रोमान्चक खेलमा १ रनले स्कटल्याण्डलाई पराजित गर्दै आयरल्याण्डले जित्यो त्रिकोणात्मक सिरिज

रोमान्चक खेलमा स्कटल्याण्डलाई १ रनले पराजित गर्दै आयरल्याण्डले त्रिकोणात्मक टि-२० सिरिज जितेको छ।

आयोजक आयरल्याण्ड सहित स्कटल्याण्ड र नेदरल्याण्ड सहभागी सिरिजको सम्पूर्ण खेल सकिदा आयरल्याण्डले ४ खेलमा २ जित, १ हार र १ नतिजा विहिनअंक सहित १० अंक हाँसिल गर्यो। स्कटल्याण्डले २ खेलमा २ जित र २ हार बेहोर्दै ८ अंक बटुल्न सक्यो। नेदरल्याण्डले ४ खेलमा १ जित, २ हार र एउटा खेल नतिजा विहिन रहंदा ६ अंक बटुल्यो।

डब्लिनमा सम्पन्न रोमान्चक खेलमा आयरल्याण्डले दिएको १८७ रनको लक्ष्य पछ्याउने क्रममा स्कटल्याण्डले २० ओभर ब्याटिंग गर्दै ६ विकेट गुमाएर १८५ रन बनाउन सक्यो र १ रनको हार बेहोर्न पुग्यो।

अन्तिम बलमा जितको लागी ३ रन आवस्यक हुँदा क्रेग वालेस १ रन पुरा गर्दै दोश्रो रन लिंदै गर्दा रन आउट हुन पुगेपछि खेल आयरल्याण्डले खेल जित्यो।


लक्ष्य पछ्याउने क्रममा स्कटल्याण्ड ओनर म्याथु क्रसले अविजित ५५ बलमा ६६ रन बनाए पनि जित दिलाउन सकेनन्। उनले ६ चौका र ३ छक्का प्रहार गरे। यस्तै कप्तान रिची बेरिंगटनले सर्वाधिक ७६ रन बनाए जुन क्रममा ४३ बलमा ७ चौका र ५ छक्का प्रहार गरे।

बेरिंगटन र क्रसले तेश्रो विकेटको लागि १२२ रनको विशाल साझेदारी गरे पनि १७ औं ओभरमा बेरिंगटन आउट भएपछि लगातार विकेट गुम्नु स्कटल्याण्डको हारको कारण बन्यो।

बेरिंगटनकोक विकेट जाँदा १५८/३ पुगेको स्कटल्यान्डले त्यसपछि १७ बलमा २८ रन बनाउन सकेन। क्यालुम म्याकलोयड ५ र ओली ह्यारिस खाता नखोली आउट भए।

आयरल्याण्डको बलिंगमा मार्क अडीरले २ तथा डेभिड डेलानी, क्रेग योंग र जर्ज डकरेलले १/१ विकेट लिए।

आयरल्याण्डको ब्याटिंग 

यस अघि टस हारेर ब्याटिंग गर्ने क्रममा आयरल्याण्डको लागि ओपनर केभिन ओ ब्रायनले सर्वाधिक ६३ रन बनाए। उनले ४५ बलमा ३ चौका र ४ छक्का प्रहार गरे। ग्यारी विल्सनले ३१, गेरेथ डेलानीले २५ तथा एन्ड्रु बालबर्नीले २० रन बनाए।

स्कटल्याण्ड बलर एड्रिएन निल, सफ्यान सरिफ, हम्जा ताहिर र टम सोलले २/२ विकेट लिए।

सिरिजको नतिजाहरु 

पहिलो खेल – आयरल्याण्ड Vs नेदरल्याण्ड – नतिजाविहिन ( वर्षा )
दोश्रो खेल – स्कटल्याण्ड Vs नेदरल्याण्ड – स्कटल्याण्ड ५८ रनले विजयी
तेश्रो खेल – आयरल्याण्ड Vs स्कटल्याण्ड – आयरल्याण्ड ४ विकेटले विजयी
चौथो खेल – आयरल्याण्ड Vs नेदरल्याण्ड – नेदरल्याण्ड ६ विकेटले विजयी
पाँचौ खेल – स्कटल्याण्ड Vs नेदरल्याण्ड – स्कटल्याण्ड ६ विकेटले विजयी
छैठौं खेल – आयरल्याण्ड Vs स्कटल्याण्ड – आयरल्याण्ड १ रनले विजयी





थप समाचार

विराटनगरमा टी–१० च्याम्पियनसिप क्रिकेट प्रतियोगिता हुने 

विराटनगरमा टी–१० च्याम्पियनसिप क्रिकेट प्रतियोगिता हुने भएको छ । प्रतियोगिता विराटनगर महानगरपालिका वडा नम्बर–६ को आयोजना हुने भएको छ । […]

नेपालको सुपर थ्रीको सम्भावना कायमै

काठमाडौं। आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटमा बहराइनलाई पराजित गरेको नेपालको सुपर थ्रीको सम्भावना कायमै रहेको छ। थाइल्यान्डको बैङ्ककस्थित टेर्डथाई […]

सन्दीप क्यानको केन्द्रीय सम्झौतामा नरहने

काठमाडौं। लेग स्पिनर सन्दीप लामिछाने नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय सम्झौतामा नरहने भएका छन्। बुधबार सामाजिक सञ्जालमा उनले उक्त […]

बेलायत जाने नेपाली टोलीको बिदाइ

काठमाडौं। आइसिसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि स्कटल्यान्ड जाने नेपाली क्रिकेट टोलीको बिदाइ भएको छ। नेपाल क्रिकेट […]

नेपाल हङकङसँग पराजित

काठमाडौं। नेपाल आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटमा हङकङसँग पराजित भएको छ। मंगलबार सम्पन्न खेलमा नेपाल सात विकेटले पराजित भएको […]

शनिबारदेखि पुनः सुरु हुँदै आईपीएल

काठमाडौं । भारत र पाकिस्तानबीचको बढ्दो तनावका कारण एक साताका लागि स्थगित गरिएको इन्डियन प्रिमियर लिग (आईपीएल) शनिबारदेखि पुनः सुरु […]