टस हारेर चेन्नाईले ब्याटिंग गर्ने, पोलार्ड मुम्बईको कप्तान, ताहिरले बल्ल पाए मौका

युएईमा जारी १३ औं संस्करणको आईपिएल अन्तर्गत शुक्रबार ४१ औं खेलमा महेन्द्र सिंह धोनी कप्तानीको चेन्नाई सुपर किङ्ग्सले रोहित शर्मा कप्तानीको मुम्बई इण्डियन्सको सामना गर्दैछ। ९ खेलमा ६ जित र ३ हारपछि १२ अंक बटुल्दै मुम्बई अंकतालिकाको तेस्रो स्थानमा छ। यस्तै, १० खेलमा मात्र ३ जित र ७ हारपछि ६ अंकसहित चेन्नाई अंकतालिकाको पुछारमा छ। चेन्नाई इतिहासमै पहिलो पटक लिग स्टेजबाटै बाहिरिने त्रासमा रहेको छ । चेन्नाईलाई शिर्ष-४ मा रहने सम्भावना जीवित राख्न आज सहित बाँकी ४ खेल जित्नैपर्ने हुन्छ भने त्योसंगै अन्य टिमको नतिजामा निर्भर रहनुपर्ने छ। तेस्रो स्थानमा रहेको मुम्बई आज जित दर्ता गरे पुनः अंकतालिकाको शिर्ष स्थानमा पुग्दै प्लेअफ सम्भावना लगभग निश्चित गर्नेछ। खेल नेपाली समय अनुसार रातिको ७:४५ बजे शारजाह क्रिकेट स्टेडियममा सुरु हुनेछ।

टस जितेर मुम्बईले फिल्डिंग रोज्यो 

खेलमा टस जितेर मुम्बईले फिल्डिंग रोजेर चेन्नाईलाई ब्याटिंगको निम्तो दिएको छ। रोहित शर्मा पन्जाबसंगको खेलमा घाइते भए पछि आज मुम्बईको कप्तानी काइरन पोलार्डले गर्ने छन्। देब्रे खुट्टाको ह्याम्सट्रिन्ग इन्जुरीका कारण रोहित खेल्न नसकेका हुन्। पोलार्डका अनुसार रोहितको अवस्था राम्रो सुधार भैरहेको छ। टसको क्रममा पोलार्डले आफ्नो टिमको उद्देश्य पहिले प्लेअफ पुग्ने जसको लागि राम्रो क्रिकेट खेल्नुपर्ने बताए।

रोहित शर्माको स्थानमा मुम्बईले सौरभ तिवारीलाई मौका दिएको छ। देब्रे हाते ब्याट्सम्यान तिवारीले यस अघि २ खेलमा मौका पाएका थिए जुन क्रममा चेन्नाई बिरुद्ध ४२ र कोलकाता बिरुद्ध २१ रन बनाएका थिए।

मुम्बईको अन्तिम ११ : सौरभ तिवारी  , क्विन्टन डीकक ( विकेटकिपर ) , सुर्यकुमार यादव, इशान किशन, कायरन पोलार्ड ( कप्तान ), हार्दिक पान्ड्या, क्रुनाल पान्ड्या, नाथन कुल्टर नाइ, राहुल चाहर, ट्रेन्ट बोल्ट, जस्प्रित बुम्राह

इमरान ताहिरले गत सिजन सर्वाधिक विकेट लिंदै पर्पल क्याप जितेका थिए

चेन्नाई कप्तान धोनीले टसको क्रममा आफुले पनि बलिंग गर्न चाहेको बताए। उनले टसको क्रममा कुरा गर्दै टिमको तयारी तथा खेलाडीहरुले आवस्यक परेको बेला जिम्मेवारी देखाउन नसकेको बताए।

चेन्नाईले टिममा ३ वटा परिवर्तन गरेको छ। शेन वाटसन, पियुष चावला र केदार जाधबलाई बाहिर राखिएको छ। रुतुराज गायकवाड, एन जगदिशन तथा इमरान ताहिरले मौका पाएका छन्। ताहिरले सिजनमा पहिलो पटक मौका पाएका हुन् जो गत सिजन लिगको सर्वाधिक विकेटकर्ता थिए।

चेन्नाईको अन्तिम ११ :  रुतुराज गायकवाड, फाफ डुप्लेसिस, अम्बाती रायडु, एन जगदिशन, महेन्द्र सिंह धोनी (विकेटकिपर/कप्तान), स्याम करन, रविन्द्र जडेजा, इमरान ताहिर,जोस हेजलउड, दिपक चहार, शार्दुल ठाकुर

IPL : चेन्नाई अझै प्लेअफ पुग्न सक्छ ? पढ्नुस कसरि

बलियो मुम्बई बिरुद्ध चेन्नाईलाई ‘गर या मर’ को स्थिति

हृदयघातपछि पूर्व भारतीय कप्तान कपिल देव अस्पताल भर्ना

आईसीसीले राख्यो नेपालको क्रिकेट खेल्दै गरेको मनमोहक तस्विर

IPL : रोचक बन्दै प्ले-अफ दौड

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy