युएईमा जारी १३ औं संस्करणको आईपिएल अन्तर्गत बुधबार ३० औं खेलमा श्रेयस अय्यर कप्तानीको दिल्ली क्यापिटल्सले स्टिभ स्मिथको कप्तानीको राजस्थान रोयल्स प्रतिस्पर्धा गरिरहेका छन्।
दुबई अन्तर्राष्ट्रिय स्टेडियममा टस जितेर ब्याटिंग गरेको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६१ रन बनाउदै राजस्थानलाई १६२ रनको लक्ष्य प्रस्तुत गरेको छ।
दिल्लीको लागि शिखर धवनले सर्वाधिक ५७ तथा श्रेयस ऐयरले ५३ रन बनाए। धवनले लगातार दोश्रो अर्धशतक बनाउने क्रममा ३३ बलमा ६ चौका र २ छक्का हिर्काए। उनले अघिल्लो खेलमा मुम्बई बिरुद्ध अविजित ६९ रन बनाएका थिए। ऐयरले पनि सिजनको दोश्रो अर्धशतक बनाएका हुन् जुन क्रममा ४३ बलमा ३ चौका र २ छक्का हिर्काए। ऐयरले यस अघि कोलकाता बिरुद्ध अविजित ८८ र बनाएका थिए। मार्कस स्टोइनिसले १८, एलेक्स केरीले १४ तथा अक्षर पटेलले ७ रन बनाए।
दिल्लीको सुरुवात खराब रह्यो। ओपनर पृथ्वी शलाई जोफ्रा आर्चरले पहिलो बलमै बोल्ड गरे। आर्चरले तेश्रो ओभरमा दोश्रो विकेट पनि लिने क्रममा ९ बलमा २ रन बनाएका अजिंक्य रहानेलाई उथप्पाबाट क्याच आउट गराए।
१०/२ को अवस्थाबाट ओपनर धवन र कप्तान श्रेयस ऐयरले ८५ रनको साझेदारी गरे। १२ औं ओभरमा धवनलाई श्रेयस गोपालले क्याच आउट गराएर साझेदारी तोडे। त्यसपछि ऐयर र स्टोइनिसले ३७ रनको साझेदारी गरे। १६ औं ओभरमा कार्तिक त्यागिले ऐयरलाई आर्चरबाट क्याच आउट गराए। त्यसपछि १९ औं ओभरमा स्टोइनिसलाई आर्चरले तेश्रो शिकार बनाए। अन्तिम ओभरमा एलेक्स केरी र अक्षर पटेललाई जयदेव उनदकतले क्याच आउट गराए।
राजस्थानको बलिंगमा जोफ्रा आर्चरले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४ ओभरमा मात्र २० रन खर्चिए। उनले पृथ्वी श, रहाने र स्टोइनिसको विकेट लिए। जयदेव उनदकतले २ विकेट लिए जुन क्रममा ३ ओभरमा ३२ रन खर्चिए।
कार्तिक त्यागि ( ४-०-३०-१ ) , श्रेयस गोपाल ( ४-०-३१-१ ) ले समान १ विकेट लिए। राहुल तेवतिया ( ३-०-२३-० ) र बेन स्टोक्स ( २-०-२४-० ) विकेटविहिन रहे।
७ खेलमा ५ जित हात पारेको दिल्ली १० अंकसहित अंकतालिकाको दोस्रो स्थानमा छ। आज जित हात पार्दै दिल्लीलाई शिर्ष स्थानमा उक्लने अवसर छ। समान ७ खेल खेलेको राजस्थान ३ जित र ४ हारपछि अंकतालिकाको सातौं स्थानमा छ। आज जित हात पार्दै राजस्थान अंकतालिकामा अघि बढ्न चाहन्छ।
IPL : चोटले छोडेन दिल्लीलाई, कहिले खेल्छन् पन्त
IPL : धोनीले त्यस्तो के गरे, जसपछि अम्पायरले निर्णयनै परिवर्तन गरे
डी भिल्लीयर्सलाई अन्तर्राष्ट्रिय क्रिकेटमा फर्कन भारतीय मुख्य प्रशिक्षकको आग्रह
निको भए गेल, बैंगलोर बिरुद्ध गेल खेल्ने सम्भावना प्रवल, कसलाई गर्लान् प्रतिस्थापन
IPL : बैंगलोर बिरुद्ध कोलकाताले सुनिल नारायणलाई किन खेलाएन