कोहलीको अर्धशतकमा बैंगलोरद्वारा चेन्नाईलाई मध्यम लक्ष्य

२०७७ कार्तिक ९, आईतवार १७:२४

युएईमा जारी १३ औं संस्करणको आईपिएल अन्तर्गत आइतबारको पहिलो तथा लिगको ४४ औं खेलमा चेन्नाई सुपर किंग्स र रोयल च्यालेन्जर्स बैंगलोरले प्रतिस्पर्धा गरिरहेका छन्।

दुबई अन्तर्राष्ट्रिय स्टेडियममा टस जितेर ब्याटिंग रोजेको बैंगलोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४५ रन बनाउदै चेन्नाईलाई १४६ रनको लक्ष्य प्रस्तुत गरेको छ।

हिजो पन्जाब र हैदरावाद बीच खेलिएको मैदानमा खेल भैरहेको छ जहाँ ब्याट्सम्यानलाई पिच मुस्किल छ। हिजो पन्जाबले दिएको १२७ रनको लक्ष्य हैदरावाद पछ्याउन असफल रहेको थियो।

कोहलीले करियरको ३९ औं अर्धशतक बनाए

बैंगलोरको लागि कप्तान बिराट कोहलीले करियरको ३९ औं तथा जारि सिजन तेश्रो अर्धशतक बनाए। उनले ४३ बलमा १ चौका र १ छक्का मद्दतले ५० रन बनाए। एबि डी भिल्लीयर्सले ३६ बलमा ४ चौका मद्दतले ३९ रन बनाए। देभदत्त पडीक्कलले २२, आरोन फिन्चले १५ रन बनाए।

कोहलीले डी भिल्लीयर्ससंग ८२ रनको साझेदारी गरेका थिए जुन बैंगलोरको इनिंगको एक मात्र अर्धशतकीय साझेदारी रह्यो।

अन्तिममा बैंगलोरले लगातार विकेट गुमाउदा अझ ठुलो योगफल बनाउन चुक्यो। अन्तिम २ ओभरमा ३ विकेट गुम्दा मात्र १३ रन बन्न सक्यो।

चेन्नाईको बलिंगमा स्याम करनले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ३ ओभरमा १९ रन खर्चिए। इनिंगको १९ औं ओभरमा करनले मोइन अलि र कोहलीको तथा त्यसअघि आरोन फिंचको विकेट लिएका थिए। दिपक चाहरले ( ४-०-३१-२ ) २ विकेट तथा मिचेल स्यान्टनर ( ४-०-२३-१ ) ले १ विकेट लिए। इमरान ताहिर ( ४-०-३०-० ) , रभीन्द्र जडेजा ( ३-०-२०-० ) र डेब्यु गरेका बलर मोनु कुमार ( २-०-२०-० ) विकेटविहिन रहे।

स्याम करनले ३ विकेट लिए

चेन्नाईको अझै प्लेअफ छनौट हुने सम्भावना छ ? 

मात्र ६ अंक बटुल्न सकेको चेन्नाईको गणितीय रुपमा सम्भावना देखिएता पनि कमजोर नेट रन रेटको कारण प्ले-अफ असम्भव जस्तो देखिन्छ। चेन्नाईले सबै ३ खेल जितेको खण्डमा १२ अंक हुनेछ। यो अवस्थामा कोलकाता, हैदरावाद र पन्जाबले १२ अंक भन्दा बढी नबनाएको अवस्थामा चेन्नाई नेट रन रेटमा अघि बढ्ने झिनो सम्भावना छ। त्यसको लागि अब १२ अंक बटुलीसकेको कोलकाताले सबै ३ खेल हार्नुपर्नेछ भने पन्जाब र हैदरावादले पनि कम्तिमा १२ अंक नबढ्ने गरि खेलको नतिजा आउनुपर्छ।

१० खेलमा १४ अंक बटुलेको बैंगलोर अंकतालिकाको तेस्रो स्थानमा छ। आज जित हात पार्दै बैंगलोर शिर्ष स्थानमा उक्लनेछ भने प्ले-अफको लागि छनौट हुने पहिलो टिम बन्नेछ।

राजस्थान र चेन्नाईलाई हराउदै बैंगलोर र मुम्बईलाई प्ले-अफ सुनिश्चित गर्ने अवसर

IPL : जितपछि कोलकाता र पन्जाब प्ले-अफबाट कति नजिक

कोलकातासंग हार पछि रबाडाको चिन्ता

नाटकीय रुपमा विकेट पतन हुँदा लो-स्कोरिंग खेलमा पन्जाबद्वारा हैदरावाद पराजित

चेन्नाई बिरुद्ध बैंगलोरले हरियो जर्सी लगाएर खेल्ने, जान्नुस कारण

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy