चलेन पन्जाबको ब्याटिंग, हैदरावादलाई १२७ रनको लक्ष्य

युएईमा जारि १३ औं आईपीएल अन्तर्गत शनिवारको दोश्रो तथा लिगको ४३ औं खेलमा किंग्स-११ पन्जाब र सनराइजर्स हैदरावादले प्रतिस्पर्धा गरिरहेका छन्।

दुबई अन्तर्राष्ट्रिय स्टेडियममा जारि खेलमा टस हारेर ब्याटिंग गरेको पन्जाबले ब्याटिंग गर्न मुस्किल देखिएको विकेटमा निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १२६ रन बनाउदै हैदरावादलाई १२७ रनको लक्ष्य प्रस्तुत गर्यो।

पन्जाबको लागि निकोलस पुरनले सर्वाधिक ३२ रन बनाए जुन क्रममा अविजित रहने क्रममा २८ बलमा २ चौका प्रहार गरे। केएल राहुलले २७ रन, क्रिस गेलले २० रन, मन्दिप सिंहले १७ रन तथा ग्लेन म्याक्सवेलले १२ रन बनाए।

निकोलस पुरन

पन्जाबको लागि मायाँक अग्रवालको स्थानमा मौका पाएका ओपनर मन्दिप सिंहसंग कप्तान राहुलले ३७ रनको ओपनिंग साझेदारी गरे। पाँचौ ओभरमा सन्दिप शर्माले साझेदारी तोड्ने क्रममा सिंहलाई क्याच आउट गराए। त्यसपछि राहुलले क्रिस गेलसंग २९ रनको साझेदारी गरे। दशौँ ओभरमा गेललाई जेसन होल्डरले क्याच आउट गराएर साझेदारी तोडे।

त्यसपछि पन्जाबले लगातार विकेट गुमाउन पुग्यो। ११ औं ओभरको पहिलो बलमा राहुललाई राशिद खानले बोल्ड गरे। ग्लेन म्याक्सवेल १२ रन बनाएर सन्दिपको दोश्रो शिकार बने। लगत्तै ओभरमा खाता नखोलेका दिपक हुडालाई राशिदले स्टम्प आउट गराए।

चौथो नम्बरमा आएका निकोलस पुरनले एक किनार सम्हालेर अन्तिमसम्म ब्याटिंग गरे। त्यसपछि तल्लो क्रममा क्रिस जोर्डन ( ७ ) र मुरुगन आश्विन ( ४ ) ले खास योगदान दिन सकेनन्। अन्तिम ५ ओभरमा पन्जाबले २ विकेट गुमाउदा ३८ रन बनाउन सक्यो।

राशिदले ४ ओभरमा मात्र १४ रन खर्चेर २ विकेट लिए

हैदरावादको बलिंगमा राशिद खानले २ विकेट लिने क्रममा ४ ओभरमा मात्र १४ रन खर्चिए। सन्दिप शर्मा ( ४-०-२९-२ ) र जेसन होल्डर ( ४-०-२७-२ ) ले पनि समान २ विकेट लिए। खलिल एह्मद ( ४-०-३१-० ) र टि नटराजन ( ४-०-२३-० ) विकेटविहिन रहे।

दुबै टोलि १० खेलमा समान ८ अंकसहित अंकतालिकाको पाचौं (सनराइजर्स हैदरावाद) र छैटौं (किङ्ग्स-११ पन्जाब) स्थानमा छन्। शिर्ष-४ स्थानमा पर्ने सम्भावना जीवित राख्न दुवै टिमलाई जित अत्यावश्यक रहेको छ।

लिग अन्तर्गत शनिवारको पहिलो खेलमा दिल्लीलाई कोलकाताले विशाल अन्तरले परजित गर्दै छैठौं जित दर्ता गर्यो।

चक्रवर्तीले करियर र सिजनकै उत्कृस्ट बलिंग गर्दा दिल्ली विशाल अन्तरले पराजित

चेन्नाई बिरुद्ध बैंगलोरले हरियो जर्सी लगाएर खेल्ने, जान्नुस कारण

IPL : प्ले-अफ पुग्न कुन टिमले के गर्नुपर्छ, हेर्नुस समीकरण





थप समाचार

एमएम कप : कोशी प्रदेशसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लब विरुद्ध एकदिवसीय राष्ट्रिय प्रतियोगितामा ऐतिहासिक पहिलो जित दर्ता गर्दै कोशी प्रदेशले एमएम कप एकदिवसीय राष्ट्रिय […]

वैभवको शानदार शतकमा राजस्थान विजयी

काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सले जित हात पारेको छ। राजस्थानका युवा खेलाडी वैभव सूर्यवंशी र जयसवालले शानदार […]

नरेन चम्किंदा आर्मी एमएम कपको फाइनलमा

विभागीय टोलि त्रिभुवन आर्मी क्लब बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको तेश्रो संस्करणको फाइनल प्रवेश गरेको छ। डिफेन्डिङ च्याम्पियन […]

दिल्लीलाई हराउँदै बैंग्लुरु शीर्ष स्थानमा उक्लियो

काठमाडौं । रोयल च्यालेन्जर्स बैंग्लुरुले आइतबार दिल्ली क्यापिटल्समाथि ६ विकेटको सानदार जित हात पार्दै यस सिजनको आईपीएल तालिकाको शीर्ष स्थानमा […]

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]