकाता नाइट राइडर्स – २ पटक ( २०१२ र २०१४ ) ,डेक्कन चार्जर्स – १ पटक ( २००९ ) ,सनराइजर्स हैदरावाद – १ पटक ( २०१६ ) , राजस्थान रोयल्स – १ पटक ( २००८ )

लिगको इतिहासमा सबैभन्दा धेरै रन बनाउने ब्याट्सम्यानहरु को-को हुन् ? 

१. विराट कोहली – ५,३६८ रन , २. सुरेश रैना – ५,३६८ रन , ३. रोहित शर्मा – ४८९८ रन, ४. डेभिड वार्नर – ४,७०६ रन , ५. शिखर धवन – ४,५७९ रन , ६. क्रिस गेल – ४,४८४ रन, ७. महेन्द्र सिंह धोनी – ४,४३२ रन , ८. रोबिन उथप्पा – ४,४११ रन, ९. ए बि डी भिल्लीयर्स  ४,३९५ रन, १०. गौतम गम्भीर – ४,२१७ रन

लिगको इतिहासमा सबैभन्दा धेरै विकेट लिने बलरहरु को-को हुन् ? 

१. लासिथ मालिंगा – १७० विकेट, २. अमित मिश्रा – १५७ विकेट , ३. हरभजन सिंह – १५० विकेट , ४. पियुष चावला – १५० विकेट , ५. ड्वेन ब्राभो – १४७ विकेट , ६. भुवनेश्वर कुमार – १३३ विकेट , ७. रभीचन्द्रन आश्विन – १२५ विकेट , ८. सुनिल नारायण – १२२ विकेट , ९. उमेश यादव – ११९ विकेट , १०. रभिन्द्र जडेजा – १०८ विकेट

कुन सिजन कुन खेलाडीले पर्पल क्याप जितेका थिए ?

२००८ – सोहेल तन्विर ( राजस्थान रोयल्स ) –  २२ विकेट , २००९ – आरपी सिंह ( डेक्कन चार्जर्स ) – २३ विकेट  , २०१० – प्रज्ञान ओझा ( डेक्कन चार्जर्स ) – १८ विकेट  , २०११ – लासिथ मालिंगा ( मुम्बई इन्डीएन्स – २८ विकेट  , २०१२ – मोर्ने मोर्केल ( दिल्ली डेयर डेभिल्स ) – २५ विकेट , २०१३ – ड्वेन ब्राभो ( चेन्नाई सुपर किंग्स ) – ३२ विकेट , २०१४ , मोहित शर्मा ( चेन्नाई ) – २३ विकेट , २०१५ – ड्वेन ब्राभो ( चेन्नाई ) २६ विकेट , २०१६ र २०१७ भुवनेश्वर कुमार ( सनराइजर्स हैदरावाद ) , २३ विकेट र २६ विकेट , २०१८ – एन्ड्रयु टाइ ( किंग्स-११ पन्जाब ) – २४ विकेट , २०१९ – इमरान ताहिर ( चेन्नाई ) – २६ विकेट

कुन सिजन कुन खेलाडीले अरेन्ज क्याप जितेका थिए ?

२००८ – शन मार्श ( पन्जाब ) – ६१६ रन , २००९ – म्याथु हेडन ( चेन्नाई सुपर किङ्ग्स) – ५७२ रन , २०१० – सचिन तेन्दुलकर (मुम्बई इन्डियन्स) – ६१८ रन , २०११, २०१२ – क्रिस गेल ( रोयल च्यालेन्जर्स बैंगलोर ) – ६०८ रन र ७३३ रन , २०१३ – माइकल हसी (चेन्नाई सुपर किङ्ग्स) – – ७३३ रन , २०१४ – रोबिन उथप्पा (कोलकाता नाइट राइडर्स) – ६६० रन , २०१५, २०१७ र २०१९ – डेभिड वार्नर (सनराइजर्स हैदराबाद) – ५६२ रन, ६४१ रन र ६९२ रन , २०१६ – बिराट कोहली (रोयल च्यालेन्जर्स बैंगलोर) – ९७३ रन , २०१८ – केन विलियमसन (सनराइजर्स हैदराबाद) – ७३५ रन

यो पटक कुन टिममा को-को खेलाडीहरु छन् ? 

१. मुम्बई इन्डियन्स  (Mumbai Indians) शर्मा ( कप्तान ), आदित्य तारे, अनमोलप्रीत सिंह, ईशान किशान, क्विंटन डिकक (✈️), सूर्य कुमार यादव, हार्दिक पान्ड्या , जयन्त यादव, काइरन पोलार्ड(✈️), क्रुनल पान्ड्या, शेरफन रदरफर्ड(✈️), अनुकूल रोय, धवल कुलकर्णी, जसप्रीत बुमराह, जेम्स प्याटिन्सन(✈️), मिचेल म्याक्क्लेनेघन(✈️), राहुल चाहार, ट्रेन्ट बोल्ट(✈️), क्रिस लिन(✈️), सौरभ तिवारी, न्याथन कुल्टर नाइल(✈️), मोहसिन खान, बलवंत सिंह र दिग्विजय देशमुख।

२. चेन्नई सुपर किंग्स (Chennai Super Kings) महेन्द्र सिंह धोनी ( कप्तान ), अंबाती राएडु, दीपक चाहार, रवींद्र जडेजा, शेन वाटसन(✈️), फाफ डुप्लेसिस(✈️), केएम आसिफ, ड्वेन ब्राभो(✈️), इमरान ताहिर(✈️), जगदीशन नारायण, कर्न शर्मा, केदार जाधव, लुंगी एन्गिडि(✈️), मिचेल स्यान्टनर(✈️), मोनू सिंह, मुरली विजय, रितुराज गायकवाड़, शार्दुल ठाकुर, स्याम करन(✈️), पीयुष चावला, जोश हेजलवुड(✈️) र साइ किशोर।

३. कोलकाता नाइट राइडर्स (Kolkata Knight Riders) दिनेश कार्तिक ( कप्तान ), आंद्रे रसल(✈️), सुनील नारायण(✈️), कुलदीप यादव, शुभमन गिल, लकी फर्गुसन(✈️), नितीश राणा, रिंकू सिंह, प्रसिद्ध कृष्णा, संदीप वारियर, अलि खान(✈️), कमलेश नागरकोटी, शिवम माभी, सिद्धेश लाड, प्याट कमिन्स(✈️), ओएन मोर्गान(✈️), टम ब्यान्टन(✈️), राहुल त्रिपाठी, वरुण चक्रवर्ती, क्रिस ग्रीन(✈️), एम सिद्धार्थ र निखिल नायक ।

४. सनराइजर्स हैदराबाद (Sunrisers Hyderabad) डेभिड वार्नर(✈️) ( कप्तान ), जोनी बेयरस्टो(✈️), केन विलियमसन(✈️), मनीष पांडे, श्रीवत्स गोस्वामी, रिद्धिमन साहा, अभिषेक शर्मा, मोहम्मद नावी(✈️), विजय शंकर, बसिल थम्पी(✈️), भुवनेश्वर कुमार, बिली स्ट्यानलेक(✈️), खलील अहमद, राशिद खान, संदीप शर्मा, शाहबाज नदीम, सिद्धार्थ कौल, टी नटराजन, विराट सिंह, प्रियाम गर्ग, मिचेल मार्श(✈️), बी संदीप, फाबियन एलेन(✈️), संजय यादव र अब्दुल समद।

५. राजस्थान रोयल्स  (Rajasthan Royals) स्टिभ स्मिथ(✈️) ( कप्तान ), जस बटलर(✈️), मनन वोहरा, रियान पराग, संजू स्यामसन, शशांक सिंह, बेन स्टोक्स(✈️), महिपाल लोमरोर, अंकित राजपूत, जोफ्रा आर्च(✈️)र, मयंक मारकन्डे, राहुल तेवातिया, श्रेयस गोपाल, वरुण एरोन, जयदेव उनादकट, यशस्वी जयसवाल, रबिन उथाप्पा, कार्तिक त्यागी, आकाश सिंह, अनुज रावत, अनिरुद जोशी, डेभिड मिलर(✈️), ओशेन थोमस, एन्ड्रु टाइ(✈️) र टम करन(✈️) ।

६. दिल्ली क्यापिटल्स  (Delhi Capitals ) श्रेयस अयर ( कप्तान ), पृथ्वी शा, रिषभ पंत, शिखर धवन, अक्षर पटेल, कीमो पल(✈️), अमित मिश्रा, आवेश खान, हर्शल पटेल, इशांत शर्मा, कागिसो रबाडा(✈️), सन्दिप लामिछाने(✈️), आर. अश्विन, अजिंक्य रहाने, एलेक्स केरी(✈️), शिमरन हेटमायर(✈️), एनरिक नोर्किया(✈️), ड्यानीयल स्याम्स(✈️) , मार्कस स्टोइनिस(✈️), मोहित शर्मा, ललित यादव र तुषार देशपांडे।

७. किंग्स-११ पंजाब  (Kings XI Punjab) केएल राहुल ( कप्तान ), करुण नायर, मंदीप सिंह, मयंक अग्रवाल, निकोलस पूरन(✈️), सरफराज खान, क्रिस गेल(✈️), दर्शन नालकंडे, हरप्रीत बरार, कृष्णप्पा गौतम, अर्शदीप सिंह, हरदूस विलज्योन(✈️), जे सुचिथ, मोहम्मद शमी, मुजीब उर रहमान, मुरगन अश्विन, ग्लेन म्याक्सवेल(✈️), शेल्डन कटरेल(✈️), क्रिस जोर्डन(✈️), रवि बिश्नोई, प्रभसिमरन सिंह, दीपक हुडा, जेम्स नीशम(✈️), तजिंदर ढिल्लोन र ईशान पोरेल।

८. रोयल च्यालेन्जर्स बैंगलोर (Royal Challengers Banglore ) बिराट कोहली ( कप्तान ) , एबी डिभीलियर्स(✈️), देवदत्त पडिकल, पार्थिव पटेल, गुरकीरत सिंह, मोइन अली(✈️), पवन नेगी, वासिंगटन सुन्दर, सिभम दुबे, मोहम्मद सिराज, नवदीप सैनी, उमेश यादव, युज्भेंद्र चाहल, क्रिस मोरिस(✈️), पवन देशपांडे, आरोन फिंच(✈️), जोशुवा फिलीपे(✈️), शाहबाज अहमद, एडम जम्पा(✈️), डेल स्टेन(✈️) र इसुरु उदाना(✈️)।

यो पनि पढ्नुस :- 

IPL Match-1 : मुम्बई र चेन्नाईमा को बलियो ? 

IPL 2020 : कस्तो छ डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डीएन्स टिम

IPL 2020 : कस्तो छ धोनीको टिम चेन्नाई सुपर किंग्स

IPL : सबै ८ टिमले बनाएको सर्वाधिक र न्यून योगफल





थप समाचार

नामिबियामाथि स्कटल्यान्डको सहज जित

काठमाडौं । नामिबियामाथि स्कटल्यान्डले विश्वकप लिग टू सिरिज अन्तर्गतको खेलमा सहज जित हात पारेको छ । लिग टू सिरिज अन्तर्गत […]

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]