युएईमा जारि आईपीएल २०२० अन्तर्गत ४७ औं खेलमा दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावाद प्रतिस्पर्धा गरिरहेका छन्।
दुबई अन्तर्राष्ट्रिय स्टेडियममा टस हारेर ब्याटिंग गरेको हैदरावादले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २१९ रन बनाउदै हैदरावादलाई २२० रनको लक्ष्य प्रस्तुत गरेको छ। जारि सिजनको यो दुबई मैदानमा सर्वाधिक योगफल हो। यस अघि पन्जाबले यसै मैदानमा बैंगलोर बिरुद्ध २०६ रन बनाएको थियो।
हैदरावादको लागि सिजनमा दोश्रो खेलमा मौका पाएका रिद्दिमान साहाले सर्वाधिक ८७ रन बनाए जुन क्रममा ४५ बलमा १२ चौका र २ छक्का प्रहार गरे। शाहको १२१ औं आईपीएल खेलमा यो छैठौं अर्धशतक हो। कप्तान डेभिड वार्नरले ४६ औं अर्धशतक बनाउने क्रममा ३४ बलमा ८ चौका र २ छक्का मद्दतले ६६ रन बनाए। मनिष पाण्डेले अविजित ४४ रन बनाउने क्रममा ३१ बलमा ४ चौका र १ छक्का प्रहार गरे। केन विलियमसनले अविजित ११ रन बनाए।

उत्कृस्ट सुरुवात गर्ने क्रममा वार्नर र साहाले १०७ रनको ओपनिंग साझेदारी गरेका थिए। दशौँ ओभरमा वार्नरलाई रभीचन्द्रन आश्विनले क्याच आउट गराएपछि साहाले दोश्रो विकेटको लागि मनिष पाण्डेसंग ७० रनको साझेदारी गरे। १५ औं ओभरमा साहालाई नोर्कियाले श्रेयस ऐयरबाट क्याच आउट गराएर साझेदारी तोडे।
साहाको विकेटपछि मनिष पाण्डेले केन विलियमसनसंग तेश्रो विकेटको लागि ३३ बलमा ४९ रनको साझेदारी गरे। अन्तिम ५ ओभरमा हैदरावादले विकेट नगुमाई ४४ रन बनायो।
इनिंगमा पहिलो ६ ओभरमा हैदरावादले ७७ रन बनाउन सक्यो जुन यो सिजनकै पहिलो ६ ओभरमा पावरप्लेमा बनेको सर्वाधिक रन हो।
दिल्लीको बलिंगमा एनरिक नोर्किया ( ४-०-३७-१ ) र रभीचन्द्रन आश्विन ( ३-०-३५-१ ) ले समान १ विकेट लिए। अक्षर पटेल ( ४-०-३६-० ), कागीसो रबाडा (४-०-५४-० ) , तुषार देशपाण्डे ( ३-०-३५-० ) विकेटविहिन रहे।
दिल्ली अंकतालिकामा ११ खेलमा १४ अंक सहित दोश्रो स्थानमा रहेको छ भने हैदरावाद समान खेलमा ८ अंक सहित सातौं स्थानमा रहेको छ। आज जिते दिल्लीले प्लेअफमा स्थान पक्का गर्नेछ भने हैदरावादले आज सहित ३ वटै खेल जिते मात्र सम्भावना रहन्छ।
IPL : दिल्लीको प्ले-अफ यात्रामा हैदरावाद बन्ला बाधा ?
IPL : पन्जाब प्ले-अफको कति नजिक ? कुन टिमको प्ले-अफ समीकरण के छ
चेन्नाई सीईओको ठूलो घोषणा : धोनीलेनै आईपीएल २०२१ मा चेन्नाईको नेतृत्व गर्ने
“कोहि पनि हार्न चाहदैन तर सबै विजेता हुँदैनन्” चेन्नाईलाई समर्पित गर्दै धोनी पत्नी साक्षीको कविता