दायाँ हाते पेसर मार्क अडेरले घातक बलिंग गर्दा गय राति सम्पन्न चौथो खेलमा जिम्बाब्वेलाई ६४ रनको विशाल अन्तरले पराजित गर्दै घरेलु टोलि आयरल्याण्डले पाँच खेलको टि-२० अन्तर्राष्ट्रिय सिरिज एक खेल अगावै ३-१ ले जित्न सफल भएको छ।
नर्दर्न आयरल्याण्डको ब्रिडी क्रिकेट क्लब मैदानमा सम्पन्न खेलमा आयरल्याण्डले दिएको १७५ रनको लक्ष्य पछ्याउने क्रममा जिम्बाब्वेले २० ओभरमा ९ विकेट क्षेतीमा ११० रन मात्र बनाउन सक्यो। उसको लागि कप्तान क्रेग इर्भिनले सर्वाधिक २८,लुक जोंग्वेले अविजित २४ रन तथा रेगिस चकभा र रिचर्ड नगराभाले समान ११ रन योगदान दिए।
लक्ष्य पछ्याउने क्रममा आयरल्याण्ड पेसर मार्क अडेरले जिम्बाब्वेको सुरुवाती ३ ब्याट्सम्यानलाई पेभेलियन फर्काएका थिए। २५ रनमा ३ विकेट गुमाएपछि जिम्बाब्वेले लगातार विकेट गुमाउन पुग्यो र आयरल्याण्ड पुरै समय हावी रह्यो। अडेरले करियरकै उत्कृस्ट बलिंग गर्ने क्रममा ४ ओभरमा मात्र २३ रन खर्चेर ४ विकेट लिए। यस्तै शेन गेटकाटेले २ तथा क्रेग योंग, ब्यारी म्याकार्थी र सिमि सिंहले समान १ विकेट लिए।
Is @stirlo90 the most underrated T20 batter in the world?
No player has scored more T20I runs since the start of 2019 🙌 pic.twitter.com/9PCOtuTdFQ
— ESPNcricinfo (@ESPNcricinfo) September 2, 2021
यस अघि टस हारेर ब्याटिंग गरेको आयरल्याण्डले २० ओभरमा ४ विकेट क्षेतीमा १७४ रन बनाएको थियो। उसको लागि ओपनर केभिन ओ ब्रायनले सर्वाधिक ४७ रन, पल स्टरलिंगले ३९ रन, एन्ड्रयु बालबर्नीले ३६ रन योगदान दिए। ओ ब्रायन र स्टरलिंगले ८९ रनको ओपनिंग साझेदारी गरेका थिए।
जिम्बाब्वेको बलिंगमा वेलिंगटन मासाकाट्जाले २ तथा रिचर्ड नगराभा र लुक जोंग्वेले समान १ विकेट लिए।
सिरिज अन्तर्गत पहिलो खेल जिम्बाब्वेले ३ रनले जितेको थियो भने दोश्रो र तेश्रो खेल आयरल्याण्डले ७ विकेट र ४० रनले जितेको थियो। सिरिजको अन्तिम खेल सेप्टेम्बर ४ तारिखमा खेलिनेछ। दुई देश बीच सेप्टेम्बर ८ तारिख देखि तिन वटा एकदिवसीय अन्तर्राष्ट्रियको सिरीज खेलिनेछ।