दिल्ली बिरुद्ध चेन्नाईले पहिले ब्याटिंग गर्ने, अन्तिम-११ मा को-को छन्

आईपीएल २०२० अन्तर्गत शनिवारको दोश्रो तथा लिगको ३४ औं खेलमा दिल्ली क्यापिटल्स र चेन्नाई सुपर किंग्स प्रतिस्पर्धा गर्दैछन्।

हालसम्म दुबै टोलिले समान ८ खेल खेलिसकेका छन्। ८ खेलमा ६ जितसहित १२ अंक बटुल्दै दिल्ली अंकतालिकाको शिर्ष स्थानमा छ भने ५ हार र ३ जितपछि चेन्नाई ६ अंक बटुल्दै अंकतालिकाको छैटौं स्थानमा छ। दिल्ली आज जित हात पार्दै शिर्ष स्थानमा यथावत रहन चाहन्छ। चेन्नाईलाई आज जित हात पार्दै चौथौं स्थानमा उक्लने मौका छ।

टस जितेर चेन्नाईले ब्याटिंग गर्ने 

खेलमा टस जितेर चेन्नाई कप्तान महेन्द्र सिंह धोनीले ब्याटिंग गर्ने निर्णय गरेका छन्। टिममा चेन्नाईले एउटा परिवर्तन गरेको छ। लेग स्पिनर पियुष चावलालाई बाहिर राखेर केदार जाधबलाई मौका दिईएको छ।

चेन्नाईको अन्तिम ११ :- शेन वाटसन, फाफ डुप्लेसिस, अम्बाती रायडु, केदार जाधब , महेन्द्र सिंह धिनी, स्याम करन, रविन्द्र जडेजा, ड्वेन ब्राभो, दिपक चहार, शार्दुल ठाकुर, कर्ण शर्मा

घाइते भएका दिल्ली कप्तान श्रेयस ऐयर खेल्ने भएका छन्। पन्त भने अझै फिट नभएपछि अन्तिम-११ मा छैनन्। दिल्लीले कुनै परिवर्तन गरेको छैन।

दिल्लीको अन्तिम ११ : शिखर धवन, पृथ्वी श, श्रेयस ऐयर, अजिंक्य रहाने, एलेक्स केरी, मार्कस स्टोइनिस, रभीचन्द्रन आश्विन, अक्षर पटेल, कागिसो रबाडा, एनरिक नोर्किया, तुसार देसपाण्डे

कोलकाताको कप्तान फेर्ने निर्णय गम्भीरलाई किन चित्त बुझेन

उमर गुलद्वारा सन्यास घोषणा

IPL 2020 : कुन कप्तानको तलव कति

मोर्गन कोलकाताको नयाँ कप्तान, अचानक किन छाडे दिनेश कार्तिकले कप्तानी

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy