विश्वकप छनोट : आयरल्याण्डसंग पराजित हुँदा नेपाल आठौँ स्थानमा

सातौँ स्थानको लागि भएको खेलमा आयरल्याण्डसंग पराजित हुँदा नेपाल आईसीसी विश्वकप छनोटको आठौँ स्थानमा रहँदै प्रतियोगिता अन्त्य गरेको छ। सन् २०१८ को विश्वकप छनोटमा पनि नेपाल आठौँ स्थानमा रहेको थियो। जितसंगै आयरल्याण्ड सातौं स्थानमा रह्यो।

टाकासिंगा स्पोर्ट्स क्लब हरारेमा नेपालले दिएको २६९ रनको लक्ष्य ४९.२ ओभरमा ८ विकेट गुमाएर भेटायो। टेस्ट राष्ट्र आयरल्याण्डलाई पराजित गर्दै इतिहास रच्ने अवसरमा नेपाल चुक्न पुग्यो।

लक्ष्य पछ्याउने क्रममा आयरल्याण्डको सुरुवात राम्रो रहेन। ओपनर एन्डी म्याकब्रायन १७ तथा कप्तान एन्डी बालबर्नी १ रन बनाएर आउट भए। तेश्रो विकेटको लागि पल स्टरलिंग र ह्यारी टेक्टरले ३७ रन जोडे। स्टरलिंग बाह्रौं ओभरमा १५ रन बनाएर आउट भए। टेक्टरले चौंथो विकेटको लागि लोर्कान टकरसंग ५८ रन जोडे। २३ औं ओभरमा टकर २४ रन बनाएर आउट भए। २६ औं ओभरमा ६० रन बनाएका टेक्टरलाई सन्दिप लामिछानेले क्याच आउट गर्दै नेपाललाई खेलमा हावी गराए। आयरल्याण्ड १३४/५ को अवस्थामा पुग्यो।

त्यसपछि कर्टिस क्याम्फरले छैठौं विकेटको लागि जर्ज डकरेलसंग छैठौं विकेटको लागि ८४ रनको साझेदारी गर्दै योगफल २ सय पार गराए। ४१ औं ओभरमा क्याम्फरलाई करन केसीले क्याच आउट गर्नु अघि उनले ६२ रन बनाए। ४५ औं ओभरमा ३३ रन बनाएका डकरेललाई किशोर महतोले क्याच आउट पारे। २३८/७ को अवस्थाबाट गेराथ डेलानी र मार्क अडेरले आठौँ विकेटको लागि २६ रनको साझेदारी गर्दै आयरल्याण्डलाई जितको दिशा दिए।

४९ औं ओभरको पाँचौ बलमा करनले १८ रन बनाएका मार्क अडेरलाई क्याच आउट गर्दै नेपाललाई पुनः खेलमा फर्काए।

अन्तिम ओभरमा आयरल्याण्डसंग २ विकेट बाँकी रहंदा जित्न ५ रन आवस्यक रह्यो। गुल्सन झाले गरेको अन्तिम ओभरको दोश्रो बलमा ब्यारी म्याकार्थीले चौका प्रहार गर्दै आयरल्याण्डलाई जित दिलाए। म्याकार्थी ४ रनमा तथा डेलानि १६ रनमा अविजित रहे।

नेपालको बलिंगमा करन केसीले सर्वाधिक ४ विकेट लिए जुन क्रममा १० ओभरमा १ मेडन ओभर गर्दै ५८ रन खर्चिए। दोश्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका किशोर महतोले २ विकेट लिए जुन क्रममा १० ओभरमा ५५ रन खर्चिए। सन्दिप लामिछानेले १० ओभरमा ४२ रन खर्चेर १ विकेट लिए। गुल्सन झाले ९.२ ओभरमा ४२ रन खर्चेर १ विकेट लिए।

हरारेमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ६८ रन बनायो ।

नेपालको लागि गुल्सन झाले सर्वाधिक ५७ रन बनाए जुन क्रममा उनले अविजित रहँदै ४२ बलमा ४ चौका र ३ छक्का प्रहार गरे। ओपनर अर्जुन साउदले ८४ बलमा ४८ तथा कुशल मल्लले ३८ बलमा ४४ रन बनाए। सन्दिप लामिछानेले ३२, रोहित पौडेलले २९ तथा भिम शार्कीले २० रन बनाए। कुशल भुर्तेलले ८ तथा ज्ञानेन्द्र मल्लले ७ रन बनाउदा अघिल्लो खेलका हिरो दिपेन्द्र ऐरी खाता नखोली आउट भए।

गुल्सन र सन्दिपको कीर्तिमानी साझेदारी 

एक समय मध्यम योगफलमा समेटिने अवस्थामा पुगेको इनिंग्सलाई गुल्सन झा र सन्दिप लामिछानेले कीर्तिमानी साझेदारी गर्दै उकासे। दुवैले आठौँ विकेटको लागि ८० रनको साझेदारी गरे फलस्वरुप नेपाल १६९/७ को अवस्थाबाट २६८ को योगफलसम्म पुग्न सक्यो।

आठौँ विकेटको लागि गुल्सन र सन्दिपले ८० रनको साझेदारी नेपालको एकदिवसीय अन्तर्राष्ट्रियमा आठौँ विकेटको लागि उच्च साझेदारी हो।

यस अघि यो रेकर्ड सन्दिप लामिछाने र दिपेन्द्र ऐरीको नाममा थियो। २ दिन अघि मात्रै युएई विरुद्ध दिपेन्द्र ऐरी र सन्दिप लामिछानेले आठौँ विकेटको लागि अविजित ७९ रनको साझेदारी गर्दै यो कीर्तिमान बनाएका थिए। एक खेल पछिनै उक्त रेकर्ड तोडिएको हो। आठौँ विकेटको लागि तेश्रो उच्च साझेदारीमा पनि सन्दिपकै नाम रहेको छ। सन्दिपले आसिफ शेखसंग यो वर्ष मार्चमा विश्वकप लिग-२ को पपुवा न्यु गिनी विरुद्धको खेलमा अविजित ७७ रनको साझेदारी गरेका थिए।

गुल्सनले तोडे सन्दिपको कीर्तिमान

खेलमा गुल्सनले बनाएको ५७ रन नेपालको लागि एकदिवसीय अन्तर्राष्ट्रियमा नवौं नम्बरमा ब्याटिंग गर्दै नेपाली ब्याट्सम्यानले बनाएको उच्च स्कोर मात्र नभई पहिलो अर्धशतक पनि हो। गुल्सनले सन्दिप लामिछानेको कीर्तिमान तोड्दै यो रेकर्ड बनाएका हुन्। सन्दिपले यसै वर्ष मार्चमा पपुवा न्यु गिनी विरुद्ध विश्वकप लिग-२ को खेलमा नवौं नम्बरमा ब्याटिंग गर्दै अविजित ३५ रन बनाएका थिए।

उक्त साझेदारीको बलमा नेपालले ५० ओभरमा ९ विकेट गुमाएर २६८ रन बनाउदै आयरल्याण्डलाई २६९ रनको चुनौतिपूर्ण लक्ष्य प्रस्तुत गरेको छ। खेलमा विजयी हुने टिमले विश्वकप छनौटको सातौँ स्थान ओगट्नेछ।





थप समाचार

सन्दीप लामिछाने बने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा लेग स्पीनर सन्दीप लामिछाने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर नियुक्त भएका […]

एनपीएल आयोजनाको तयारी अगाडि बढाउन प्रधानमन्त्री ओलीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले नेशनल प्रिमियर लिग (एनपिएल) को आयोजनाको तयारी अगाडि बढाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई आग्रह गरेका छन् […]

टी–२० विश्वकप छनोट : नेपालको खेल तालिका सार्वजनिक

आगामी अक्टोबरमा ओमानमा आयोजना हुने आइसिसी पुरुष टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रको संयुक्त छनोट प्रतियोगितामा नेपाल समूह २ […]

सातौँ सस्करणको सप्तरी प्रिमियर लिग सुरु, राजदेवी रोयल र खडक वारियर्स विजयी

सातौँ संस्करणको मेयर कप सप्तरी प्रिमियर लिग सप्तरीको राजविराजमा बिहिबार सुरु भएको छ। सप्तरी प्रिमियर लिगद्वारा आयोजित प्रतियोगिता अन्तर्गत पहिलो […]

अख्तियारको अनुसन्धान पूरा नभएसम्म एनपीएलको कुनै काम नगर्न क्यानलाई निर्देशन

नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करण आयोजनाको सम्बन्धमा छानबिन गर्न राष्ट्रिय खेलकुद परिषदबाट गठन भएको कार्यदलले नेपाल क्रिकेट संघ (क्यान) […]

एलपी आरसीबीलाई एसिसिए सिड क्रिकेट लिगको उपाधि

नेपालमा एसिसिए अध्ययनरत विद्यार्थी तथा पेशागत समुदायबीच आपसी सम्बन्ध, सहकार्य र खेल भावना प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित एसिसिए सिड क्रिकेट […]