राजस्थानद्वारा चेन्नाई १२५ मै सिमित

युएईमा जारी १३ औं संस्करणको आईपिएल अन्तर्गत सोमबार ३७ औं खेलमा महेन्द्र सिंह धोनी कप्तानीको चेन्नाई सुपर किङ्ग्स र स्टिभ स्मिथ कप्तानीको राजस्थान रोयल्सबीच प्रतिस्पर्धा भैरहेको छ।

शेख जायद स्टेडियम अबुधाबीमा जारि खेलमा टस जितेर ब्याटिंग गरेको चेन्नाईले २० ओभरमा ५ विकेट गुमाएर १२५ रन बनाउदै राजस्थानलाई १२६ रनको लक्ष्य प्रस्तुत गरेको छ।

चेन्नाईको ब्याटिंगमा रभिन्द्र जडेजाले सर्वाधिक अविजित ३५ रन बनाए जुन क्रममा ३० बलमा ४ चौका प्रहार गरे। महेन्द्र सिंह धोनीले २८, स्याम करनले २२, अम्बाती रायडुले १३, फाफ डु प्लेसीले १० तथा शेन वाटसनले ८ रन बनाए। धोनीले चेन्नाई सुपर किंग्सको लागि ४ हजार रन पुरा गरे।

चेन्नाईको सुरुवात राम्रो हुन सकेन। ओपनर डु प्लेसीलाई तेश्रो ओभरमा आर्चरले क्याच आउट गराए। चौथो ओभरमा वाटसनकार्तिक त्यागिबाट क्याच आउट भए। त्यसपछि ओपनर स्याम करनले अम्बाती रायडुसंग २७ रनको साझेदारी गरे। नवौं ओभरमा करनलाई श्रेयस गोपालले क्याच आउट गराए। लगत्तै ओभरमा रायडुलाई राहुल तेवतियाले क्याच आउट गराए।

रभिन्द्र जडेजाले सर्वाधिक ३५ रन बनाए

१० ओभरमा ५६/४ को अवस्थाबाट कप्तान धोनी र रभिन्द्र जडेजाले अर्धशतकीय साझेदारी गर्दै टिमक योगफल १०० पार गराए। १८ औं ओभरमा २ रन लिने क्रममा धोनीलाई आर्चरले रन आउट गरे। त्यसपछि जडेजाले केदार जाधबसंग १८ रनको साझेदारी गर्दै अविजित रहे।चेन्नाईले अन्तिम ५ ओभरमा १ विकेट मात्र गुमाएता पनि मात्र ३६ रन बनाउन सक्यो।

राजस्थानको बलिंगमा जोफ्रा आर्चर ( ४-०-२०-१ ) , कार्तिक त्यागि ( ४-०-३५-१ ) ,श्रेयस गोपाल ( ४-०-१४-१ ) र राहुल तेवतिया ( ४-०-१८-१ ) ले समान १ विकेट लिए। बेन स्टोक्स ( ३-०-२७-० ) विकेटविहिन रहे।

दुबै टोलि ९ खेलमा ६ अंक बटुल्दै नेट रन रेटको आधारमा सातौं (चेन्नाई) र आठौं स्थानमा (राजस्थान) छन्। शिर्ष-४ मा आफ्नो स्थान सुनिश्चित गर्न दुबै टोलिले आगामी ५ खेल जित्नै पर्ने हुन्छ। ४ खेल जितेको खण्डमा कुल १४ अंक हुनेछ र शिर्ष-४ मा पर्न अन्य टोलिको नतिजामा निर्भर रहनु पर्नेछ।

पछिल्लो भेट :- लिग अन्तर्गत चौथो खेलमा यी दुई टोलिबीच प्रतिस्पर्धा भएको थियो जसमा राजस्थान १६ रनले विजयी भएको थियो। पहिले ब्याटिंग गरेको राजस्थानले २१७ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो जुन पछ्याउने क्रममा चेन्नाईले मात्र २०० रन बनाउन सकेको थियो।

“शामी ६ वटै बल योरकर गर्नेमा स्पस्ट थिए” पन्जाब कप्तान राहुल

आईपीएल इतिहासमै पहिलो पटक एकै दिन ३ वटा सुपर ओभर

IPL : सिजनमा ५ सय रन पुरा गर्दै राहुलले बनाए ठूलो कीर्तिमान

फर्गुसनले घातक बलिंग गर्दा सुपर ओभरमा कोलकाताद्वारा हैदरावाद पराजित





थप समाचार

स्कटल्याण्डका माइकल लिस्क पोखरा एभेन्जर्समा अनुबन्ध

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले स्कटल्याण्डका क्रिकेटर माइकल लिस्कलाई टाेलीमा अनुबन्ध गरेकाे छ । […]

काठमाडौं गुर्खाजको ‘ट्यालेन्ट हन्ट’ कार्यक्रम सुरु

मंगलबार बालुवाटारस्थित क्रिकेट एक्सिलेन्स सेन्टर (सिइसी) मा सम्पन्न पहिलो दिनको छनोटमा उल्लेखनिय खेलाडीको सहभागिता थियो । काठमान्डौंका प्रमुख कार्यकारी अधिकृत […]

सुदूरपश्चिम रोयल्सको एन्थम र जर्सी सार्वजनिक

सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) का लागि मंगलवार जर्सी र टिम एन्थम सार्वजनिक गरेको छ । टोलीका‌ मालिक स्वतन्त्र […]

विराटनगर किंग्सको ट्यालेन्ट हन्ट झापामा सम्पन्न

नेपाल प्रिमियर लिग (एनपीएल) का लागि विराटनगर किंग्सको ट्यालेन्ट हन्ट कार्यक्रम मंगलबार झापामा सम्पन्न भएको छ । टिमले कोशी प्रदेशका […]

पुजाको अलराउण्ड प्रदर्शनमा नेपालको जित

काठमाडौं । युएईमा जारी महिला यु १९ टि २० विश्वकप एसिया छनोटमा कप्तान पूजा महतोको अलराउण्ड प्रदर्शनमा नेपालले कुवेतलाई पराजित […]

यु-१९ विश्वकप छनोटको पाँचौ खेलमा नेपाल कुवेतसँग खेल्दै

काठमाडौं । युएईमा जारी महिला यु-१९ टि-२० विश्वकपको एसिया छनोटमा नेपालले पाँचौं खेलमा कुवेतको सामना गर्दैछ । खेल युएईको अजमानमा […]