मुस्किलमा मोर्गन र कमिन्सले उत्कृस्ट साझेदारी गर्दा कोलकाताले बनायो १४८

युएईमा जारी १३ औं संस्करणको आईपिएल अन्तर्गत शुक्रबार ३२ औं खेलमा रोहित शर्माको कप्तानीमा मुम्बई इन्डियन्स र ओएन मोर्गनको कप्तानीमा रहेको कोलकाता नाइट राइडर्स प्रतिस्पर्धा गरिरहेका छन्।

शेख जायद स्टेडियम अबुधाबीमा टस जितेर ब्याटिंग रोजेको कोलकाताले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १४८ रन बनाउदै मुम्बईलाई १४९ रनको लक्ष्य प्रस्तुत गरेको छ।

कोलकाताको लागि प्याट कमिन्सले सर्वाधिक ५३ रन बनाए जुन क्रममा ३६ बलमा ५ चौका र २ छक्का प्रहार गरे। आईपीएलमा कमिन्सको यो पहिलो अर्धशतक हो। यस्तै नवनियुक्त  कप्तान ओएन मोर्गनले २९ बलमा ३९ रन बनाए जुन क्रममा २ चौका र २ छक्का प्रहार गरे।

प्याट कमिन्सले लिगमा पहिलो अर्धशतक बनाए

कमजोर सुरुवात गरेको कोलकाताले पहिलो ५ विकेट ६१ रनको योगफलमा गुमाउन पुग्यो। शुबमन गिल २१ , राहुल त्रिपाठी ७, नितिश राना ५, दिनेश कार्तिक ४ तथा आन्द्रे रसेल १२ रन बनाएर आउट भए।

छैठौं विकेटको लागि कप्तान ओए मोर्गन र प्याट कमिन्सले उत्कृस्ट साझेदारी गरे जुन क्रममा ५६ बलमा ८७ रन बनाउदै टिमलाई प्रतिस्पर्धात्मक योगफलसम्म पुर्याए। यस क्रममा अन्तिम ५ ओभरमा दुवैले ५३ रन बनाए।

१८ औं ओभरमा कमिन्सको क्याच विकेटकिपर क्विन्टन डीककले छोडेपछि कमिन्सले त्यसको भरपुर फाइदा उठाए। १९ औं ओभरमा कमिन्सले बोल्टलाई १ चौका र १ छक्का प्रहार गरे। अन्तिम ओभरको पहिलो बलमा नाथन कौल्टर नाइललाई चौका प्रहार गर्दै उनले अर्धशतक पुरा गरेका थिए। अन्तिम ओभरमा ओएन मोर्गनले तेश्रो र अन्तिम बलमा छक्का हिर्काएका थिए।

राहुल चाहरले २ विकेट लिए

मुम्बईको बलिंगमा लेग स्पिनर राहुल चाहरले सर्वाधिक २ विकेट ( ४-०-१८-२ ) लिए जुन क्रममा शुबमन गिल र दिनेश कार्तिकको विकेट लिए। जस्प्रित बुम्राह ( ४-०-२२-१ ) , ट्रेन्ट बोल्ट ( ४-०-३२-१ ) , नाथन कौल्टर नाइल ( ४-०-५१-१ ) ले समान १ विकेट लिए। क्रुनाल पान्ड्या ( ४-०-२३-० ) विकेटविहिन रहे।

७ खेलमा १० अंकसहित मुम्बई अंकतालिकाको दोस्रो स्थानमा छ भने समान खेल खेलेको कोलकाता ४ जित र ३ हारपछि ८ अंक बटुल्दै अंकतालिकाको चौथो स्थानमा छ। मुम्बईलाई आजको खेलमा जित हात पार्दै शिर्ष स्थानमा उक्लने मौका छ। कोलकाता आज विजयी भएको खण्डमा तेस्रो स्थानमा उक्लने छ भने प्ले-अफ खेल्ने सम्भावना मजबुत हुनेछ।





थप समाचार

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]

एम. एम. कप बैशाख १३ गते देखि हुने

मनमोहन मेमोरियल कप (एम.एम. कप) फाउण्डेशनले आयोजना गर्ने तेस्रो संस्करणको राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिता ‘एम.एम. कप सिजन ३’ को […]

लिग-२ का लागि क्यानले घोषणा गर्यो ‘कोर क्याम्प’

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने आइसिसी क्रिकेट विश्वकप लिग-२ शृंखलाको तयारीका लागि ‘कोर क्याम्प’को […]