चलेन बैंगलोरको ब्याटिंग, हैदरावादलाई सामान्य लक्ष्य

२०७७ कार्तिक २१, शुक्रबार २१:२६

युएईमा जारि १३ औं संस्करणको आईपिएल अन्तर्गत आज इलिमिनेटरमा डेभिड वार्नर कप्तानीको सनराइजर्स हैदरावादले बिराट कोहली कप्तानीको रोयल च्यालेन्जर्स बैंगलोर प्रतिस्पर्धा गरिरहेका छन्।

अबुधाबी स्थित शेखजायद स्टेडियममा टस हारेर ब्याटिंग गरेको बैंगलोरले २० ओभरमा ७ विकेट गुमाएर १३१ रन बनाउदै १३२ रनको लक्ष्य प्रस्तुत गरेको छ।

बैंगलोरको लागि एबि डी भिल्लीयर्सले सर्वाधिक ५६ रन बनाए जुन क्रममा ४३ बलमा ५ चौका प्रहार गरे। जारि सिजन डी भिल्लीयर्सको यो पाँचौ तथा लिग करियरको ३८ औं अर्धशतक हो। आरोन फिन्चले ३२ रन बनाए। शिभम दुबेले ८, कप्तान बिराट कोहलीले ६, देभदत्त पडीक्कलेले १ रन बनाए। नभदिप सैनीले अविजित ९ तथा मोहम्मद सिराजले अविजित १० रन बनाए।

डी भिल्लीयर्सले सर्वाधिक ५६ रन बनाए

ओपनिंग ब्याटिंगमा गएका बिराट कोहलीलाई दोश्रो ओभरमा जेसन होल्डरले विकेटकिपर गोस्वामीबाट क्याच आउट गराए। चौथो ओभरमा देभदत्त पडीक्कललाई पनि होल्डरले प्रियम गर्गबाट क्याच आउट गराए। चौथो नम्बरमा आएका डीभिल्लीयर्सले एक किनार सम्हालेता पनि अर्को किनारमा विकेट जाने शिलशिला जारि रह्यो।

डी भिल्लीयर्सले आरोन फिन्चसंग ४१ रनको साझेदारी गरे। ११ औं ओभरमा फिन्चलाई शाहबाज नदीमले क्याच आउट गराए भने सोहि ओभरमा मोइन अलिलाई राशिद खानले रन आउट गरे। त्यसपछि डीभिल्लीयर्सले शिभम दुबेसंग ३७ रनको साझेदारी गरे। १६ औं ओभरमा दुबेलाई होल्डरले तेश्रो शिकार बनाए। डी भिल्लीयर्स पनि १८ औं ओभरमा टि नटराजनबाट बोल्ड भए। आठौँ विकेटको लागि नभदिप सैनी र मोहम्मद सिराजले १८ रनको साझेदारी गरे।

बिराट कोहलीको विकेट लिएपछि जेसन होल्डरको खुसि

हैदरावादको बलिंगमा जेसन होल्डरले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४ ओभरमा २५ रन खर्चिए। आईपीएलमा होल्डरको यो व्यक्तिगत उत्कृस्ट स्पेल हो। टि नटराजनले २ विकेट ( ४-०-३३-२ ) तथा शाहबाज नदीमले १ विकेट ( ४-०-३०-१ ) लिए।

आज विजयी हुने टिमले फाइनल प्रवेशको लागि दिल्ली क्यापिटल्ससंग दोश्रो क्वालीफायरमा प्रतिस्पर्धा गर्नेछ भने पराजित हुने टिमको यात्रा समाप्त हुनेछ। गए राति सम्पन्न क्वालिफायर १ को खेलमा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्सलाई पराजित गर्दै फाइनलमा प्रवेश गरिसकेको छ।

https://wicketnepal.com/rashtriy-teamle-prashishn-suru-garne-wn20/

https://wicketnepal.com/srh-vs-rcb-eliminator-wn20-ipl/

https://wicketnepal.com/rohit-bumrah-records-iplplayoff-wn20/

https://wicketnepal.com/delhi-captain-iyer-react-after-mi-loss-wn20-1st-qf/

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy