दिल्ली बिरुद्ध चेन्नाईले पहिले ब्याटिंग गर्ने, अन्तिम-११ मा को-को छन्

आईपीएल २०२० अन्तर्गत शनिवारको दोश्रो तथा लिगको ३४ औं खेलमा दिल्ली क्यापिटल्स र चेन्नाई सुपर किंग्स प्रतिस्पर्धा गर्दैछन्।

हालसम्म दुबै टोलिले समान ८ खेल खेलिसकेका छन्। ८ खेलमा ६ जितसहित १२ अंक बटुल्दै दिल्ली अंकतालिकाको शिर्ष स्थानमा छ भने ५ हार र ३ जितपछि चेन्नाई ६ अंक बटुल्दै अंकतालिकाको छैटौं स्थानमा छ। दिल्ली आज जित हात पार्दै शिर्ष स्थानमा यथावत रहन चाहन्छ। चेन्नाईलाई आज जित हात पार्दै चौथौं स्थानमा उक्लने मौका छ।

टस जितेर चेन्नाईले ब्याटिंग गर्ने 

खेलमा टस जितेर चेन्नाई कप्तान महेन्द्र सिंह धोनीले ब्याटिंग गर्ने निर्णय गरेका छन्। टिममा चेन्नाईले एउटा परिवर्तन गरेको छ। लेग स्पिनर पियुष चावलालाई बाहिर राखेर केदार जाधबलाई मौका दिईएको छ।

चेन्नाईको अन्तिम ११ :- शेन वाटसन, फाफ डुप्लेसिस, अम्बाती रायडु, केदार जाधब , महेन्द्र सिंह धिनी, स्याम करन, रविन्द्र जडेजा, ड्वेन ब्राभो, दिपक चहार, शार्दुल ठाकुर, कर्ण शर्मा

घाइते भएका दिल्ली कप्तान श्रेयस ऐयर खेल्ने भएका छन्। पन्त भने अझै फिट नभएपछि अन्तिम-११ मा छैनन्। दिल्लीले कुनै परिवर्तन गरेको छैन।

दिल्लीको अन्तिम ११ : शिखर धवन, पृथ्वी श, श्रेयस ऐयर, अजिंक्य रहाने, एलेक्स केरी, मार्कस स्टोइनिस, रभीचन्द्रन आश्विन, अक्षर पटेल, कागिसो रबाडा, एनरिक नोर्किया, तुसार देसपाण्डे

कोलकाताको कप्तान फेर्ने निर्णय गम्भीरलाई किन चित्त बुझेन

उमर गुलद्वारा सन्यास घोषणा

IPL 2020 : कुन कप्तानको तलव कति

मोर्गन कोलकाताको नयाँ कप्तान, अचानक किन छाडे दिनेश कार्तिकले कप्तानी





थप समाचार

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]